काठमाडौ : काठमाडौंलाई तराई–मधेशसँग जोड्ने राष्ट्रिय गौरवको बहुचर्चित आयोजना द्रुत मार्ग (फास्ट ट्र्याक) को काम ४ वर्षमा १६ प्रतिशत निर्माण सम्पन्न भएको छ।२१ वैशाख २०७४ को नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहालको मन्त्रिपरिषद् बैठकले फास्ट ट्र्याक निर्माणको जिम्मा नेपाली सेनालाई दिने निर्णय गरेको थियो। सोहीअनुसार नेपाली सेनाले काम थालेको हो।त्यसबेला नै चार वर्षमा काम सक्ने भनिएको भए २०७६ साल भदौमा डिपिआर भनिने विस्तृत आयोजना प्रतिवेदन अनुमोदन भएपछि मात्रै वास्तविक रूपमा परियोज