दाङको घोराही उपमहानगरपालिका(१७ स्थित मदन भण्डारी कृषि प्राविधिक शिक्षालय एग्रिकल्चर इन प्लान्ट साइन्स तेश्रो वर्ष छैठौँ सेमेस्टरका विद्यार्थी घोराही(१६ तेरौटेमा रहेको नविनतम कृषि फर्ममा फलेर सकिएको गोलभेँडाको झाल उखेल्दै ।
म्याग्दी– विद्यालय परिसरमा नै च्याउ र तरकारीखेती गरेर म्याग्दीको मङ्गला गाउँपालिका–२ बाबियाचौर र मालिका गाउँपालिका–७ बिमका विद्यार्थीले पढाइसँगै पैसा पनि कमाएका छन् । पश्चिम म्याग्दीको मङ्गला –२ स्थित मङ्गला माध्यमिक विद्यालय र मालिका –७ बिममा सञ्चालित किसानी कृषि प्राविधिक शिक्षालयमा प्राविधिक धारअन्तर्गत बाली विज्ञान विषय अध्ययन गर्ने विद्यार्थीले तरकारी, फलफूल र च्याउ उत्पादन गरी बिक्री […]
शिक्षासंगै सीप र अभ्यासलाई एकसाथ अघि बढाउँदा विद्यार्थीहरुलाई उत्साहित बनाउने क्रम देशभरकै विद्यालयहरुमा विस्तारै बढ्दै गएको छ । यसै क्रममा म्याग्दीको मालिका गाउँपालिका–७ बिमस्थित किसानी कृषि प्राविधिक शिक्षालयका विद्यार्थी अहिले च्याउखेतीमा व्यस्त छन् । कहिले तरकारी र फलफूलबारीमा मल बीउ राख्दै, कहिले आलुको बीउ ग्रेडिङ गर्दै, कहिले च्याउखेतीको तालिममा व्यस्त रहने यहाँका विद्यार्थीले पढाइसँगै सिकाइ …
म्याग्दी : विद्यालय पोशाकमा विद्यार्थीहरु कहिले खेतबारीमा किसानसँगै काम गर्दै गरेको देखिन्छन्। कहिले तरकारी तथा फलफूलबारीमा मल विऊ राख्दै त कहिले गोडमेल गर्दै गरेका भेटिन्छन्।तिनै विद्यार्थीहरु कहिले आलुको बिउ ग्रेडिङ गरिरहेका हुन्छन् त कहिले च्याउ खेतीको तालिम लिइरहेका हुन्छन्। किसानका गोठ गोठमा पशुको उपचारका लागि पनि तिनै विद्यार्थीहरु पुग्छन्।ती विद्यार्थीहरु विमको किसानी कृषि प्राविधिक शिक्षालयका कृषि र पशु विज्ञानमा अध्ययनरत विद्यार्थीहरु हुन्। म्याग्दीको मालिका गाउँ पालिका वडा नं ७ मा अवस्
म्याग्दीको मालिका गाउँपालिका– ७ विमस्थित किसान कृषि प्राविधिक शिक्षालयका विद्यार्थी प्रयोगात्मक सिकाइअन्तर्गत आफूहरुले फलाएको तरकारी (लौका) देखाउँदै । यहाँका विद्यार्थी पढ्दै,सिक्दै र आफूले उत्पादन गरेका तरकारी तथा पशुपंक्षीजन्य उत्पादनहरु बिक्री गरी पढाइका लागि चाहिने खर्च आफैँले कमाउन थालेका छन् । तस्बिर- ध्रुवसागर शर्मा/रासस
रुकुम – रुकुम पश्चिमको चौरजहारी नगरपालिका–१२ खोलागाउँमा रहेको हिमालय माध्यमिक विद्यालयमा प्राविधिक धारतर्फका विद्यार्थीहरूले ‘पढ्दै कमाउँदै कार्यक्रम’ अन्तर्गत तरकारी खेती गरेका छन् । कृषि प्राविधिक पढ्ने विद्यार्थीहरूले प्रयोगात्मक शिक्षाअन्तर्गत विद्यालयमै तरकारी खेती गरेका हुन् । “हामीले पढ्दा कृषि क्षेत्रको विभिन्न विषयमा अध्ययन गर्नुपर्छ, तरकारी कसरी लगाउने, तरकारीमा लाग्ने रोगको उपचारलगायत विषयमा जानकारी लिनुपर्ने हुन्छ”, विद्यार्थी […]
म्याग्दी : जिल्लाका ग्रामीण क्षेत्रमा संचालित कृषि प्राविधिक शिक्षालयमा विद्यालयको कक्षाकोठामा दिइने किताबी ज्ञानका अतिरिक्त विद्यार्थीहरू किसानका खेतबारी र पशु गोठमा नै पुगेर प्रयोगात्मक अभ्यासमा व्यस्त छन्।पश्चिम म्याग्दीको मालिका गाउँपालिका–७ बिममा सञ्चालित श्री किसानी कृषि प्राविधिक शिक्षालयमा कृषि विषय अध्ययनका लागि १२ जिल्लाबाट यहाँ आएका विद्यार्थीहरू अहिले कक्षा कोठामा कम र किसानका खेतबारी र गोठहरूमा बढि व्यस्त रहन्छन्।विसं २०६८ मा सिटिइभिटीबाट सम्बन्धन प्राप्त गरी १८ महि
म्याग्दी । म्याग्दीको ग्रामीण क्षेत्रमा संचालित श्री किसानी कृषि प्राविधिक शिक्षालयका विद्यार्थीहरु किताबी ज्ञानसँगै किसानका खेतबारी र पशु गोठमा नै पुगेर प्रयोगात्मक अभ्यास गर्नमा व्यस्त भएका छन् । पश्चिम म्याग्दीको मालिका गाउँपालिका–७ बिममा सञ्चालित कृषि प्राविधिक शिक्षालयमा कृषि विषय अध्ययनका लागि १२ वटा जिल्लाबाट आएका विद्यार्थीहरु अहिले कक्षा कोठामा कम र किसानका खेतबारी र गोठहरुमा […]
चैत १२, म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका ७ विममा संचालित किसानी कृषि प्राविधिक शिक्षालयका विद्यार्थीहरु प्रयोगात्मक अभ्यासकालागि विद्यालय पोसाकमै कृषकका खेतवारीमा पुगेर कृषकलाई खेतीपातीका कुराहरु सिकाइरहेका छन् ।
कृषिलाई आधुनिकीकरण गर्ने उद्धेश्यले खेतबारीमा प्रयोगात्मक अध्ययन गर्दै गरेका बाली विज्ञानका विद्यार्थीहरुले कृषकहरुलाई व्यवसायीक कृषि भनेको के हो ? वैज्ञानिक खेती प्रणालीको विकास कसरी गर्ने ? उन्नत मल बीऊको प्रयोगले कसरी उत्पादन वृद्धि गर्न सकिन्छ लगायतका कुराहरु सिकाउँदै र उनीहरुका अनुभव सुन्दै रमाइरमाइ अध्ययन गरिरहेका भेटिन्छन् ।
विममा २०६८ सालमा सीटीईभीटीबाट सम्बन्धन प्राप्त गरी २९ महीने जेटीए र २०७२ सालदेखि तीनवर्षे डिप्लोमा इन एग्रीकल्चर (बाली विज्ञान) र तीनवर्षे पशु विज्ञान तहको पठनपाठन शुरु भएको थियो ।
अहिले यहाँ २१ ओटा जिल्लाका विद्यार्थीहरु अध्ययनरत रहेका किसानी कृषि प्राविधिक शिक्षालयका प्रमुख करन कडेलले बताए । कृषि विषयको प्राविधिक शिक्षा सामुदायिक विद्यालयमै पठनपाठन हुन थालेपछि विद्यार्थीहरू अध्ययनसँगै खेतीको अभ्यासमा पनि लाग्न थालेका छन् ।
‘कृषि पढ्ने विद्यार्थीलाई अभ्यास गराउने क्रममा किसानका खेतवारीमा नै पुगेर प्रयोगात्मक अभ्यास गराउँदै आएका छौं’, शिक्षालयका प्रमुख कडेलले भने, ‘हाम्रो आफ्नै कृषि फर्म पनि छ,त्यहाँ तरकारी र फलफूल खेती,च्याउँ खेती,माछा पालन आदि गरेका छौं, खेतवारीमा नै पुगेर किसानसंगसंगै अभ्यास गर्दा अझ व्यवहारिक हुने भएकाले किसानकै खेतवारीमा पठाउने गरेका हौं ।’
‘हामी यही विषय पढ्दै आएका छौं । हामीले अभ्यास पनि गर्नुपर्छ,किसानसँगै खेतमा काम गर्दा धेरै ज्ञान पनि पाइँदोरहेछ’, बाली विज्ञानको दोस्रो सेमिष्टरमा अध्ययनरत छात्रा सोविता बूढाले बताइन् ।
कृषि प्राविधिक विषय अध्ययन गर्ने विद्यार्थीले विद्यालयमा शिक्षामात्र लिएका छैनन्, उनीहरूले जानेको प्राविधिक सहयोग किसानलाई समेत दिन थालेका छन् । विद्यार्थीले किसानको समस्या पहिचान गरी सहयोग गर्दै आएका प्रमुख कडेलले बताए ।
किसानले समेत कृषिलाई आधुनिकीकरण गर्दै कृषिमा हुने समस्याका बारेमा जानकारी लिन सहज भएको उनको भनाइ छ ।
उक्त शिक्षालयमा १८ महीने जेटीएको अध्ययन सकेर अहिले मङ्गला गाउँपालिकाको कृषि शाखामा कार्यरत जगत बानियाँ, बेनीको एक गैरसरकारी संस्थामा कार्यरत कृष्ण सुवेदी, जुम्ला खलङ्गाकी जानुका बडाललगायत ५० जनाभन्दा बढी युवायुवतीले रोजगारी पाउनुका साथै व्यक्तिगतरुपमा नै कृषि फार्म सञ्चालन गरेर मनग्गे आम्दानी गर्दै आएका छन् ।
धनकुटाको महालक्ष्मी नगरपालिका ७ का निर्मल पराजुली लालीगुराँस नगरपालिकाको बसन्तपुरमा रहेको बसन्त माविमा बाली विज्ञान विषय लिएर कक्षा १२ मा अध्ययन गरिरहेका छन् । आफ्नो घरनजिकै अन्य विषयमा पढाइ हुने विद्यालय हुँदाहुँदै पराजुली भविष्यमा कृषि प्राविधिक बन्ने उद्देश्यले यहाँसम्म आएका हुन् । देशमा कृषि प्राविधिकको अभाव रहेको र आफ्नो रुची पनि कृषि क्षेत्र नै भएकाले कक्षा ९ देखि नै बाली विज्ञान विषय लिएर अध्ययन गरिरहेको उनको भनाइ छ ।