म्याग्दी : विद्यालय पोशाकमा विद्यार्थीहरु कहिले खेतबारीमा किसानसँगै काम गर्दै गरेको देखिन्छन्। कहिले तरकारी तथा फलफूलबारीमा मल विऊ राख्दै त कहिले गोडमेल गर्दै गरेका भेटिन्छन्।तिनै विद्यार्थीहरु कहिले आलुको बिउ ग्रेडिङ गरिरहेका हुन्छन् त कहिले च्याउ खेतीको तालिम लिइरहेका हुन्छन्। किसानका गोठ गोठमा पशुको उपचारका लागि पनि तिनै विद्यार्थीहरु पुग्छन्।ती विद्यार्थीहरु विमको किसानी कृषि प्राविधिक शिक्षालयका कृषि र पशु विज्ञानमा अध्ययनरत विद्यार्थीहरु हुन्। म्याग्दीको मालिका गाउँ पालिका वडा नं ७ मा अवस्