‘निर्यात सहजीकरण नभएसम्म व्यापार घाटा रोक्न सकिन्न’

काठमाडौं। नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले मुलुकमा विद्यमान व्यापार घाटा कम गर्न निर्यात सहजीकरण हुनुपर्ने बताएका छन् । मंगलवार झापा चेम्बर अफ कमर्सको छैटौं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै अध्यक्ष मल्लले चुलिँदो व्यापार घाटा कम गर्न कृषि एवं खानीजन्य वस्तुको पहिचान एवम् प्रवर्द्धनसँगै निर्यात सहजीकरण हुनुपर्नेमा जोड दिएका हुन् । चालू आर्थिक वर्षको ५ महीनामै व्यापार घाटा ५ खर्ब ९७ अर्ब रुपैयाँ नाघेको भन्दै अध्यक्ष मल्लले प्रत्येक वर्ष मुलुकको व्यापार घाटा बजेटकै हाराहारीमा हुन थालेको बताए । उनले भने, ‘आर्थिक समृद्धि र विकासको बाधक मुलुकको चरम व्यापार घाटा पनि हो, आन्तरिक उत्पादन नहुँदा कृषिजन्य वस्तुमा समेत परनिर्भरता बढ्दो छ, सम्भावना भएका क्षेत्रहरूको पहिचान गरी निर्यात सहजीकरण गरिनुपर्दछ ।’ निर्यात वृद्धि गरेर व्यापार घाटा कम गर्ने हो भने कृषि, खानी, जलविद्युत्, पर्यटन र सूचना प्रविधियुक्त क्षेत्रलाई पहिलो प्राथमिकतामा राखेर नीति तथा योजना बनाउनुपर्नेमा उनले जोड दिए । निर्यातयोग्य वस्तुको पहिचान र प्रवर्द्धन सम्बन्धी ठोस नीतिगत व्यवस्थाका लागि नेपाल चेम्बर अफ कमर्सले पनि पहल गरिरहेको उनले बताए । सरकारले निर्यात वृद्धिका लागि विभिन्न नीति अघि सारे पनि व्यावहारिक परिणाम आउन नसकेको उनको भनाइ थियो । झापा, इलाम, तेह्रथुम लगायत जिल्लामा उत्पादित चिया, अलैंची लगायत वस्तु निर्यात गरेर अर्बौं रुपैयाँ भित्त्याउन सकिने उनले बताए । 

सम्बन्धित सामग्री

नेपालको व्यापार घाटा डरलाग्दो

काठमाडाैं । भुक्तानी सन्तुलन कायम राख्न र नेपालको व्यापार घाटा नियन्त्रणका लागि रेमिट्यान्सको योगदान महत्वपूर्ण मानिन्छ । नेपालको व्यापार घाटा डरलाग्दो रूपमा उच्च छ । वैदेशिक रोजगारीबाट आएको रेमिट्यान्सले मुलुकको भुक्तानी सन्तुलन कायम राख्न मद्दत गरिरहेको छ । व्यापार घाटा व्यवस्थापन गर्न रेमिट्यान्सको योगदान ५९ प्रतिशत रहेको देखाएको छ, जुन एक महत्वपूर्ण रकम हो । […]

व्यापार घाटा तीन खर्ब ५९ अर्ब

चालू आर्थिक वर्षको तीन महिनामा मुलुकको कूल व्यापार घाटा साढे तीन खर्बमाथि पुगेको छ। भन्सार विभागले आज सार्वजनिक गरेको गत असोज मसान्तसम्मको विवरणअनुसार व्यापार घाटा रु तीन खर्ब ५९ अर्ब १७...

हामी राजस्वमै रत्तियौं, अनि बढ्दैन त व्यापार घाटा ?

यतिबेला मुलुक व्यापार घाटा र विदेशी मुद्रा सञ्चिति चापको परेको अवस्थामा छ । कुनै पनि मुलुकका लागि यसरी बढ्दो व्यापार घाटा राम्रो होइन, भन्ने मेरो पुरानै मान्याता र बुझाइ हो । देशमा व्यापार घाटाबारे कुरा गर्नु अपराध जस्तो हुन्थ्यो । तीन वर्ष अघिको कुरा हो, म वाणिज्य सचिवको जिम्मेवारीमा हुँदाको समय सम्झन्छु । कुनै एक […]

व्यापार घाटा घटाउन प्रधानमन्त्रीको निर्देशन

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आर्थिक अवस्थालाई सन्तुलनमा राख्न व्यापार घाटा घटाउने नीति र कार्यक्रम अघि बढाउन निर्देशन दिएका छन् । उद्योग, वाणिञ्य तथा आपूर्ति मन्त्रालयको मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बुधबार बसेको बैठकमा प्रधानमन्त्री देउवाले व्यापार घाटा घटाउने गरी कार्यक्रम बनाउन निर्देशन दिएका हुन् । ‘हाम्रो व्यापार घाटा चिन्ताजनक अवस्थामा देखिएको छ, अब तपाइँहरूले […]

मासिक डेढ खर्ब व्यापार घाटा

विदेशी मुद्रा सञ्चितिमा गिरावट आएर नेपाल राष्ट्र बैंकले आयातमा कडाइ गरे पनि व्यापार घाटा मासिक करिब डेढ खर्ब रूपैयाँ पुगेको छ। स्वदेशमा उत्पादन हुन सक्ने वस्तुमा समेत विदेशको भर पर्दा बर्सेनि व्यापार घाटा बढ्दै गएको हो। भन्सार विभागले सोमबार सार्वजनिक गरेको तथ्यांकअनुसार चालु आव २०७८/७९ को फागुन मसान्तसम्म (आठ महिनामा) मुलुकको व्यापार घाटा ११ खर्ब ६० अर्ब रूपैयाँ पुगेको छ।यसरी हेर्दा मासिक १ खर्ब ४५ अर्ब रूपैयाँको व्यापार घाटा देखिन्छ। पोहोरको तुलनामा यो वर्ष व्यापार घाटा ३४.५ प्रतिशतले बढी हो।

आयातसँगै व्यापार घाटा बढ्यो

काठमाण्डाै - आयात बढेसँगै व्यापार घाटा चुलिएको छ । व्यापार घाटा १० खर्ब १५ अर्ब ८१ करोड बराबर पुगेको नेपाल राष्ट्र बैंकले जनाएको छ । चालु आर्थिक वर्षको सात महिनामा कुल वस्तु व्यापार घाटा ३८ दशमलव ४ प्रतिशतले बढेको छ । आर्थिक वर्षको समीक्षा अवधिमा निर्यात आयात अनुपात ११ दशमलव ५ प्रतिशत पुगेको छ । सात महिनाको कुल वस्तु आयात ४२ दशमलव ८ प्रतिशतले बढेर ११ खर्ब ४७ अर्ब ४६ करोड रुपैयाँ बराबर पुगेको छ। भारतबाट ३१ प्रतिशत, चीनबाट ४२ दशमलव ३ प्रतिशत र अरु देशबाट ८३ दशमलव ८ प्रतिशतले आयात बढेको राष्ट्र बैंकको विवरणमा ...

बजेटको आकारभन्दा व्यापार घाटा बढी

स्वदेशमा उपभोग हुने वस्तुको उत्पादन वृद्धि नहुँदा व्यापार घाटा भयावह बन्दै गएको छ । व्यापार घाटा मुलुकको कूल बजेटको आकारभन्दा ठूलो हुने देखिएको छ । चालु आर्थिक वर्ष २०७८/७९ मा मुलुकको कूल बजेट १६ खर्ब ३२ अर्ब ८३ करोड रुपैयाँको छ । ६ महिनामा नै व्यापार घाटा करिब ९ खर्ब रुपैयाँ पुगेको छ । यसरी हेर्दा एक वर्षमा व्यापार घाटा करिब १८ खर्ब रुपैयाँ पुग्ने देखिन्छ । यो बजेटको आकारभन्दा पनि ठूलो हो ।भन्सार विभागले आइतबार सार्वजनिक गरेको तथ्यांकअनुसार पुस मसान्तसम्म व्यापार घाटा ८ खर्ब ८० अर्ब रुपैया

व्यापार घाटा झन्डै नौ खर्ब

काठमाडौं । पछिल्लो समय मुलुकको व्यापार घाटा अस्वाभाविक रूपमा बढेको छ । चालू आर्थिक वर्ष २०७८÷७९ को ६ महिनाको अवधिमा व्यापार घाटा बढेर ८ खर्ब ८० अर्ब ४९ करोड १७ लाख ४७ हजार रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा व्यापार घाटा ४६ दशमलव ६४ प्रतिशतले बढेको हो । अघिल्लो आर्थिक वर्षको […] The post व्यापार घाटा झन्डै नौ खर्ब appeared first on राजधानी राष्ट्रिय दैनिक.