भारतको केन्द्र सरकारले तीन नयाँ कृषि कानूनको विरोध गर्दै किसानहरूले गरेको आन्दोलनका विषयमा कठोरता अपनाइरहेको छ ।
नोभेम्बर २६ देखि दिल्लीका विभिन्न सीमामा किसानहरू धर्ना दिइरहेका छन् । किसान संगठन र केन्द्र सरकारबीच अहिलेसम्म भएका अनेकौं चरणका वार्ता परिणाममुखी हुन सकेका छैनन् ।
विरोध प्रदर्शन शुरू भएदेखि ६० भन्दा बढी किसानको ज्यान गइसकेको छ ।
मोदी सरकारले किसानलाई थकाउने र झुकाउने नीति लिएको आरोप कांग्रेस पार्टीले लगाएको छ ।
तर सरकार कानूनमा अडिग रहनुमा पार्टीको अभियान तथा नेता...