भारत-दक्षिण अफ्रिका टी-२० सिरिजको पहिलो खेल वर्षाका कारण रद्द

भारत र दक्षिण अफ्रिका बीचको ३ खेलको टी-२० सिरिजको पहिलो खेल वर्षाका कारण रद्द भएको छ। आइतबार रातिका लागि तय भएको स्पर्धा खेल सुरु हुनुअघि नै डरबनमा वर्षा भएपछि टससमेत हुन नसकी रद्द भएको हो। दक्षिण अफ्रिका भ्रमणमा रहेको भारत र आयोजक दक्षिण अफ्रिकाबीचको सिरिजको दोस्रो खेल आगामी १२ डिसेम्बरमा पोर्ट एलिजाबेथमा हुने तय भएको […]

सम्बन्धित सामग्री

नेपाल र भारतको खेल वर्षाका कारण पुनः अवरुद्ध

एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गतमा नेपाल र भारतबीचको खेल वर्षाका कारण पुनः अवरुद्ध भएको छ । नेपालले दिएको दुई सय ३१ रनको विजयी लक्ष्य पछ्याउने क्रममा पानी परेपछि खेल रोकिएको हो । श्रीलङ्काको पालेकेले इन्टरनेसल क्रिकेट स्टेडियममा भएको खेलमा भारतले दुई दशमलव एक ओभरमा १७ रन बनाउँदा पानी परेपछि खेल अवरुद्ध भएको हो । भारतले ब्याटिङ …

नेपाल र क्यानडाबीचको पहिलो एकदिवसीय खेल वर्षाका कारण रद्द

काठमाण्डाै – नेपाल र घरेलु टोली क्यानडाबीचको पहिलो एकदिवसीय खेल रद्द भएको छ । किङ सिटी मैदानमा बेलुका पौने ९ बजेका लागि तय खेल वर्षाका कारण हुन सकेन । लगातार पानी परेपछि खेल टस समेत नभई रद्द भएको हो । दुई एकदिवसीय श्रृंखलाका लागि क्यानडा पुगेको नेपाली टोलीले आज दोस्रो एकदिवसीय खेल्नेछ । विश्वकप लिग–२ अन्तर्गत स्कटल्याण्डमा हुने त्रिदेशीय एकदिवसीय श्रृंखलाअघि नेपालले क्यानडाको भ्रमण गरेको हो । यसअघि नेपाली टोलीले स्थानीय ओन्टारियो क्लबसँग दुई अभ्यास खेल खेलेको थियो । दुबै खेल नेपालले जिते...

वर्षाका कारण नेपाल र जिम्बाब्वे ‘ए’ बीचको खेल रद्द

काठाडौं- नेपाल र जिम्बाब्वे ‘ए’ बीचको टी–ट्वान्टी सिरिज अन्तर्गतको दोस्रो खेल वर्षाका कारण रद्द भएको छ । काठमाडौँको कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु भएको खेल लगातारको वर्षाका कारण प्रभावित भएसँगै खेल रद्द गरिएको हो । वर्षा सुरु हुनुअघि टस हारेर ब्याटिङ गरेको जिम्बाब्वे ‘ए’ ले ४ ओभर ३ बलमा २ विकेट गुमाएर ४८ रन बनाएको थियो […]

वर्षाका कारण रोकियो नेपाल र जिम्बावे ‘ए’बीचको खेल

काठमाडौँ– नेपाल र जिम्बावे ‘ए’बीचको दोस्रो टी–२० खेल वर्षाका कारण रोकिएको छ। त्रिवि क्रिकेट मैदानमा जारी खेल वर्षा भएपछि रोकिएको हो। नेपालले टस जितेर फिल्डिङ रोजेपछि जिम्बावे ‘ए’ले व्याटिङ गरिरहेको थियो। जिम्बावेले ४ ओभर ३ बलमा दुई विकेटको क्षतिमा ४८ रन जोडेको अवस्थामा खेल रोकिएको हो। जिम्बावे ‘ए’सँगको तीन खेलको टी–२० क्रिकेट सिरिजअन्तर्गत नेपाल आइतबार […]

वर्षाका कारण रोकियो नेपाल र जिम्बावेको खेल

काठमाडौँ । कीर्तिपुरमा जारी दोस्रो टी २० खेल अन्तर्गत नेपाल र जिम्बावेबीचको खेल वर्षाका कारण स्थगित भएको छ । खेल रोकिँदासम्म ५ ओभरमा विकेट गुमाउँदै जिम्बावेले ४८ रन बनाएको थियो । टस जितेर फिल्डिङ रोजेको नेपालले जिम्बावेलाई ब्याटिङको निम्तो दिएको थियो ।

नेपाल र जिम्बाब्वे ए बीचको खेल वर्षाका कारण स्थगित

काठमाडौं– नेपाली क्रिकेट टोली र जिम्बाब्वे ‘ए’ टोलीबीचको पहिलो एक दिवसीय खेल वर्षाका कारण स्थागित भएको छ । काठमाडौँको कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा शनिबार सुरु हुने भनिएको खेल निरन्तर वर्षाका कारण स्थगित गरिएको नेपाल क्रिकेट संघ क्यानले जनाएको हो । क्यानले स्थगित गरेको खेलको मिति भने तय गरेको छैन । अमेरिकामा आयोजना हुने आईसीसी […]

ईपीएल : वर्षाका कारण काठमाडौं र पोखराबीचको खेल स्थगित

१२ असोज, काठमाडौं । एभरेष्ट प्रिमियर लिग (ईपीएल) क्रिकेटअन्तर्गत मंगलबारका लागि तय भएको काठमाडौं किङ्स ११ र पोखरा राइनोजबीचको खेल वर्षाका कारण स्थगित भएको छ । दुई दिनदेखि भइरहेको वर्षाका कारण मैदान भिजेकाले खेल प्रभावित बनेको हो । शुरुमा भिजेको मैदान राम्रोसँग सुक्न नपाउँदै थप वर्षा भएपछि लगातार तेस्रो दिनको खेल स्थगित भएको हो । […]

वर्षाका कारण इपीएलमा हुने आजको खेल पनि स्थगित

काठमाडौँ, १२ असोज । एभरेष्ट प्रिमियर लिग क्रिकेट (ईपीएल) अन्तर्गतको मगंलबार हुने खेल वर्षाका कारण स्थगित भएको छ । आज पोखरा राइनोज र काठमाडौं किंग्स इलाभेनबीचको खेल वर्षा कारण स्थगित भएको हो । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा खेलका लागि दुवै टोली पुगे पनि ओसिलो आउट फिल्डका कारण खेल हुन ढिलाइ भएको थियो। तर, वर्षाका कारण […]

मलेसियाविरुद्ध नेदरल्यान्ड्स : वर्षाका कारण अवरुद्ध खेल पुनः सुरु

काठमाडौं। वर्षाका कारण अवरुद्ध मलेसिया र नेदरल्यान्ड्सविरुद्धको खेल पुनः सुरु भएको छ। १०८ रनको लक्ष्य पछ्याइरहेको मलेसियाले ६ ओभरमा विकेट नगुमाई ५६ रन बनाउँदा पानी परेपछि खेल केहीबेर रोकिएको थियो। यसअघि पहिलो इनिङ्‍मा पनि वर्षा भएपछि खेल केहीबेर रोकिएको थिए।

मलेसियाविरुद्ध नेदरल्यान्ड्स : वर्षाका कारण फेरि खेल अवरुद्ध

काठमाडौं। कीर्तिपुरमा जारी मलेसिया र नेदरल्यान्ड्सविरुद्धको खेल फेरि वर्षाका कारण अवरुद्ध भएको छ। दोस्रो इनिङ्सको छैटौं ओभर चलिरहँदा वर्षा भएपछि खेल अवरुद्ध भएको हो। वर्षाअघि १०८ रनको लक्ष्य पछ्याइरहेको मलेसियाले ६ ओभरमा विकेट नगुमाई ५६ रन बनाएको थियो। यसअघि पहिलो इनिङ्समा पनि वर्षा भएपछि खेल केहीबेर रोकिएको थिए। वर्षाकै कारण खेललाई निर्धारित २० ओभरबाट १३ ओभरमा छोट्याइएको छ।