निर्यात वृद्धिका योजना र कार्यान्वयन

विश्व बैंकले नेपालले रू. १० खर्ब बराबरको निर्यात गर्ने सामर्थ्य बोकेको बताए पनि निर्यात २ खर्बसमेत ननाघेको अवस्थामा अहिले सरकारले ५ वर्षमा निर्यात १६ खर्ब पुर्‍याउने योजना बनाएको छ । सरकारका अन्य योजनाजस्तै यो पनि सरसर्ती हेर्दा र सुन्दा सरकारले गजबको योजना ल्याएछ भन्ने सबैलाई लाग्छ । अर्थतन्त्रमा सुधार ल्याउन यस्ता योजना बन्नु सकारात्मक नै मान्न सकिन्छ । तर, नेपालमा भने कागजमा बनेका योजना कागजमै हराउने र फेरि त्यस्तै विषयमा अध्ययन गर्ने काम भइरहेको पाइन्छ । अहिलेसम्म सरकारले बनाएका यस्ता आयोजनाको संख्या र तिनले दिने प्रतिफलको फेहरिस्त पढ्दा त नेपाल विकासको उचाइमा पुगिसक्नुपर्ने हो । तर, केही ठूला घर बन्नु र अव्यवस्थित शहरीकरणले तीव्रता पाउनुबाहेक अर्थतन्त्रका लागि सकारात्मक मान्न सकिने कुरा छँदै छैन भने पनि हुन्छ ।  नेपालमा यस्ता योजना जति पनि बन्ने गर्छन् । यस्ता योजना बन्नुको कारण विदेशी दाताका स्वार्थ, रुचि र सरकारको अक्षमता नै हो । कृषि विकासको २० वर्षे रणनीति, पर्यटनको २० वर्षे रणनीतिजस्तै अन्य विभिन्न खालका रणनीति, कार्ययोजना र योजनाहरू बनिरहेका छन् । अझ अचम्मको कुरा के भने मन्त्री फेरिनासाथ यस्ता नीतिहरू फेरिइहाल्छन् । यस्ता नीति र योजना बनाउन सरकारले खर्च गर्ने र अध्ययनका नाममा उच्च कर्मचारी वा तिनको सम्पर्कका परामर्शदातालाई रकम उपलब्ध गराउने गरेको छ । एउटा नीतिको समय नसकिँदै कमजोरीको अध्ययन भनेर त्यसमा पनि बजेट खर्च भइसकेको हुन्छ । यो नेपालको विशेषता नै भएको छ । सरकारले २४ ओटा वस्तु तथा सेवा थप्दै नेपाल व्यापार एकीकृत रणनीति २०८० लागू गरेको छ । रणनीतिमा ३२ ओटा वस्तु तथा सेवा सूचीकृत भएका छन् । सन् २०१० देखि यस्तो सूची बनाउँदै निर्यातलाई प्राथमिकता दिइए पनि निर्यात बढ्नुको साटो कतिपय वस्तुको त घटेको समेत पाइन्छ । किन निर्यात बढेन भन्नेमा व्यवसायी जत्तिको जानकार अरू कोही पनि हुँदैन । तिनको सुझाव सुनेर काम गर्ने हो भने निर्यात बढाउन केही गाह्रो छैन । जुन वस्तुको निर्यात बढाउने भनेर सरकारले नीति लिएको छ त्यही वस्तुको निर्यात घट्दा त्यसमा जिम्मेवारमाथि कुनै कारबाही नहुनु नै समस्या जेलिएर बस्नुको कारण हो । अहिले पनि लक्ष्य त राम्रै लिइएको छ । तर, यो कसरी अघि बढ्छ भन्ने स्पष्ट छैन । निर्यात वृद्धिमा जापानी मोडल निकै प्रभावकारी मानिन्छ । जापानको व्यापार मन्त्रालयले निर्यातका लागि कुनै योजना बनायो भने जसरी हुन्छ निर्यातको नतिजा देखाउनुपर्ने हुन्छ । व्यवसायीबाट कर्मचारीले अनावश्यक लाभ लिएको पनि हुन सक्छ । तर, सरकारले केवल दिइएको जिम्मेवारी अनुसार नतिजा आयो वा आएन भन्ने हेर्छ । यसो हुँदा यस्तो निकायमा बस्ने व्यक्ति प्रक्रियामा अल्झेर बस्दैन, जेजसरी हुन्छ, परिणाम निकाल्नतिर लाग्छ । परिणाम निकाल्ने अधिकारीहरूलाई सरकारले राम्रो सम्मान पनि गर्ने गर्छ । तर, नेपालमा काम गर्नेभन्दा यस्तै कागजी योजना बनाएर बस्ने व्यक्ति विद्वान् मानिने अवस्था छ । के नेपालमा ५ वर्षमा १६ खर्बको निर्यातलाई कार्यान्वयन गर्ने कर्मचारीले कुनै थप सुविधा पाउँछ ? काम गर्ने कर्मचारी र नगर्ने कर्मचारीबीच कुनै फरक हुन्छ ? यो योजनामा त्यस्ता कुराले महत्वपूर्ण भूमिका खेलेका हुन्छन् ।  निर्यातका लागि प्राथमिकता तोकेर सूचीमा राखे पनि त्यही वस्तुको निर्यात घट्नुको कारणबारे सरकारले खासै चासो राखेको देखिँदैन । अहिले निर्यातका लागि थुप्रै वस्तुलाई अघि सारिएको छ । एकैचोटि धेरै वस्तुको साटो थोरैबाट काम शुरू गर्ने तर त्यस्ता कामबाट नतिजा देखिने बनाउँदा बढी प्रभावकारी हुन्छ । त्यसैले योजना बनाउनु ठूलो कुरा होइन । कार्यान्वयन पक्ष महत्वपूर्ण हो । कार्यान्वयन नहुने बौद्धिक विलासका लागि तय गरिएका यस्ता कामले निर्यातमा सुधार ल्याउन कठिन हुन्छ । अहिलेको समय फरक ढंगले तर नतिजामुखी काम गर्ने नै हो ।

सम्बन्धित सामग्री

यसपालि पनि बंगलादेशमा विद्युत् निर्यात गर्ने योजना अधुरै

मनसुन (बर्खा) सकिएसँगै नेपालले विद्युत् निर्यात गर्न सक्ने मौसम पनि सकिँदै छ । अब नेपाल विद्युत् प्राधिकरणले करिब दुई महिना मात्रै विद्युत् निर्यात गर्न सक्छ । तर, आवश्यक प्रक्रिया नटुंगिँदा यही सिजनमा...

ढुंगा,गिट्टी निर्यात गर्ने सरकारको योजना : भारतको निसानामा चुरे

नीति तथा कार्यक्रममा नेपालको ढुंगा,गिट्टी बालुवा निर्यात गर्ने उल्लेख गरेको सरकारले यसलाई मूर्त रुप दिन बजेटमा समेत उल्लेख गरेको छ।...

२३.५६ बिलियन डलर बराबरको कृषि सामान निर्यात गर्ने भारतको योजना

काठमाडौँ । भारतले सन् २०२२-२३ मा २३.५६ बिलियन डलर बराबरको कृषि सामान निर्यात गर्ने योजना बनाएको छ । भारतको कृषि र प्रशोधित खाद्य उत्पादन निर्यात विकास प्राधिकरणले कृषि निकासी प्रवर्द्धनका लागि आउटरिच रणनीति बनाएको हो । भारतले सन् २०२२-२३ मा २३ अर्ब ५६ करोड अमेरिकी डलर बराबरको कृषि उत्पादन निर्यात गर्ने लक्ष्य राखेको वाणिज्य तथा […]

२३.५६ बिलियन डलर बराबरको कृषि सामान निर्यात गर्ने भारतको योजना

भारतले सन् २०२२–२३ मा २३.५६ बिलियन डलर बराबरको कृषि सामान निर्यात गर्ने योजना बनाएको छ । भारतको कृषि र प्रशोधित खाद्य उत्पादन निर्यात विकास प्राधिकरणले कृषि निकासी प्रवर्द्धनका लागि आउटरिच रणनीति बनाएको हो । भारतले सन् २०२२–२३ मा २३ अर्ब ५६ करोड अमेरिकी डलर बराबरको कृषि उत्पादन निर्यात गर्ने लक्ष्य राखेको वाणिज्य तथा उद्योग मन्त्रालयले आइतबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।वाणिज्य तथा उद्योग मन्त्रालयको कृषि उत्पादनको निर्यात प्रवद्र्धन गर्ने संस्था एपिडाले २३ अर्ब ५६ करोड अमे

निर्यात प्रवद्र्धन योजना कागजमा सीमित

नेपालमा योजनाबद्ध विकासको थालनी वि.सं. २०१३ सालदेखि भए तापनि निर्यात व्यापार प्रवद्र्धनको प्रयास चौथो योजनादेखि मात्र भएको हो । त्यसैले हालसम्म पनि उक्त व्यापारको ठोस विकास हुन सकेको छैन ।प्रथम योजनाको उद्देश्य र प्राथमिकतामा वैदेशिक व्यापारको बारेमा उल्लेख नभए पनि दोस्रो योजना अवधिसम्म नेपालको वैदेशिक व्यापार सन्तुलन यहाँको पक्षमा भएको थियो । वि.सं. २०२०/०२१ को […]

जडिबुटी उत्पादन गरेर विदेश निर्यात गर्ने सरकारको योजना

३० जेठ, काठमाडौं । सरकारले जडिबुटी उत्पादन गरेर विदेश निर्यात गर्ने योजना बनाएको छ । वन तथा वातावरण मन्त्री रामसहाय प्रसाद यादवका अनुसार सातै प्रदेशमा जडिबुटी उत्पादन, प्रशोधन र भण्डारण केन्द्र स्थापना गर्न आगामी आर्थिक बर्षका लागि बजेटको व्यवस्थापन गरिएको छ । तर, कति बजेट छुटयाइएको भन्ने विषय उनले खुलाएनन् । बजेटको मन्त्रालयतगत शीर्षकमाथिको छलफलमा […]

लाइसेन्स नपाउँदा निजीक्षेत्रको विद्युत् निर्यात योजना अन्योलमा

काठमाडौं, जेठ २९ । सरकारले लाइसेन्स दिन ढिला गरेपछि नेपाल पावर एक्सचेन्ज लिमिटेड (नेपेक्स) को भारतमा ५०० मेगावाट विद्युत् विक्री गर्ने योजना अन्योलमा परेको छ । नेपेक्सले भारतको मनिकरण पावर लिमिटेडलाई यही वर्षामा उक्त परिमाणमा बिजुली उपलब्ध गराउने गरी गत पुसमा काठमाडौंमा सम्पन्न पावर समिटमा द्विपक्षीय सम्झौता गरेको थियो । तर, सरकारले नेपेक्सलाई विद्युत् व्यापारको […]

तीन वर्षमा आत्मनिर्भर, पाँच वर्षमा निर्यात

आगामी पाँच वर्षभित्रमा स्वदेशी काठ विदेशी बजारमा पु-याउने गरी सरकारले वन सुधारको रणनीतिक योजना बनाएको छ । वन क्षेत्रबाट मुलुकको अर्थतन्त्र सुधार गर्न आगामी पाँच वर्षमा निर्यात गर्ने लक्ष्य राखिएको हो ।वन तथा वातावरण मन्त्रालयले वनको व्यवस्थापनमार्फत काठको उत्पादन बढाएर निर्यात गर्ने लक्ष्य रहेको बताएको छ । नेपाल वन पैदावार उद्योग व्यवसायी महासंघ, सामुदायिक वन […]

तीन वर्षमा निर्यात दोब्बर पार्ने महासंघको योजना

निर्यात व्यवसायी महासंघले तीन वर्षमा हालको निर्यातलाई दोब्बर बनाउने तीन वर्षे रणनीति सार्वजनिक गरेको छ । महासंघले आगामी तीन वर्षमा नेपालको निर्यात व्यापारको आकार १ अर्ब अमेरिकी डलरबाट २ अर्ब डलर र आगामी पाँच वर्ष अर्थात सन् २०२५ को अन्त्यसम्ममा ७ अर्ब डलर बनाउने लक्ष्य सार्वजनिक गरेको हो । महासंघले निर्यात वृद्धिका लागि २०२१÷०२३ सम्मको […]

निर्यात व्यवसायी महासंघले तीन वर्षमा निर्यात दोब्बर पार्ने

निर्यात व्यवसायी महासंघले आगामी तीन वर्षमा नेपालको निर्यात दोब्बर गर्ने रणनीतिक योजना तयार पारेको बताएको छ