फास्ट ट्र्याक निर्माणको विषयलाई लिएर सांसदको प्रश्न : सेना र व्यवसायीमा के अन्तर?

काठमाडौं : फास्ट ट्र्याकमा सेनाको कार्यसम्पादनमाथि असन्तुष्टि जनाउँदै सांसदहरुले प्रश्न उठाएका छन्। तराई/मधेश द्रुतमार्ग (फास्ट ट्र्याक) को कार्य प्रगतिबारे छलफल गर्न सोमवार बसेको प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिमा बैठकमा सांसदहरुले सेनाको काम गराईमाथि पटकपटक प्रश्न गरे। बैठकमा फास्ट ट्र्याकको जिम्मा पाएको नेपाली सेनाका बलाधिकृत प्रभुराम शर्मा, प्राविधिक सहायक रथी विकास…