चक्रवातका कारण भारत र बंगलादेशमा ठूलो क्षति, ११ लाखभन्दा बढी मानिसको उद्धार

नयाँ दिल्ली । पूर्वी भारत र छिमेकी बंगलादेशमा भारी वर्षा सहितको चक्रवातका कारण लाखौं मानिस प्रभावित भएका छन् । “यास” नामको उक्त आँधीका कारण बुधबार बिहानसम्म ११ लाखभन्दा बढी मानिसलाई सुरक्षित स्थलमा सारिएको अधिकारीहरुले बताएका छन् । प्रारम्भिक विवरणमा आँधीका कारण दुई जनाको मृत्यु भएको छ भने घरहरुमा व्यापक क्षति पुगेको छ । भारतका पूर्वी राज्यहरु पश्चिम बंगाल र उडिसामा शुरुवाती प्रभाव पारेको यो आँधी उत्तरतर्फ बढ्दै गएको छ ।  भारतीय मौसम विज्ञान विभागका अनुसार वर्षा स

सम्बन्धित सामग्री

नेपाल स्वास्थ्य पर्यटनको गन्तव्य बन्ने सम्भावना धेरै छ [अन्तरवार्ता]

नेपालमा ट्राभल मेडिसिनको सेवा दिने पहिलो अस्पताल हो सिवेक हस्पिटल एन्ड ट्राभल मेडिसिन सेन्टर । र, यसकी निर्देशक तथा सफल महिला उद्यमी हुन् डा. प्रतिभा पाण्डे । प्रस्तुत छ, नेपालमा ट्राभल मेडिसिन तथा स्वास्थ्य क्षेत्रका विषयमा केन्द्रित रहेर आर्थिक अभियानका प्रधान सम्पादक मदन लम्सालले डा. पाण्डेसँग गरेको कुराकानीको सार : सिवेक हस्पिटलको कसरी शुरू भयो ? यसबारे बताइदिनुस् न । पश्चिमा राष्ट्रका कूटनीतिज्ञ एवं दातृ निकायका प्रतिनिधिहरूको उपचार सेवा दिनेगरी सन् १९८२ मा क्लिनिकको रूपमा यसको स्थापना भएको हो । त्यतिबेला क्यानडाको वाटर प्रोजेक्ट नेपालमा आएको थियो । तत्कालीन समयमा नेपालमा उपचार सेवा सहज थिएन । सिवेकको स्थापनापछि लोन्ली प्लानेट (ट्रेकिङ गाइड)ले पनि नेपालमा उपचार गर्नु परेमा यहीँ जान सुझाउन थाल्यो । त्यसपछि यो क्लिनिकमा बाहिरका मानिस सेवा लिन आउन थाले । यसरी चलिरहेकै समय सन् १९९६ मा क्यानडा सरकारले ‘यो तिमीहरू आफै सञ्चालन गर’ भन्यो । त्यसपछि उनीहरूसँग जोइन्ट भेन्चर बनाएर सञ्चालन शुरू भएको थियो ।  १९९८ देखि मेरो जिम्मामा आयो । त्यसपछि हस्पिटलको रूपमा दर्ता गरेर सेवा बढाउँदै गएका छौं । अहिले आईसीयू अप्रेसन थिएटरमा २४ घण्टा आकस्मिक सेवा उपलब्ध छ । पोखरामा समेत यसको शाखा सञ्चालनमा छ । यो पूर्ण रूपमा निजी स्वामित्वको अस्पताल हो । अहिले हामीले ट्राभल मेडिसिन सेवा दिँदै आएका छौं । यसको सोच भने सन् १९९० तिर आएको थियो । यो हस्पिटलमा उपचारका लागि आउने बिरामी नेपाली पनि हुन्छन् ? के कस्तो सेवा दिने गर्नुभएको छ ?  पहिले पहिले ९० प्रतिशत विदेशी नै हुने गर्थे । तर कोरोनाको समयमा हामीले सबैलाई उपचार गर्‍यौं । अहिले २० प्रतिशत नेपाली आउँछन् । हामीकहाँ सबैखाले उपचार सेवा छ । बालबालिकादेखि वृद्धसम्मको उपचार हुन्छ । अस्पतालमा २५ शøया छन् भने आकस्मिक सेवामा चौबीसै घण्टा वरिष्ठ डाक्टर हुन्छन् । हाम्रा सबै डाक्टर तथा नर्स ट्राभलर्स हेल्थमा सर्टिफाइड छन् । मैले भने अमेरिकन बोर्ड अफ इन्टरनल मेडिसिनबाट पोस्ट ग्य्राजुएट (एमडी सरह) गरेको छु । म स्वास्थ्यकर्मी मात्र होइन, उद्यमी पनि हुँ । नेपालमा महिला उद्यमीको रूपमा काम गर्दा कस्तो खालको समस्या हुने रहेछ ? महिला भएकै कारण खास फरक हुन्छ जस्तो लाग्दैन । सरकारी होस् या बैंक जस्ता संस्था, मैले समस्या महसूस गरेको छैन । स्वास्थ्य क्षेत्रबाट सबैभन्दा बढी कर तिरेबापत लगातार ४ वर्ष सम्मानित भएका छौं । साधारण उपचार र खोपबाहेक पनि हामीले वार्षिक १२ हजार बिरामीलाई स्वास्थ्य सेवा दिँदै आएका छौं । तर काममा समस्या छैन भन्ने चाहिँ होइन । निजी अस्पतालले आर्थिक लाभले प्रेरित भएर भएर उपचार गर्छन् भनिन्छ । साथै, अनावश्यक परीक्षण गराउने गरेको गुनासो पनि आउँछ । वास्तविकता के हो ? अन्यत्र के हुन्छ भन्न सक्दिनँ । तर हामीकहाँ त्यस्तो कहिले पनि हुँदैन । सबै काम ट्र्याकिङ भएको हुन्छ । धेरै ठाउँमा एक्सरे, एमआरआई जस्ता परीक्षण गरेको पनि कमिशन आउँछ भनिन्छ । तर हामीले डाक्टरलाई कुनै किसिमको कमिशन दिँदैनौं । साथै अनावश्यक परीक्षण पनि गराउँदैनौं । अस्पतालका योजना के के छन् ? संस्थाको स्वास्थ्य सेवा क्षमता बढाउँदै जाने मुख्य योजना हो । अत्याधुनिक मेशिन ल्याएर सानो, तर सुविधासम्पन्न हस्पिटलको रूपमा विकास गर्दै छौं । यसलाई बुटिक हस्पिटलकै रूपमा विकास गर्ने सोच छ । पोखराको अस्पतालमा पनि सेवासुविधा र क्षमता बढाउनुपर्ने छ । हाल भएको स्थानमा विस्तार गर्न सकिने अवस्था छैन । पोखरामै हामीले २ रोपनी जग्गा लिएका छौं । त्यहाँ अस्पताल निर्माण गर्दै छौं । काठमाडौंकै अस्पताललाई समेत विस्तार गर्ने योजना छ । सोहीअनुसार केही जग्गा खरीद गरिएको छ । नेपालमा आएका वा भएका विदेशीलाई स्वास्थ्य सेवा दिँदै आउनुभएको छ । नेपालमा स्वास्थ्य पर्यटन बढाउन कत्तिको सम्भव देख्नुहुन्छ ? यसबारे मैले पनि विभिन्न मञ्चहरूमा कुरा राखिसकेकी छु । अहिले हामी नेपालमा आएका विदेशीको उपचार नेपालमै गर्न धेरै हदसम्म सफल भएका छौं । हस्पिटलका सेवासुविधा आधुनिक र स्तरीय छन् । तत्कालीन अवस्थामा पश्चिमा मुलुकको स्तरको स्वास्थ्य सेवा दिने संस्था हामी मात्र थियौं । अहिले धेरै छन् । सबैमा उच्चस्तरीय सेवासुविधा छन् । धेरै स्वास्थ्य समस्याको उपचार नेपालमै हुन्छ । तर पनि उपचारका लागि बैंकक, सिंगापुर जान्छु भन्नेहरू पनि छन् । किनकि हाम्रोमा दुईओटा कुरामा कमी छ । पहिलो, नेपालमा संक्रमण दर अलि बढी छ । अर्को, रगत आपूर्ति पनि सहज छैन । यी दुई कुरामा मानिस विश्वस्त हुन सकेका छैनन् । तर नेपालमा स्वास्थ्य पर्यटन छैन वा यसको सम्भावना भन्ने होइन । नेपालमा आँखा उपचार राम्रो छ । आँखा उपचारका लागि छिमेकी मुलुकबाट धेरै आउने गरेका छन् । यस्तै मध्यपूर्वका मानिस आएर दन्त शल्यक्रिया लगायत उपचार सेवा लिने गरेका छन् । तर हुनेखाने विदेशी नै नेपाल आएर उपचार गराउँछन् भन्न अझै केही समय कुर्नुपर्छ । तपाईंले हिमालयन रेस्क्यू एशोसिएनमा रहेर पनि काम गर्नुभयो । केही समयअघि पर्यटकको उद्धार कार्यमा बदमासी भयो भन्ने कुरा आएको थियो । देशकै छवि बिग्रियो पनि भनिएको छ । यसबारे के भन्नुहुन्छ ? धेरैजसो उद्धार खुम्बु क्षेत्रबाट हुने गरेको छ । किनकि त्यहाँ धेरै बिरामी पर्ने गर्छन् । त्यहाँ हाई अल्टिच्युडको समस्या पनि हुन्छ । यो समस्या पहिलेदेखि नै थियो । उद्धारका लागि जसले हेली बोलायो, उसलाई ३०० देखि ६०० डलरसम्म दिने चलन थियो । त्यो बिस्तारै बढ्दै गयो । पछि झन् अनेकौं विकृति आए । यसमा अस्पतालको स्वार्थको द्वन्द्व (कन्फ्लिक्ट अफ इन्ट्रेस्ट) पनि हुन्छ । जस्तै, एउटै व्यक्तिले शेयर ट्राभल, हेली र हस्पिटलमा लगानी गर्‍यो भने के हुन्छ ? एकै व्यक्ति वा संस्थाले एउटै प्रकृतिका तीनओटा सेवा दिने व्यवसाय गर्न नपाइने हो । नेपालमा एउटै कम्पनीले रेडियो, टेलिभिजन र प्रिन्ट मिडिया चलाउन पाउँछ । तर विदेशमा पाइँदैन । नेपालमा हेली, ट्राभल र हस्पिटल तीनओटैमा शेयर हुनु गैरकानूनी होइन । तर यसबाट उत्पन्न विकृति सतहमै आयो । यसमा सबै मिलेका छन् । पर्यटक पनि सामेल छ । यसको समाधानका लागि यस्तो स्वार्थको द्वन्द्व हुन दिनु भएन । स्वास्थ्य क्षेत्रमा डाक्टर लगायत जनशक्तिको उपलब्धता कस्तो छ ?  काठमाडौंमा खासै अभाव भएजस्तो लाग्दैन । तर पोखरामा विशेषज्ञ डाक्टर धेरै कम भएजस्तो लाग्छ । किनकि त्यहाँका विशेषज्ञ एकदम व्यस्त हुन्छन् । त्यसको अर्थ पर्याप्त छैनन् भन्ने लाग्छ । पोखरामै यस्तो छ भने अन्य स्थानमा कस्तो होला ? अमेरिका, अष्ट्रेलिया, जापान लगायत मुलुकले नेपालबाट नर्स लगिरहेका छन् । बेलायतले पनि लैजाने तयारी गरेको छ । यसले त झन् स्वास्थ्य सेवामा जनशक्तिको अभाव नै हुने देखेको छु । यसमा हाम्रै कमजोरी छ । किनकि हामीले नेपालमा नर्सलाई राम्रो तलब सुविधा दिएका छैनौं । कतिपयले नसकेर नगरेको होलान्, कतिपयले नचाहेर नगरेको होलान् । तर जे होस्, स्वास्थ्य क्षेत्रका जनशक्ति पलायन हुनुमा प्रमुख कारण श्रमको उचित कदर नहुनु नै हो । ठूला हस्पिटलले नै १२/१५ हजारमा १२ घण्टा काममा लगाएका छन् । विदेश जान सजिलो हुन्छ भनेर नर्सहरू अनुभवका लागि मात्र अहिले यहाँका हस्पिटलमा काम गरिरहेका छन् । जस्तै, अष्ट्रेलिया जान चाहने नर्सका लागि १०० शøयाको हस्पिटलमा काम गरेको अनुभव हुनुपर्ने रहेछ । त्यसैले नर्सले थोरै पैसामै काम गरिरहेका छन् । यसरी बाहिर जान दिनु राम्रो हो ? कसरी रोक्ने ? पहिले यस्तो गर्न पाइँदैनथ्यो । मैले डाक्टर भएकाले जान नपाउने भएकाले हाउसवाइफ भनेर पासपोर्ट बनाएकी थिएँ । अहिले त कसैलाई पनि कडाइ गरिएको छैन । तर अब रोक्नेभन्दा पनि उता बसेकालाई कसरी फर्काउने भन्ने सोच्नुपर्छ । यस क्षेत्रका समस्या के हुन् ?  पहिलो त नेपालीको आम्दानी पनि कमजोर छ । नेपालमा मानिसले स्वास्थ्य सेवामा गर्ने खर्च र आम्दानीबीच धेरै विषमता देखिन्छ । सरकारी अस्पतालमा धेरै सेवा नि:शुल्क गर्ने भनिएको छ । तर मानिस किन निजीमा गएका छन् भन्नेतर्फ सरकारले ध्यान दिएको छैन । अन्य अस्पतालले पनि १० प्रतिशतसम्म नि:शुल्क गर्छौं भनेका छन् । त्यो पनि कार्यान्वयनमा ल्याउन सक्नुपर्‍यो । नि:शुल्क भनिएको औषधि समेत बिरामीले नि:शुल्क पाएका छैनन् भने त्यसलाई कडाइका साथ लागू गर्नुपर्‍यो । महिला उद्यमीलाई कामको व्यवस्थापनमा समस्या हुने गरेको कुरा उठ्ने गर्छ । यसलाई कसरी व्यवस्थापन गर्न सकिन्छ ? हो, प्राय: महिला उद्यमीलाई घरायसी काम र अफिसको कामको व्यवस्थापनमा गाह्रो भएको भन्ने छ । तर हाम्रै कार्यालयमा हेर्ने हो भने महिला नै धेरै हुनुहुन्छ । नर्सकै कुरा गर्ने हो भने ठूलो संख्यामा हुनुहुन्छ । उहाँहरूले परिवारको व्यवस्थापनदेखि धेरै जिम्मेवारी पूरा गर्नुपर्ने हुन्छ । घरमा बच्चा वा सासु ससुरा बिरामी हुँदा छुट्टी लिएरै भए पनि महिलालाई नै खटिनुपर्छ । यस्ता खाले समस्या ठूलो छ । त्यसैले उनीहरूले पाउने सुविधामा पुनरवलोकन गरेर वा आवश्यकता अनुसार पार्ट टाइम मिलाएर काम गराउँछौं । हरेक कार्यक्षेत्रमा यस्तो व्यवस्था हुनुपर्छ । किनकि महिलालाई धेरै नै समस्या छ । उद्यमीको हिसाबले हेर्दा महिलाले अलि बढी नै काम गर्नुपर्छ । त्यसैले उनीहरूलाई समय र कामको व्यवस्थापन सहज बनाइदिनु एकदमै आवश्यक छ । अर्को कुरा, महिला उद्यमी र हालको महिला उद्यमीमा पनि धेरै परिवर्तन भएको छ । अधिकांश महिला उद्यमी प्रविधिसँग जोडिएका छन् । अनलाइन प्लेटफर्मबाट व्यवसाय गर्नेदेखि हिसाबकिताब राख्नेसम्मको ज्ञान बढेको छ । सूचना तथा सञ्चारको सुलभ पहुँचले पनि उनीहरूको काममा टेवा पुगेको छ । तर पनि अपेक्षित विकास भइसकेको छैन । महिला जागरण र सशक्तीकरणमा धेरै काम गर्नै बाँकी छ । अझै पनि छाउपडी, बोक्सी, झाँक्री जस्ता कुप्रथा कायमै छन् । महिला नेतृत्व एकदमै कम छ । राजनीतिक नेतृत्वमा पनि महिला पछाडि नै छन् । महिला आरक्षणका कुरा त छ । तर त्यो पूर्ण रूपमा लागू भएको पाइँदैन । तर पनि आशा गने ठाउँ भने छ । नीति निर्माण र नेतृत्व तहमा बिस्तारै महिला सहभागिता बढ्न थालेको छ । पहिले र अहिले नेपालको स्वास्थ्य क्षेत्रमा के फरक पाउनुभएको छ ? धेरै परिवर्तन भइसकेको छ । नेपालको स्वास्थ्य क्षेत्र धेरै अघि बढिसकेको छ । सीमित सेवासुविधाबाहेक विदेशका स्तरीय स्वास्थ्य संस्थामा पाइने सेवा यहीँ उपलब्ध छ । नेपालमा रोबोटिक सर्जरी आइसकेको छैन । तर त्यो पनि सम्भव छ । कलेजो, मिर्गौलालगायतको सहज उपचार हुने गरेको छ । बोनम्यारो ट्रान्सप्लान्ट हुन थालेको छ । क्यान्सरको उपचार सेवा पनि राम्रो छ । तैपनि भारत लगायत बाहिर उपचारका लागि जाने लहर पनि छ । नेपालमा क्यान्सरको उपचार सेवामा विश्वास बढ्दै गएको छ । यसमा अहिले निजीक्षेत्रले धेरै राम्रो काम गरिरहेको छ । उद्यममा आउन चाहने महिलालाई के भन्नुहुन्छ ? महिलाहरू आर्थिक रूपले पनि सबल र स्वतन्त्र हुनुपर्छ । खर्चका लागि परिवारको भर पर्ने वा कसैको आशा गर्ने होइन, स्वयं आत्मनिर्भर हुनुपर्छ । त्यसका लागि काम गर्नुपर्‍यो । सकेसम्म आफ्नै उद्यम व्यवसाय गर्न सके राम्रो, नभए पनि आफ्नो शीप र क्षमताअनुसार आम्दानी हुने काम गर्नुपर्‍यो । के गर्दा आफ्ना लागि राम्रो हुन्छ, केमा रुचि छ, त्यो काम गर्नुपर्छ । आर्थिक रूपमा आत्मनिर्भर हुन लगनशीलता एकदमै जरुरी छ । यसैगरी कामप्रतिको लगाव, शीप सिक्ने इच्छा, मेहनत र जाँगर नभई नहुने कुरा हुन् ।

मानव तस्करी रोक्न नेपाल-भारतको साझा प्रयासमा जोड

नेपालबाट भारतमा तथा भारत हुँदै तेस्रो मुलुकमा मानव तस्करी भइरहेका छन् । प्रहरी वा संघ संस्थाले उद्धार गर्दा सीमित घटना सार्वजनिक पनि हुन्छन् । उद्धार गरिएका भन्दा धेरै ठूलो संख्यामा नाबालिग तथा युवा युवतीको अवैध तस्करी निरन्तर भइरहेका छन् ।

चितवनमा गैँडा स्थानान्तरण गर्नका लागि अध्ययन शुरु

चैत ८, चितवन । दुर्लभ एक सिङ्गे गैँडा स्थानान्तरणका लागि अध्ययन शुरु गरिएको छ । चितवन राष्ट्रिय निकुञ्जमा आन्तरिक र बाह्य गैँडा स्थानान्तरणका लागि अध्ययन थालिएको हो । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले उपमहानिर्देशक बेदकुमार ढकालको संयोजकत्वमा अध्ययन समिति बनाएको छ । यो समितिले गैँडासँगै बाह्रसिङ्गे स्थानान्तरणका लागि अध्ययन गर्ने छ । कृष्णसार स्थानान्तरणका लागि अध्ययन गरी प्रतिवेदन तयार भइसकेको छ । अर्ना स्थानान्तरणको अध्ययनसमेत गरिने छ । अध्ययन समितिका संयोजक ढकालका अनुसार चितवन राष्ट्रिय निकुञ्जमा पश्चिममा गैँडाको संख्या धेरै रहेको छ । ती गैँडामध्ये केहीलाई पूर्व स्थानान्तरणका लागि अध्ययन थालिएको हो । कोसीटप्पु राष्ट्रिय निकुञ्जमा चितवनको गैँडा लैजाने विषयमा अध्ययन थालिएको हो ।  विभागले ढकालको संयोजकत्वमा चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्य, कोसीटप्पु राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र खतिवडा, इकोलोजिष्ट गणेश पन्त, राष्ट्रिय प्रकृति संरक्षण कोषका नरेश सुवेदी, जेडएसएलका भगवानराज दाहाल, विश्व वन्यजन्तु कोषका कञ्चन थापा र सहायक इकोलोजिष्ट हेमराज आचार्य रहेको अध्ययन समिति बनाएको छ । समितिले चितवन र कोसीटप्पुको पहिलो चरणको अध्ययन गरेको छ । ढकालको भनाइमा कोसीटप्पु, बर्दिया र शुक्लाफाँटामा गैँडा स्थानान्तरणको विषयमा अध्ययन भइरहेको छ । विज्ञ समूहहरु पठाएर थप अध्ययन गरिने उनको भनाइ छ । बर्दियामा ३८ र शुक्लाफाँटामा १७ ओटा गैँडा रहेका छन् । चितवन राष्ट्रिय निकुञ्जमा ६९४ गैँडा छन् । पर्सा राष्ट्रिय निकुञ्जमा तीन ओटा गैँडा छन् । चितवन र पर्सा जोडिएकाले गैँडा यताउता गरिरहने हुँदा गैँडाको संख्या घटबढ हुने गर्दछ । पछिल्लो गणनामा देशभरका यी निकुञ्जमा कुल गैँडाको संख्या ७५२ पुगेको छ । ढकालले तीन/चार महीनामा अध्ययन पूरा गरेर विभागमा प्रतिवेदन बुझाउने बताए । यो वर्ष अध्ययनमा समय लाग्ने भएकाले आउँदो वर्र्ष स्थानान्तरण गर्न सकिने उनको भनाइ छ । गैँडा स्थानान्तरण गर्न हिउँद पर्खनुपर्छ । विगतमा कोसीमा गैँडा रहेको भन्दै उनले त्यो ठाउँ गैँडाका लागि उपयुक्त हुनसक्ने बताए ।  यससँगै गैँडाको बासस्थान विस्तारमा यो महत्वपूर्ण हुन सक्छ । चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत आचार्य निकुञ्जको पश्चिमी क्षेत्रमा जोखिममा रहेका गैँडा आन्तरिकरुपमा स्थानान्तरण गर्नुपर्ने देखिएकाले अध्ययन थालिएको बताउँछन् । विसं २०७४ मा बाढीका कारण धेरै गैँडा बगेर भारत पुगेका थिए । केही गैँडा उद्धार गरी फिर्ता ल्याए पनि अरु केही ल्याउन सकिएको छैन । आचार्यले एकै ठाउँमा धेरै गैँडा हुँदा प्राकृतिक कारणले मर्ने क्रमसमेत बढेको बताए । उनको भनाइमा बासस्थानको बिस्तार गरी केही गैँडा पूर्व ल्याउन सकेमा उपयुक्त हुन्छ । अध्ययन समितिले यो विषयमा विस्तृतरुपमा अध्ययन गर्दैछ । घाँसे मैदान र पानीका स्रोत व्यवस्थापन गरी गैँडा पूर्व लैजान लागिएको हो । निकुञ्जमा गैँडाको संख्या बढ्दै जाने तर बासस्थानको व्यवस्थापन संख्याको आधारमा गर्न नसक्दा समस्या देखिएको छ । विभागका महानिर्देशक डा रामचन्द्र कँडेलले समितिले प्रतिवेदन दिएपछि मन्त्रालयले आवश्यक निर्णय गर्ने बताए । उनले भने, ‘सम्भवगत अर्को वर्ष स्थानान्तरण गर्ने गरी अध्ययन यो वर्ष सकिन्छ ।’ गैँडा, अर्ना, बाह्रसिङ्गे र कृष्णसार स्थानान्तरण गर्नका लागि अध्ययन थालिएको उनले बताए ।  पूर्वी चितवनको टिकौलीमा कृष्णसार ल्याउनका लागि अध्ययन गरी समितिले प्रतिवेदन दिइसकेको छ । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको हीरापुर फाँटा र बर्दियाको कृष्णसार संरक्षण क्षेत्र खैरापुरबाट कृष्णसार ल्याउन, कोसीटप्पु राष्ट्रिय निकुञ्जबाट अर्ना ल्याउन र शुक्लाफाँटाबाट बाह्रसिङ्गे ल्याउनका लागि अध्ययन शुरु गरिएको हो । पूर्वी चितवनको टिकौली चौरमा कृष्णसार ल्याउनका लागि यसअघि नै अध्ययन गरिसकिएको छ । सो ठाउँमा १६ देखि १८ ओटा कृष्णसार ल्याउन सकिने गरी अध्ययन गरेर प्रतिवेदन बुझाईसकिएको छ । खुल्ला खोर (पूर्वाधार) निर्माण गरी कृष्णसार ल्याउन सकिने अध्ययनले देखाएको छ । ‘सोलार फेन्स’ गरेर बीचको भागमा माटाका थुप्रा बनाउनुपर्ने हुन्छ । सर्वसाधारणले अवलोकन गर्नसक्ने गरी स्थानान्तरण उपयुक्त हुने अध्ययन प्रतिवेदनमा उल्लेख छ । निकुञ्जमा यसअघि ल्याइएका सात ओटा बाह्रसिङ्गेमध्ये ६ ओटा  मरिसकेका छन् । तत्कालीन समयमा दुई भाले र पाँच पोथी बाह्रसिङ्गे शुक्लाफाँटाबाट ल्याइएको थियो । निकुञ्जको पुरानो पदमपुर क्षेत्रमा बनाइएको खुल्ला खोरमा अर्नासँगै बाह्रसिङ्गे राखिएको थियो । सो खोरमा हाल तीनओटा अर्ना रहेका छन् । तत्कालीन समयमा कोसीटप्पुबाट १३ ओटा र सदर चिडियाखानाबाट दुई ओटा अर्ना ल्याइएको थियो । ल्याइएका अर्ना मरेर तीन ओटा बच्चा मात्रै बाँकी रहेका छन् । ती यही जन्मिएका बच्चा हुन् । ठूलो संख्यामा अर्ना ल्याएर वर्षाको समयमा बथानमा खुल्ला छोड्ने गरी अर्ना स्थानान्तरणको योजना बनाइएको छ । बर्सातको समयमा एकै ठाउँमा राख्दा समस्या देखिएपछि हिउँदमा केही समय खोरमा राखेर छाड्ने गरी स्थानान्तरण गर्ने योजना बनाइएको हो । एकै ठाउँमा वन्यजन्तु रहँदा कुनै महामारी रोगव्याधि भएमा वंश विनाश हुनसक्ने भएकाले विभिन्न ठाउँमा स्थानान्तरण गर्न लागिएको कँडेलले जानकारी दिए । यसअघि यहाँबाट दुर्लभ एकसिङ्गे गैँडा बर्दिया र शुक्लाफाँटा स्थानान्तरण गरिएको थियो । रासस

युक्रेनमा रहेका नेपाली नागरिकको उद्धारका लागि के गर्दै छ नेपाल सरकार?

युक्रेनमा सङ्कट गहिरिएसँगै परराष्ट्र मन्त्रालयले उक्त देशमा रहेका नेपाली नागरिकहरूको 'विवरण लिन थालिएको र घटनालाई नजिकबाट नियालिरहेको' बताएको छ।पूर्वी युक्रेनस्थित पृथक्तावादीहरूको पकड रहेका दुई वटा क्षेत्रलाई रुसले राज्यका रूपमा मान्यता दिएसँगै त्यहाँको सङ्कट थप गहिरिएको हो।ती क्षेत्रलाई स्वतन्त्र राज्यको मान्यता दिँदै रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्ना सेनालाई युक्रेनी भूमिमा प्रवेश गर्न आदेश दिएका छन्।रुसी कदमको अमेरिका र युरोपेली देशहरूसहित पश्चिमा शक्तिले आलोचना गरेका छन्।यस्तो अवस्थामा युक्रेनमा जुनसुकै बेला ठूलो युद्ध हुनसक्ने भन्दै त्यहाँ रहेका नेपाली नागरिकहरू 'त्रसित अवस्थामा बसेको' बीबीसीको सम्पर्कमा आएका युक्रेनस्थित नेपाली विद्यार्थीले बताएका छन्।परराष्ट्र मन्त्रालयको भनाइयुक्रेनमा रहेका नेपालीबारे चिन्ता व्यक्त भइरहेका बेला त्यहाँ रहेका नेपालीहरूको यकिन विवरण लिन थालिएको परराष्ट्र मन्त्रालयको भनाइ छ।परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले बीबीसीसँग भनिन्, 'यसको बारेमा हामी जानकार छौँ। घटनालाई हामीले नजिकबाट नियाली रहेका छौँ।''युक्रेन हेर्ने जर्मनीस्थित दूतावासलाई पत्राचार गरेर हामीले कति नेपाली छन् भनेर बुझेका पनि छौँ।'जानकार अधिकारीहरूका भनाइमा युक्रेनमा धेरै ठूलो सङ्ख्यामा नेपालीहरू रहेका छैनन्।त्यहाँ स्थायी हिसाबले बसोबास वा व्यवसाय गर्ने नेपालीहरू निकै कम छन्।तर चिकित्सासहित व्यवस्थापन सङ्कायमा अध्ययन गर्न गएका विद्यार्थीको सङ्ख्या भने उल्लेख्य रहेको बताइन्छ।त्यस्तै युरोपका अन्य देश वा अमेरिका जानका लागि युक्रेनलाई ट्रान्जिट बनाएर बसेका केही नेपाली पनि रहेको जानकारी आएको अधिकारीहरूको भनाइ छ।जर्मनीस्थित दूतावासले युक्रेनमा रहेका एक सयभन्दा बढी नेपालीको विवरण लिएको बताइएको छ।नेपालीहरूलाई उद्धार गर्नुपर्ने अवस्था आए त्यसका लागि सहजीकरण गर्न गैर आवासीय नेपाली सङ्घ लगायतका संस्थाहरूसँग पनि कुराकानी गरिएको प्रवक्ता लम्सालको भनाइ छ।'हामी त्रासमा बाँचिरहेका छौँ'युक्रेनको राजधानी किएभस्थित इन्टरन्याशनल युरोपियन युनिभर्सिटीमा व्यवस्थापनमा स्नातक अध्ययनरत एक जना नेपाली विद्यार्थीले 'आफूहरू त्रासमा बाँचिरहेको' बताएका छन्।नेपालको पोखरा घर भएका लोकेश मगरले टेलिफोनमा बीबीसीसँग कुराकानी गर्दै भने, 'अहिले हामी विदेशी विद्यार्थीहरू त्रासपूर्ण अवस्थामा बसिरहेका छौँ। फ्रान्स, इटली, ब्रजिलजस्ता देशका साथीहरू गइसके। भारतका पनि जान लागेका छन्। अहिले अवस्था निकै त्रासपूर्ण छ।'उनका भनाइमा रुसले युक्रेनमाथि हमला गर्छ भन्ने हल्ला भएपछि विदेशी विद्यार्थीहरूसहित उनले पनि किएभ छाडेका थिए।किएभ छाडेर केही दिन युक्रेनको पश्चिमी सहर लीभीभमा गएर बसेपछि दुई दिनअघि मात्र आफू किएभ फर्किएको उनको दाबी छ।त्यस्तै पूर्वी युक्रेनको विवादित क्षेत्र नजिकका सहरमा अध्ययनरत नेपाली विद्यार्थीहरू पनि अहिले राजधानी किएभ र पोल्यान्ड नजिकैको लीभीभ सहरतर्फ सरेको आफूले थाहा पाएको उनको भनाइ छ।किएभका स्थानीय ठूला व्यापारीहरूले देशै छाडेको खबरहरू आएको मगरले बताए। युक्रेनका नागरिकमा पनि त्रास देखिएको र अवस्था सामान्य जस्तो नलाग्ने उनले जानकारी दिए।आफू जर्मनीस्थित नेपाली दूतावासको नियमित सम्पर्कमा रहेको र आवश्यक पर्दा उद्धार हुन्छ भन्ने आश्वासन पाएको उनले बताए।पूर्वोत्तर युक्रेनको खर्किभ सहरस्थित खर्किभ पोलिटेक्निक इन्स्टिट्युटमा इन्जिनियरिङमा स्नातक गरिरहेका र हाल किएभमा रहेका अर्का नेपाली विद्यार्थीले चाहिँ 'अवस्था खासै खतरनाक नभएको' बताए।बीबीसीसँगको टेलिफोन कुराकानीमा लमजुङ घर भएका किशोर थापाले भने, 'अहिले नै अवस्था धेरै खराब भएको छैन। त्यस्तो अवस्था आयो भने सरकारले पक्कै उद्धार गर्ला।'उनका भनाइमा कतिपय नेपालीहरूले चाहिँ त्रासका कारण मध्यपूर्वका देशहरू हुँदै नेपाल फर्कन थालेका छन्।केही साथीहरूले चाहिँ दुबईको भिसा लगाएर गए तर यहाँ पनि भारत र पाकिस्तानबीच कश्मीरमा भएजस्तै त हो,' उनले भने, 'अहिलेसम्म खतरा महसुस गरेका छैनौँ।' -बिबिसीबाट

चक्रवातका कारण भारत, बंगलादेशमा ठूलो क्षति, ११ लाखभन्दा बढी मानिसको उद्धार

पूर्वी भारत र छिमेकी बंगलादेशमा भारी वर्षा सहितको चक्रवातका कारण लाखौं मानिस प्रभावित भएका छन् ।“यास” नामको उक्त आँधीका कारण बुधबार बिहानसम्म ११ लाखभन्दा बढी मानिसलाई सुरक्षित स्थलमा सारिएको अधिकारीहरुले बताएका छन् । प्रारम्भिक विवरणमा आँधीका कारण दुई जनाको मृत्यु भएको छ भने घरहरुमा व्यापक क्षति पुगेको छ ...

कुवेत लैजान लागिएका दुई युवतीको उद्धार, विचाैलिया पक्राउ

२१ कात्तिक, कपिलवस्तु । कुवेतमा ठूलो रकम कमाउन सकिने भनी विभिन्न प्रलोभनमा पारी भारत हुँदै कुवेत लैजानका लागि दुई युवतीलाई सीमा पार गराउन लागेका एक विचौलियालाई प्रहरीले मंगलबार पक्राउ गरेको छ । पक्राउ परेका राजापुर-१ बर्दिया बस्ने ३५ वर्षीय कृष्णप्रसाद रेग्मीमाथि मानव बेचबिखन तथा ओसारपोसारविरुद्ध मुद्दा चलाइएको इलाका प्रहरी कार्यालय कृष्णनगरका प्रहरी निरीक्षक …