बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिलाई मध्यरातमा अर्थ मन्त्रालय बोलाएर करका दर हेरफेर गरेको आरोप लागेसँगै जनार्दन शर्माले अर्थमन्त्रीबाट राजीनामा दिनुभएको छ । देश र नागरिकमाथिकै गम्भीर अपराध भएको भन्दै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले चर्को विरोध गरेपछि शर्मामाथि छानबिन गर्न संसदीय विशेष समिति बनेको छ । समितिले काम गरिरहेको छ । समितिले अहिलेसम्म अर्थ मन्त्रालयका सचिवहरू, सहसचिवहरू, बजेट निर्माणमा संलग्न कर्मचारी, आन्तरिक राजस्व विभाग र भन्सार विभागका महानिर्देशकसँग बयान लिइसकेको छ । समाचार पहिलो पटक सार्वजनिक गर्ने दुई जन...