गुल्मीको धुर्कोट गाउँपालिका अध्यक्षमा माओवादी र उपाध्यक्षमा एमालेकाे जित

गुल्मी – गुल्मीको धुर्कोट गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्रका भुपाल पोखरेल र उपाध्यक्षमा एमालेका सीता गिरि विजयी हुनुभएको छ । अध्यक्षमा माओवादीका उम्मेदवार पोखरेलले ६ हजार ८९ मत र उहाँका प्रतिस्पर्धी कांग्रेसका महेन्द्रप्रसाद भण्डारीले चार हजार दुई सय ६१ मत प्राप्त गर्नुभएको छ । यस्तै उपाध्यक्षमा एमालेका सीत गिरिले ६ हजार एक र उहाँका प्रतिस्पर्धी नेकपा एकीकृत समाजवादीका चन्द्रबहादुर सुनारले तीन हजार चार सय ८८ मत प्राप्त गर्नुभएको छ । सात वटा वडामध्ये ६ वटा वडामा एमाले र एउटा वडामा कांग्रेसले वडाध्यक्ष ...

सम्बन्धित सामग्री

धुर्कोटमा विद्युतीय चुलो बाल्न विद्युत महसुलमा आधा छुट

गुल्मीको धुर्कोट गाउँपालिका अध्यक्षमा दोश्रो कार्यकालका लागि विजयी भएका भुपाल पोखरेलले विद्युतीय चुलो प्रयोगकर्ता प्रति परिवारलाई ५० प्रतिशत छुट दिने घोषणा गरेका छन् । माओवादी केन्द्रबाट उम्मेदवार भइ निर्वाचित पोखरेलले ग्यास चुलोलाई विस्थापित गरी विद्युतीय चुलो प्रयोगमा प्रोत्साहन गर्न यस्तो निर्णय गरेको बताए ।उनले दलित परिवारका १० जना विद्यार्थीलाई एसईई पछिको ३ वर्षे प्राविधिक शिक्षामा छात्रवृत्तिको व्यवस्था गर्ने र विभिन्न कारणले बुबाआमा नभएका २० जना विद्यार्थीलाई १२ कक्षासम्मको आवासीय शिक्षा

गुल्मीको धुर्कोट गाउँपालिका अध्यक्षमा माओवादी, उपाध्यक्षमा एमालेको जित

काठमाडौं । गुल्मीको धुर्कोट गाउँपालिका अध्यक्षमा नेकपा (माओवादी केन्द्र)का भुपाल पोखरेल विजयी भएका छन् ।  अध्यक्षमा पोखरेलले ६,०८९ मत ल्याएर विजयी हुँदा कांग्रेसका महेन्द्र भण्डारीले ४,२६१ मत पाएका छन् ।  त्यस्तै, उपाध्यक्षमा एमालेकी सीता गिरीले ६,००१ मत पाएर निर्वाचित हुँदा एकीकृत समाजवादीका चन्द्रबहादुर सुनारले ३,४८८ मत पाएका छन् ।  गाउँपालिकामा माओवादी र एमालेको...

गुल्मीको धुर्कोटमा दोस्रो कार्यकालका लागि माओवादीका पोख्रेल बिजयी

गुल्मीको धुर्कोट गाउँपालिका अध्यक्षमा भुपाल पोख्रेल दोस्रो कार्यकालका लागि बिजयी भएका छन्। उपाध्यक्षमा सीता गिरी बिजयी भएकी छन्। एमाले–माओवादी गठबन्धनबाट माओवादीका पोख्रेल प्रमुख र एमालेबाट गिरी उपाध्यक्ष भएका हुन्। पोख्रेलले कांग्रेस–समाजवादी...

धुर्कोट –१ मा एमाले–माओवादीको प्यानल नै विजयी

गुल्मी । धुर्कोट गाउँपालिका वडा नम्बर १ नयाँगाउँमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रको प्यानल नै विजयी भएको छ । गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रका चेतमान कुँवर एक हजार सात मतका साथ वडाध्यक्षमा निर्वाचित भए । उनका प्रतिद्धन्द्धी नेपाली काँग्रेसका कमल थापाले ५६२ मत ल्याएका छन् । अघिल्लो निर्वाचनमा थापा वडाध्यक्ष हुँदा उनकै प्यानलबाट कुँवर […] The post धुर्कोट –१ मा एमाले–माओवादीको प्यानल नै विजयी appeared first on राजधानी राष्ट्रिय दैनिक.

दलहरूबीच सहमति हुन नसक्दा धुर्काेट गाउँपालिकामा सुरु हुन सकेन मतगणना

बुटवल- गुल्मीको धुर्कोट गाउँपालिकामा मतगणना सुरु हुन सकेको छैन। धुर्कोट गाउँपालिका-४ जैसीथोकमा नेपाली कांग्रेसका वडाअध्यक्षका उम्मेदवार गोपाल थापामाथि नेकपा माओवादी केन्द्रका कार्यकर्ताले आक्रमण गरेपछि दलहरूबीच सहमति हुन नसक्दा मतगणना सुरु हुन नसकेकाे हाे। शुक्रबार साँझ गाउँपालिकाको केन्द्र बर्बोटमा मटपेटिका संकलन गरी गफ गरेर बसिरहेको अवस्थामा थापामाथि आक्रमण हुँदा उनको टाउकोमा गम्भीर चोट लागेको छ। उनीमाथिको […]

गठबन्धन भत्किएको धुर्कोटमा रोचक प्रतिस्पर्धा

२७ वैशाख, गुल्मी । सत्तारुढ गठबन्धनका दलहरू र नेकपा (एमाले) बीच चुनावी तालमेल भएका थोरै स्थानीय तहमध्ये गुल्मीको धुर्कोट गाउँपालिका एक हो । यहाँ एकातिर एमाले–नेकपा (माओवादी केन्द्र) र अर्कोतिर नेपाली कांग्रेस–नेकपा (एकीकृत समाजवादी)ले चुनावी तालमेल गरेका छन् । धुर्कोटमा माओवादी केन्द्रबाट निवर्तमान अध्यक्ष भुपाल पोखरेल पुनः पालिका अध्यक्षमा उठेका छन् भने उपाध्यक्षमा एमालेकी सीता […]

गुल्मीको धुर्कोटमा एमाले र माओवादी केन्द्रको तालमेल

१७ वैशाख, गुल्मी । धुर्कोट गाउँपालिकामा नेकपा एमाले र माओवादी केन्द्रबीच तालमेल भएको छ । नेकपा एमालेबाट गाउँपालिका अध्यक्षका उम्मेदवार गोपाल कुँवरले उम्मेदवारी फिर्ता लिएका छन् । गाउँपालिका अध्यक्षमा माओवादी केन्द्रका उम्मेदवार भुपाल पोखरेललाई समर्थन गर्ने एमालेको धुर्कोट गाउँपालिका सचिव सूर्य घिमिरेले बताए । घिमिरेका अनुसार माओवादी केन्द्रले उपाध्यक्षमा एमाले उम्मेदवार सीता गिरीलाई समर्थन गर्नेछ […]

धुर्कोटको उम्मेदवार विवाद मिलाउन प्रचण्डलाई गुहार

गुल्मीको धुर्कोट गाउँपालिका प्रमुख पदको उम्मेदवारको विवाद प्रदेश स्तरीय सत्ता गठबन्धनले समेत समाधान गर्न नसके पछि छिनोफानो गर्ने जिम्मा नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसमक्ष पठाइएको छ । प्रदेश स्तरीय सत्ता गठबन्धन दलहरूले दिनैभर विवाद मिलाउने घनिभूत प्रयास गरे पनि मिलाउन नसके पछि अध्यक्ष प्रचण्डकहाँ पठाइएको बैठकमा सहभागी नेपाल एकीकृत समाजवादी लुम्बिनी प्रदेश कमिटी सदस्य वीरबहादुर कार्कीले बताए ।प्रदेश कमिटी इन्चार्ज दण्डपाणि खनालले यसमा विषयमा वर्षमान पुनसँग समेत कुराकानी  गरेको

गुल्मीमा दोहरिने एक मात्र पालिका प्रमुख पोखरेलले दिए राजीनामा

यही वैशाख ३० गते हुनगइरहेको स्थानीय तहको निर्वाचनमा गुल्मीमा दोहरिएर पालिका प्रमुखको उम्मेदवार बनेका छन् धुर्कोट गाउँपालिका प्रमुख भुपाल पोखरेल । उनले धुर्कोट गाउँपालिकाको प्रमुख पदको उम्मेदवारी दिन शुक्रबार  राजीनामा दिएका हुन् ।उनले आफूले गाउँपालिकाको उपाध्यक्षसमक्ष राजीनामा दिएको बताए ।  नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेश कमिटीका नेता २०७४ सालको स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेससँग चुनावी तालमेल गरेर पालिका प्रमुखमा विजयी भएका थिए । काँग्रेसबाट उपप्रमुख शिबबहादुर खत्री भएका

वाग्लाका एमाले कार्यकर्ता माओवादीमा प्रवेश

शनिवार गुल्मीको धुर्कोट गाउँपालिका–७, वाग्लामा नेकपा एमालेका कार्यकर्ताहरू नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । त्यस गाउँपालिका अध्यक्ष तथा सो माओवादी केन्द्रका युवा नेता भुपाल पोखरेलले ७२ जना अगुवा कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेको जानकारी दिए । त्यस मध्ये दुई चार जना मात्रै नेपाली काङ्ग्रेसबाट पार्टी प्रवेश गरेको अरू सबै नेकपा एमाले परित्याग गरि आफ्नो पार्टीमा प्रवेश गरेको उनले बताए । उनका अनुसार नेकपा एमाले निकट अनेम संघकी जिल्ला कमिटी सदस्य वासुका घिमिरे, ग