कोरोनाका कारण नेपालबाट भारत जान पाएनन् विदेशी पर्यटक

कञ्चनपुरको गड्डाचौकीबाट नेपाल हुँदै भारत भ्रमणमा जाने विदेशी पर्यटकलाई कोरोनाका कारण भारतीय पक्षले रोक लगाएपछि पर्यटकीय गतिविधिमा कमी आएको छ । गड्डाचौकीस्थित अध्यागमन कार्यालयका नायब सुब्बा पदमराज भट्टले कोरोनाको दोस्रो भेरियन्टसँगै भारतीय पक्षले बन्देज लगाएकाले यहाँ पर्यटकको चलपहलमा कमी आएको बताउनुभयो । सन् २०२३ मा गड्डाचौकी नाकाबाट नौ सय ८३ विदेशी पर्यटक नेपाल भित्रिएका थिए …

सम्बन्धित सामग्री

कञ्चनजंघा क्षेत्रमा विदेशी पर्यटक बढ्दै

कोरोनाका कारण लामो समयदेखि सुनसानजस्तै रहेको कञ्चनजंघा क्षेत्रमा अहिले बाह्य पर्यटकको चहलपहल बढ्न थालेको छ । चालू आर्थिक वर्ष ०८०/०१ को माघ मसान्तसम्म कञ्चनजंघा क्षेत्रमा ६ सय ५० जना विदेशी पर्यटक...

कोरोनाका कारण पश्चिमीनाकाबाट विदेशी पर्यटक जान पाएनन्

कञ्चनपुरको गड्डाचौकीबाट भारत जाने विदेशी पर्यटकलाई भारतीय पक्षले रोक लगाएपछि यहाँ पर्यटकीय गतिविधिमा कमी आएको छ ।

तस्बिरहरू: राप्ती किनारमा पर्यटकको चहलपहल बढ्दो

कोरोनाका कारण तीन वर्षअघि देशव्यापी लकडाउन हुँदा सुनसान रहेका चितवनका पर्यटकीय क्षेत्र विस्तारै चलायामान हुँदै जाँदा पनि विदेशी पर्यटक देख्न मुस्किल थियो । हिजोआज विदेशी पर्यटक पनि बढ्न थालेका छन् । वन्यजन्तु अवलोकनका लागि चितवन देशको मुख्य पर्यटकीय गन्तव्य हो । राप्ती नदी तरेर निकुञ्ज छिर्न सकिन्छ । अचेल निकुञ्ज घुम्न जाने र घुमेर फर्कनेहरुको राप्ती किनारमा चहलपहल निकै बढेको छ ।

अन्नपूर्ण पदमार्गमा विदेशी पर्यटककाे संख्यामा वृद्धि

काठमाडौं । कोरोनाका कारण सुनसान रहेको अन्नपूर्ण पदमार्गमा विदेशी पर्यटकको संख्यामा वृद्धि भएकाे छ। अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना पर्यटक जाँच केन्द्र धारापानीका पर्यटन सहायक क्षेत्रबहादुर गुरुङले अन्नपुर्ण पदमार्गमा साढे दुई महिनामा ६ सय पर्यटकले अन्नपूर्ण अवलोकन गरेको जानकारी दिनुभयो । पदमार्गमा अहिले दैनिक ४० जना विदेशी पर्यटक ओहोरदोहोर गर्ने गरेको गुरुङले बताउनुभयाे । पछिल्लो समय […]

अन्नपूर्ण पदमार्गमा बढ्याे पर्यटककाे आगमन

लमजुङ – कोरोनाका कारण सुनसान रहेको अन्नपूर्ण पदमार्गमा विदेशी पर्यटकको आगमन बढेको छ। अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) पर्यटक जाँच केन्द्र धारापानीका पर्यटन सहायक क्षेत्रबहादुर गुरुङका अनुसार २०२२ को जनवरीदेखि हालसम्म ५८५ जना विदेशी पर्यटक आएका छन्। जनवरीमा ४१ जना, फ्रेब्रुअरीमा १६९ र मार्च १५ सम्म ३७५ जना विदेशी पर्यटक पदमार्गमा आएकाे उनले बताए। पदमार्गमा […]

विदेशी पर्यटकको आवागमन सहज बनाउन माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र

विदेशी पर्यटक आवागमनलाई सहज बनाउन माग गर्दै ११ पर्यटन व्यवसायी सम्बद्ध संस्थाहरुले प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाएका छन्। विदेशी पर्यटक आवागमन सहज नहुँदा कोरोनाका कारण थलिएको पर्यटन व्यवसाय पुनर्उत्थान हुन...

अन्नपुर्ण पदमार्गमा एघार महिनामा दुई हजार बढी विदेशी पर्यटक भित्रिए

कोरोनाका कारण दुई वर्षदेखि सुनसान रहेको अन्नपुर्ण पदमार्गमा विदेशी पर्यटकको आगमन बढेसँगै पर्यटन व्यवसायीहरुले राहतको महसुस गरेका छन् । कारण विदेशी पर्यटक नआउँदा अन्नपुर्ण पदमार्ग सुनसानजस्तै बनेको थियो । अन्नपूर्ण...

अन्नपूर्ण पदमार्गमा विदेशी पर्यटक आउन थाले

कोरोनाका कारण दुई वर्षदेखि सुनसान रहेको अन्नपूर्ण पदमार्गमा पर्यटक आउन थालेका छन् । कोरोनाका कारण बन्द रहेका पदमार्ग पर्यटक आवागमनका लागि खुला गरेपछि पर्यटक आउन थालेका हुन् । पछिल्लो समय सरकारले निषेधाज्ञालाई खुकुलो...

कोरोनाका कारण चितवन राष्ट्रिय निकुञ्ज घुम्ने पर्यटक आधा घटे

साउन ७, चितवन । कोरोना कारण चितवन राष्ट्रिय निकुञ्जमा घुम्न आउने पर्यटक आधा घटेका छन् ।  निकुञ्ज, कार्यालयले दिएको तथ्यांक अनुसार अघिल्लो आव ०७६/०७७ मा कुल १ लाख ८२ हजार ४३५ जनाले निकुञ्ज घुमेकोमा गत आव ०७७/०७८ मा यो संख्या घटेर ९२ हजार २०९ मा झरेको हो । अघिल्लो आवको तुलनामा गत आवमा उक्त संख्यामा पर्यटक घटेका हुन् । कार्यालयका अनुसार अघिल्लो आवमा ८९ हजार ४४१ जना आन्तरिक पर्यटकले निकुञ्ज घुमेका थिए । यस्तै उक्त वर्षमा सार्क राष्ट्रका  १४ हजार २३९ र अन्य मुलुकका ७८ हजार ७५५ जना पर्यटकले  निकुञ्ज घुमेका थिए ।  तर, गत आवमा ८९ हजार ६०१ नेपाली पर्यटकले निकुञ्ज घुमेका थिए भने सार्क राष्ट्रका १ हजार ३६४ पर्यटक र अन्य मुलुकका १ हजार २४४ जनाले निकुञ्ज घुमेको तथ्यांक छ ।  निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीले अघिल्लो वर्षबाट फैलिएको कोरोनाका असर हालसम्म रहेको र दोस्रो कोरोनाको लहर हालसम्म पनि नरोकिएकाले पर्यटकको संख्यामा कमी आएको बताए । ‘अघिल्लो वर्ष सिजनमा आउने पर्यटक आइहाले र लकडाउन भयो, उनले भने, अहिले पनि वैशाख दोस्रो हप्ताबाट निषेधाज्ञा चलिरहेको छ ।’ विशेषगरी सिजनमै निषेधाज्ञा भएको र पर्यटकलाई  निकुञ्ज प्रवेशमा रोक लगाइएकोले पर्यटकको संख्या कमी भएको अधिकारीको भनाइ छ । ‘एक त बाहिरबाट पर्यटक आउन पाएनन्, उनले भने, आन्तरिक पर्यटकको लागि पनि निकुञ्ज खुल्ला हुन पाएन ।’  लकडाउन कारण अघिल्लो वर्ष चैतदेखि साउनसम्म निकुञ्ज प्रवेशमा रोक लगाईएको थियो भने गत वैशाखदेखि पुनः निषेधाज्ञाका कारण हालसम्म पनि निकुञ्ज प्रवेश बन्द भएको छ ।  आम्दानीमा भारी गिरावट अघिल्लो वर्ष निकुञ्ज घुम्ने पर्यटकको शुल्कबाट १८ करोड ७३ लाख ८५ हजार ६४ रुपैयाँ आम्दानी गरेको निकुञ्जले गत आवमा पर्यटक शुल्क  आम्दानी घटेर २ करोड ५५ लाख ३७ हजार ८२८ रुपैयाँ संकलन भएको छ ।  निकुञ्जले अन्य क्षेत्रबाट पनि आम्दानी गर्ने गरेको छ । ती क्षेत्रबाट अघिल्लो आर्थिक वर्षमा १ करोड १८ लाख ७० हजार ६१७ रुपैयाँ राजस्व संकलन गरेको थियो भने गत आवमा यी क्षेत्रको आम्दानी केही बढेको छ । जस अनुसार ती क्षेत्रबाट  १ करोड ८८ लाख २४ हजार ३३८ रुपैयाँ आम्दानी गरेको छ ।  सूचना अधिकारी सहायक संरक्षण अधिकृत अधिकारीले निकुञ्जको मुख्य आम्दानीको स्रोत नै पर्यटक शुल्क भएकोले पर्यटक नआउँदा र निषेधाज्ञाका कारण आम्दानीमा ठूलो असर परेको बताए । ‘हाम्रो मुख्य आम्दानीको स्रोत पर्यटकनै हुन्, त्यसमध्ये पनि विदेशी पर्यटक उनले भने, अन्य निकुञ्जको आम्दानी भनेको नदीजन्य पदार्थ उत्खनन शुल्क, ठेक्कापट्टा, दण्ड जरीवाना हुन् ।’

कोरोना महामारीका बीच खुले अर्बाैं लगानीका होटल

कोरोनाका कारण कतिपयले होटल व्यवसाय नै परिवर्तन गरे । वर्षौंदेखि चलेका नामी होटल पनि अस्थायी रूपमा बन्द भए । कर्मचारीको पारिश्रमिक दिन नसक्ने भन्दै अन्नपूर्ण होटल अस्थायी रूपमा बन्द भयो  । होटलकी कार्यकारी अध्यक्ष सिर्जना राणाले सन् २०२१ भरका लागि होटल बन्द भएको बताइसकेकी छन् ।उनले आउँदो वर्षसमेत विदेशी पर्यटक उल्लेख्य रूपमा आउने सम्भावना नदेखिएका कारण तत्कालका लागि होटल नखोल्ने निर्णय गरेको बताइन् । अध्ययन गरेर अर्कै वर्षदेखि होटल खोल्ने कि नखोल्ने भन्नेबारे निर्णय गर्ने उनको भनाइ छ ।