म्याग्दीकाे कृषि प्राविधिकका विद्यार्थी पढाईसँगै प्रयोगात्मक अभ्यासमा व्यस्त

म्याग्दी । म्याग्दीको ग्रामीण क्षेत्रमा संचालित श्री किसानी कृषि प्राविधिक शिक्षालयका विद्यार्थीहरु किताबी ज्ञानसँगै किसानका खेतबारी र पशु गोठमा नै पुगेर प्रयोगात्मक अभ्यास गर्नमा व्यस्त भएका छन् । पश्चिम म्याग्दीको मालिका गाउँपालिका–७ बिममा सञ्चालित कृषि प्राविधिक शिक्षालयमा कृषि विषय अध्ययनका लागि १२ वटा जिल्लाबाट आएका विद्यार्थीहरु अहिले कक्षा कोठामा कम र किसानका खेतबारी र गोठहरुमा […]

सम्बन्धित सामग्री

प्राविधिक शिक्षालयमा प्रयोगात्मक अभ्यास : पढ्दै, काम सिक्दै विद्यार्थी

म्याग्दी : जिल्लाका ग्रामीण क्षेत्रमा संचालित कृषि प्राविधिक शिक्षालयमा विद्यालयको कक्षाकोठामा दिइने किताबी ज्ञानका अतिरिक्त विद्यार्थीहरू किसानका खेतबारी र पशु गोठमा नै पुगेर प्रयोगात्मक अभ्यासमा व्यस्त छन्।पश्चिम म्याग्दीको मालिका गाउँपालिका–७ बिममा सञ्चालित श्री किसानी कृषि प्राविधिक शिक्षालयमा कृषि विषय अध्ययनका लागि १२ जिल्लाबाट यहाँ आएका  विद्यार्थीहरू अहिले कक्षा कोठामा कम र किसानका खेतबारी र गोठहरूमा बढि व्यस्त रहन्छन्।विसं २०६८ मा सिटिइभिटीबाट सम्बन्धन प्राप्त गरी १८ महि

प्राविधिक शिक्षाप्रति आकर्षण : किसानसँगै खेतबारीमा भेटिन्छन् विद्यार्थी

चैत १२, म्याग्दी  । म्याग्दीको मालिका गाउँपालिका ७ विममा संचालित किसानी कृषि प्राविधिक शिक्षालयका विद्यार्थीहरु प्रयोगात्मक अभ्यासकालागि विद्यालय पोसाकमै कृषकका खेतवारीमा पुगेर कृषकलाई खेतीपातीका कुराहरु सिकाइरहेका छन् । कृषिलाई आधुनिकीकरण गर्ने उद्धेश्यले  खेतबारीमा प्रयोगात्मक अध्ययन गर्दै गरेका बाली विज्ञानका विद्यार्थीहरुले कृषकहरुलाई व्यवसायीक कृषि भनेको के हो ? वैज्ञानिक खेती प्रणालीको विकास कसरी गर्ने ? उन्नत मल बीऊको प्रयोगले कसरी उत्पादन वृद्धि गर्न सकिन्छ लगायतका कुराहरु सिकाउँदै र उनीहरुका अनुभव सुन्दै रमाइरमाइ अध्ययन गरिरहेका भेटिन्छन् ।  विममा २०६८ सालमा सीटीईभीटीबाट सम्बन्धन प्राप्त गरी २९ महीने जेटीए र २०७२ सालदेखि तीनवर्षे डिप्लोमा इन एग्रीकल्चर (बाली विज्ञान) र तीनवर्षे पशु विज्ञान तहको पठनपाठन शुरु भएको थियो । अहिले यहाँ २१ ओटा जिल्लाका विद्यार्थीहरु अध्ययनरत रहेका किसानी कृषि प्राविधिक शिक्षालयका प्रमुख करन कडेलले बताए ।  कृषि विषयको प्राविधिक शिक्षा सामुदायिक विद्यालयमै पठनपाठन हुन थालेपछि विद्यार्थीहरू अध्ययनसँगै खेतीको अभ्यासमा पनि लाग्न थालेका छन् । ‘कृषि पढ्ने विद्यार्थीलाई अभ्यास गराउने क्रममा किसानका खेतवारीमा नै पुगेर प्रयोगात्मक अभ्यास गराउँदै आएका छौं’, शिक्षालयका प्रमुख कडेलले भने, ‘हाम्रो आफ्नै कृषि फर्म पनि छ,त्यहाँ तरकारी र फलफूल खेती,च्याउँ खेती,माछा पालन आदि गरेका छौं, खेतवारीमा नै पुगेर किसानसंगसंगै अभ्यास गर्दा अझ व्यवहारिक हुने भएकाले किसानकै खेतवारीमा पठाउने गरेका हौं ।’  ‘हामी यही विषय पढ्दै आएका छौं । हामीले अभ्यास पनि गर्नुपर्छ,किसानसँगै खेतमा काम गर्दा धेरै ज्ञान पनि पाइँदोरहेछ’, बाली विज्ञानको दोस्रो सेमिष्टरमा अध्ययनरत छात्रा सोविता बूढाले बताइन् ।   कृषि प्राविधिक विषय अध्ययन गर्ने विद्यार्थीले विद्यालयमा शिक्षामात्र लिएका छैनन्, उनीहरूले जानेको प्राविधिक सहयोग किसानलाई समेत दिन थालेका छन् । विद्यार्थीले किसानको समस्या पहिचान गरी सहयोग गर्दै आएका प्रमुख कडेलले बताए । किसानले समेत कृषिलाई आधुनिकीकरण गर्दै कृषिमा हुने समस्याका बारेमा जानकारी लिन सहज भएको उनको भनाइ छ ।  उक्त शिक्षालयमा १८ महीने जेटीएको अध्ययन सकेर अहिले मङ्गला गाउँपालिकाको कृषि शाखामा कार्यरत जगत बानियाँ, बेनीको एक गैरसरकारी संस्थामा कार्यरत कृष्ण सुवेदी, जुम्ला खलङ्गाकी जानुका बडाललगायत ५० जनाभन्दा बढी युवायुवतीले रोजगारी पाउनुका साथै व्यक्तिगतरुपमा नै कृषि फार्म सञ्चालन गरेर मनग्गे आम्दानी गर्दै आएका छन् ।