काठमाण्डाै - नेपालको व्यापार घाटा ९ महिनामै १० खर्ब रुपैयाँ नाघेको छ ।
भन्सार विभागका अनुसार साउनदेखि चैत महिनासम्मको ९ महिनामा १० खर्ब १६ अर्ब रुपैयाँको व्यापार घाटा भएको छ । यो अघिल्लो वर्षको यसै अवधिको तुलनामा १२ दशमलव ४९ प्रतिशतले धेरै हो। दश महिनामा नेपालले ९४ अर्ब ७६ करोड रुपैयाँको वस्तु तथा सेवा निर्यात गरेको छ भने ११ खर्ब ११ अर्ब ३९ करोड रुपैयाँको आयात गरेको छ ।
आयात अघिल्लो वर्षको ९ महिनाको तुलनामा १३ दशमलव १२ प्रतिशतले बढेको छ । भारतसँग मात्रै नेपालको ६ खर्ब ५६ अर्ब रुपैयाँको व्यापार घाटा रहेको छ । ...