धुर्कोट गाउँपालिकाको अध्यक्षमा गठबन्धनबाट कांग्रेसका महेन्द्र भण्डारी उम्मेदवार

बुटवल : गुल्मीको धुर्कोट गाउँपालिकाको अध्यक्षका लागि सत्तारूढ गठबन्धनबाट नेपाली कांग्रेसका नेता महेन्द्र भण्डारी उम्मेदवार बन्ने भएका छन्। गाउँपालिका अध्यक्षका लागि नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले आ–आफ्नै अडान लिएपछि निर्णयको लागि लुम्बिनी प्रदेश गठबन्धन संयन्त्रलाई अध्यक्ष छान्ने अधिकार दिइएको थियो। नेपाली कांग्रेस लुम्बिनी प्रदेशका उपसभापति भुवन प्रसाद श्रेष्ठले धुर्कोटमा…

सम्बन्धित सामग्री

धुर्कोट क्याम्पसमा निःशुल्क कम्युटर शिक्षा

गुल्मी । गुल्मीको धुर्कोट गाउँपालिका–०५ वस्तुमा रहेको धुर्कोट परमानन्द भण्डारी बहुमुखी क्याम्पसमा निःशुल्क कम्युटर शिक्षा संचालन हुने भएको छ । क्याम्पसको संचालक समिति बैठकले क्याम्पसमा अध्ययन गर्ने विद्यार्थीहरुलाई निःशुल्क कम्युटर शिक्षा प्रदान गर्ने निर्णय गरेको हो । हाल क्याम्पसमा कुल नौ वटा कम्युटर रहेका छन् । आगामी पौष ७ गतेबाट बिहान ९ः३० देखि ११ः३० सम्म […] The post धुर्कोट क्याम्पसमा निःशुल्क कम्युटर शिक्षा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

गुल्मीको धुर्कोट गाउँपालिका र भरतपुर महानगरबीच भगिनी सम्बन्ध स्थापना

बुटवलः गुल्मीको धुर्कोट गाउँपालिका र चितवनको भरतपुर महानगरपालिकाबीच भगिनी सम्बन्ध स्थापना भएको छ। शनिबार धुर्कोट गाउँपालिका प्रमुख भुपाल पोखरेल र भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले औपचारिक रूपमा समझदारी पत्रमा हस्ताक्षर गरी भगिनी सम्बन्ध स्थापना गरेका हुन्।  दुई स्थानीय तहबीच मुख्य धार्मिक तथा पर्यटकीय स्थलहरुको महत्व र विशेषताका आधारमा प्रचारप्रसार गर्ने,…

गुल्मीको धुर्कोट गाउँपालिका अध्यक्षमा माओवादी र उपाध्यक्षमा एमालेकाे जित

गुल्मी – गुल्मीको धुर्कोट गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्रका भुपाल पोखरेल र उपाध्यक्षमा एमालेका सीता गिरि विजयी हुनुभएको छ । अध्यक्षमा माओवादीका उम्मेदवार पोखरेलले ६ हजार ८९ मत र उहाँका प्रतिस्पर्धी कांग्रेसका महेन्द्रप्रसाद भण्डारीले चार हजार दुई सय ६१ मत प्राप्त गर्नुभएको छ । यस्तै उपाध्यक्षमा एमालेका सीत गिरिले ६ हजार एक र उहाँका प्रतिस्पर्धी नेकपा एकीकृत समाजवादीका चन्द्रबहादुर सुनारले तीन हजार चार सय ८८ मत प्राप्त गर्नुभएको छ । सात वटा वडामध्ये ६ वटा वडामा एमाले र एउटा वडामा कांग्रेसले वडाध्यक्ष ...

धुर्कोट –१ मा एमाले–माओवादीको प्यानल नै विजयी

गुल्मी । धुर्कोट गाउँपालिका वडा नम्बर १ नयाँगाउँमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रको प्यानल नै विजयी भएको छ । गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रका चेतमान कुँवर एक हजार सात मतका साथ वडाध्यक्षमा निर्वाचित भए । उनका प्रतिद्धन्द्धी नेपाली काँग्रेसका कमल थापाले ५६२ मत ल्याएका छन् । अघिल्लो निर्वाचनमा थापा वडाध्यक्ष हुँदा उनकै प्यानलबाट कुँवर […] The post धुर्कोट –१ मा एमाले–माओवादीको प्यानल नै विजयी appeared first on राजधानी राष्ट्रिय दैनिक.

गुल्मीको धुर्कोट गाउँपालिका अध्यक्षमा कांग्रेसबाट महेन्द्रप्रसाद भण्डारी सिफारिस

बुटवल– नेपाली कांग्रेस गुल्मीको धुर्कोट गाउँपालिकाले अध्यक्षको उम्मेदवार सिफारिस गरेको छ। बुधबार बसेको गाउँपालिकाको बैठकले नेपाल विद्यार्थी संघका पूर्व केन्द्रीय उपाध्यक्ष एवं महाधिवेशन प्रतिनिधि महेन्द्रप्रसाद भण्डारीलाई कांग्रेसको तर्फबाट सर्वसम्मत उम्मेदवारको रूपमा चयन गरेको पालिका सभापति हरिबहादुर थापाले बताए। ‘महेन्द्र भण्डारीले कांग्रेसका निम्ति आफ्ना व्यक्तिगत अवसर गुमाउनुका साथै धुर्कोटको समग्र विकासमा उहाँले दिएको चासो र चिन्ताका […]

गुल्मीको धुर्कोट कार्यसम्पादनमा लुम्बिनी प्रदेशकै उत्कृष्ट गाउँपालिका

बुटवल : प्राकृतिक स्रोत तथा वित्त आयोगले गरेको कार्यसम्पादन मूल्यांकनमा गुल्मीको धुर्कोट गाउँपालिका देशकै उत्कृष्ट ५ गाउँपालिकामध्ये तेस्रो नम्बरमा परेको छ। आयोगले तयार पारेका १७ सूचकमा मूल्यांकन गर्दा ७६.५४ अंक प्राप्त गर्दै धुर्कोट गाउँपालिका उत्कृष्ट तीनमा र लुम्बिनी प्रदेशमा पहिलो भएको हो। धुर्कोट गाउँपालिका अध्यक्ष भुपाल पोखरेलले स्थानीय जनता, कर्मचारी,…

गुल्मीको धुर्कोट गाउँपालिका लुम्बिनी प्रदेशकै उत्कृष्ट

गुल्मीको धुर्कोट गाउँपालिका देशकै उत्कृष्ट ५ गाउँपालिकामध्ये तेस्रो नम्बरमा परेको छ । प्राकृतिक स्रोत तथा वित्त आयोगले गरेको कार्यसम्पादन मूल्यांकनमा धुर्कोट गाउँपालिका देशकै उत्कृष्ट तीन नम्बरमा परेको हो । यस्तै लुम्बिनी प्रदेशको सर्वोत्कृष्ट बनेको छ । आयोगले तयार पारेका १७ सूचकमा मूल्यांकन गर्दा ७६.५४ अंक प्राप्त गर्दै धुर्कोट उत्कृष्ट तीनमा परेको हो भने  लुम्बिनी प्रदेशमा पहिलो उत्कृष्ट गाउँपालिकाको मुुल्याङ्नमा परेको हो ।सम्बन्धित स्थानीय तह र निकायबाट प्राप्त तथ्यांक समेतको आधारमा

धुर्कोट गाउँपालिका खरका छानामुक्त गाउँपालिका घोषण

गुल्मी : धुर्कोट गाउँपालिका पहिलो खरको छानामुक्त गाउँपालिका घोषण भएको छ। गाउँपालिकाभित्र रहेका एक हजार २४५ घरधुरीमा जस्तापाता लगाई खरका छानामुक्त गाउँपालिका घोषण गरिएको गाउँपालिकाका अध्यक्ष भुपाल पोखरेलले जानकारी दिए।योसँगै गुल्मीको धुर्कोट पहिलो खरका छानामुक्त गाउँपालिका घोषण भएको छ। खरका छानामुक्त गाउँपालिका घोषण भएसँगै आगलागीका घटनामा कमी आउने र मनसुनजन्य क्षतिबाट बच्न सकिने गाउँपालिकाका अध्यक्ष पोखरेलले बताए।नागरिक सुरक्षित आवासअन्तर्गत १५७ घरधुरी, जनता आवासअन्तर्गत ३७, एकीकृत नमुना बस्तीअन्

गुल्मीकै पहिलो खरको छानामुक्त पालिका बन्यो धुर्कोट

गुल्मीका १२ वटा स्थानीय तहमध्ये धुर्कोट गाउँपालिका खरको छानामुक्त पालिका घोषणा गर्न पहिलो भएको छ । सोमबार आयोजित कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख लक्ष्मण पराजुलीले खरका छानामुक्त धुर्कोट गाउँपालिका घोषणा गरेका थिए ।धुर्कोट गाउँपालिकाका अध्यक्ष भुपाल पोखरेलले यो ऐतिहासिक उपलब्धि रहेको बताए । पालिकाभित्र ५०४ वटा खरका छाना विस्थापित गरी जस्तापाताले घर छाउने काम भएको उनले जानकारी दिए । नागरिक सुरक्षित अवास कार्यक्रममार्फत थप १५७ घरधुरीलाई जस्तापाता उपलब्ध गराइएको उनले बताए । जनता आवास कार्यक्र

जस्तापाताले मुहारै फेरियो गुल्मी धुर्कोट [ फोटो ]

गुल्मीको धुर्कोट गाउँपालिका ७ वाग्लामा जस्तापाताले छाएका घरहरुको तस्वीर हो । विगतका वर्षहरुमा यस गाउँमा खरको छानो भएका घरहरु धेरै फेला पर्थे । वर्षायाममा चुहिने घर