फास्ट ट्र्याक निर्माणको समय तीन वर्ष थपियो

काठमाडौं : सरकारले फास्ट ट्र्याक निर्माणका लागि बजेट विनियोजन गरेको छ। अर्थमन्त्री डा. प्रकाशशरण महतले काठमाडौं, तराई मधेस द्रुतमार्ग निर्माणका लागि २२ अर्ब ५० करोड बजेट विनियोजन गरेका हुन्। साथै आयोजनाको निर्माणको समय समेत थप गरिएको छ। आयोजना समयमा नसकिने भएकाले तीन वर्ष समय थपेर निर्माण सक्ने लक्ष्य लिएको उनले बताए। 

सम्बन्धित सामग्री

‘फास्ट ट्र्याक’ निर्माणमा सेनामाथि नै संशय

निर्धारित समयमा गुणस्तरीय सडक निर्माणको अपेक्षासहित काठमाडौं–तराई फास्ट ट्र्याक (द्रुत मार्ग) नेपाली सेनालाई जिम्मा लगाइए पनि निर्माण कार्य भने निकै सुस्त देखिएको छ।...

‘२०८३ मा फास्ट ट्र्याक त बन्दैन, गाडी निजगढ निकाल्न पाए सफल’

४ पुस, काठमाडौं । चार वर्षमा सक्ने भनेर नेपाली सेनालाई निर्माणको जिम्मा लगाएको काठमाडौं तराई मधेश द्रुत मार्ग (फास्ट ट्र्याक) मा अहिलेसम्म करिव २९ प्रतिशत मात्र काम भएको छ । फास्ट ट्र्याकको प्रस्थान विन्दु नै टुंगो लागेको छैन भने डुकुछाप–महादेवटार खण्डमा तीन वटा ठेक्का लागेको छैन । यही अवस्थामा पछिल्लो पटक थप भएको म्याद २०८३ […]

३ प्रश्न

फास्ट ट्र्याक निर्माणको गतिलाई  कसरी हेरिरहनुभएको छ ? फास्ट ट्र्याक राष्ट्रिय महत्वको आयोजना मात्र नभई राष्ट्रिय यातायात नेटवर्कमा गम्भीर महत्व राख्ने आयोजना हो । काठमाडौं र तराईलाई मात्र जोड्ने नभई देशको आर्थिक अवस्थामै...

धनगढी विमानस्थललाई दिल्ली-मानसरोवर फास्ट ट्र्याक बनाउन विश्व बैंकसँग ६५ अर्ब माग

काठमाडौं । धनगढी विमानस्थललाई दिल्ली देखि खप्तड हुँदै मानसरोवर सम्मको फास्ट ट्र्याक विकास गर्न लागिएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले बताएका छन् ।   धनगढी विमानस्थल र भारतको नयाँ दिल्ली हुँदै, नेपालको कैलालीबाट खप्तड हुँदै मानसरोवरसम्मको फास्ट ट्र्याक निर्माणका लागि विश्व बैंकसँग समन्वय भइरहेको र त्यसका लागि ६५ अर्ब रुपैयाँ बजेट माग गरिएको उनले जानकारी दिए ।  मन्त्री आलेले धनगढी विमानस्थललाई क्षेत्रीय विमानस्थलका रुपमा स्तरोन्नतिका लागि एक अर्ब रुपैयाँ बजेट विनियोजन गरिएको उल्लेख गर्दै प्रत्येक जिल्लामा कम्तीमा एउटा हवाई मैदानको निर्माणका लागि आफूले पहल गरेको बताए । टिकापुर विमानस्थल छिट्टैे सञ्चालन कैलालीको टीकापुरस्थित विमानस्थलको शुक्रवार स्थलगत अनुगमन गर्दै मन्त्री आलेले चालू आर्थिक वर्षमा विमानस्थलका लागि दुई करोड रुपैयाँ बजेट विनियोजन गरिएको र छिट्टै सञ्चालन गर्न लागिएको पनि बताएका छन् । ‘विमानस्थलको अध्ययन समितिले सर्वे गरेको छ । अध्ययन समितिको प्रतिवेदनका आधारमा पुरानै विमानस्थल सञ्चालनमा ल्याउने वा अन्य क्षेत्रमा नयाँ विमानस्थलका लागि संरचना तयार गर्ने भन्ने कुरा प्रतिवेदन आइसकेपछि थाहा हुन्छ ।’ उनले भने, ‘चालु आर्थिक वर्षमै विमानस्थल निर्माणको काम शुरु हुन्छ । त्यसलाई बहुवर्षीय आयोजनाका रुपमा राखेर काम गर्न सकिन्छ ।’  उनले पर्यटन क्षेत्रसँग जोडिएकाले पनि टीकापुरमा विमानस्थल अपरिहार्य रहेको र यसलाई सञ्चालन गरेरै छाड्ने दावी गरेका छन् । ‘पर्यटकीय दृष्टिकोणले पनि टीकापुर लोकप्रिय छ । यहाँ धेरै सम्भावना छन् । ती सम्भावनासँग हवाई माध्यमको पहुँचका लागि हामी प्रतिबद्ध छौँ ।’ मन्त्री आलेले भने, ‘विमानस्थल सञ्चालनमा आउनसके पर्यटन क्षेत्र आफै चलायमान हुन्छ ।’ रासस

फास्ट ट्र्याकलाई बजेट अभाव हुन्न : अर्थ मन्त्रालय

२६ माघ, काठमाडौं । अर्थ मन्त्रालयले निर्माणाधिन काठमाडौं–तराई/मधेश द्रुतमार्ग (फास्ट ट्र्याक) आयोजनाका लागि बजेटको अभाव हुन नदिने बताएको छ । सो आयोजना निर्माणको जिम्मेवारी लिएको नेपाली सेनाले बजेट सुनिश्चित गर्न माग गरिरहेका बेला अर्थ मन्त्रालयले यस्तो जवाफ दिएको हो । बुधबार संघीय संसद राष्ट्रियसभा अन्तर्गतको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको बैठकमा बोल्दै अर्थ मन्त्रालयका […]

फास्ट ट्रयाक :  ४ वर्षमा मात्र १६ प्रतिशत काम

काठमाडौ :  काठमाडौंलाई तराई–मधेशसँग जोड्ने राष्ट्रिय गौरवको बहुचर्चित आयोजना द्रुत मार्ग (फास्ट ट्र्याक) को काम ४ वर्षमा १६ प्रतिशत निर्माण सम्पन्न भएको छ।२१ वैशाख २०७४ को नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहालको मन्त्रिपरिषद् बैठकले फास्ट ट्र्याक निर्माणको जिम्मा नेपाली सेनालाई दिने निर्णय गरेको थियो। सोहीअनुसार नेपाली सेनाले काम थालेको हो।त्यसबेला नै चार वर्षमा काम सक्ने भनिएको भए २०७६ साल भदौमा डिपिआर भनिने विस्तृत आयोजना प्रतिवेदन अनुमोदन भएपछि मात्रै वास्तविक रूपमा परियोज

तीन वर्षभित्र फाष्ट ट्याक निर्माणको काम सकिन्छ: प्रधानसेनापति थापा

नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापाले फास्ट ट्र्याक निर्माणको काम तीन वर्षमा सकाउने सोच रहेको बताएका छन्।

खराब 'ट्र्याक रेकर्ड' भएको कम्पनीलाई फास्ट ट्र्याक निर्माणको जिम्मा दिने तयारी

ट्र्याक खुलेर पनि वर्षौंदेखि निर्माणमा जान नसकेको काठमाडौं–तराई मधेश फास्ट ट्र्याक (एक्सप्रेस वे) निर्माणको ठेक्काका लागि दुईवटा चिनियाँ कम्पनी प्रि–क्वालिफिकेसन शर्टलिस्टमा परेका छन् । फास्ट ट्र्याक निर्माणका लागि टेन्डरमा प्रतिस्पर्धा गरेका २२ मध्ये दुईवटा चिनियाँ कम्पनी प्रिक्वालिफिकेसनमा छनौट गरिएको हो । फास्ट ट्र्याक निर्माणको जिम्मा पाएको नेपाली सेनाले गत शुक्रवार शर्टलिस्ट प्रकाशित गरेको थियो । सन् २०२० को मार्च १३ मा नेपाली सेनाले फास्ट ट्र्याकको प्लानिङ, डिजाइन, इञ्जिनीयरिङ र निर्माणका लागि प्रिक्वालिफिकेसन टे...