कक्षा ९ बाट गाउँमै कृषि प्राविधिक पढ्दै विद्यार्थी

धनकुटाको महालक्ष्मी नगरपालिका ७ का निर्मल पराजुली लालीगुराँस नगरपालिकाको बसन्तपुरमा रहेको बसन्त माविमा बाली विज्ञान विषय लिएर कक्षा १२ मा अध्ययन गरिरहेका छन् । आफ्नो घरनजिकै अन्य विषयमा पढाइ हुने विद्यालय हुँदाहुँदै पराजुली भविष्यमा कृषि प्राविधिक बन्ने उद्देश्यले यहाँसम्म आएका हुन् । देशमा कृषि प्राविधिकको अभाव रहेको र आफ्नो रुची पनि कृषि क्षेत्र नै भएकाले कक्षा ९ देखि नै बाली विज्ञान विषय लिएर अध्ययन गरिरहेको उनको भनाइ छ ।

सम्बन्धित सामग्री

प्राविधिक शिक्षालयमा प्रयोगात्मक अभ्यास : पढ्दै, काम सिक्दै विद्यार्थी

म्याग्दी : जिल्लाका ग्रामीण क्षेत्रमा संचालित कृषि प्राविधिक शिक्षालयमा विद्यालयको कक्षाकोठामा दिइने किताबी ज्ञानका अतिरिक्त विद्यार्थीहरू किसानका खेतबारी र पशु गोठमा नै पुगेर प्रयोगात्मक अभ्यासमा व्यस्त छन्।पश्चिम म्याग्दीको मालिका गाउँपालिका–७ बिममा सञ्चालित श्री किसानी कृषि प्राविधिक शिक्षालयमा कृषि विषय अध्ययनका लागि १२ जिल्लाबाट यहाँ आएका  विद्यार्थीहरू अहिले कक्षा कोठामा कम र किसानका खेतबारी र गोठहरूमा बढि व्यस्त रहन्छन्।विसं २०६८ मा सिटिइभिटीबाट सम्बन्धन प्राप्त गरी १८ महि