ट्र्याक खुलेर पनि वर्षौंदेखि निर्माणमा जान नसकेको काठमाडौं–तराई मधेश फास्ट ट्र्याक (एक्सप्रेस वे) निर्माणको ठेक्काका लागि दुईवटा चिनियाँ कम्पनी प्रि–क्वालिफिकेसन शर्टलिस्टमा परेका छन् ।
फास्ट ट्र्याक निर्माणका लागि टेन्डरमा प्रतिस्पर्धा गरेका २२ मध्ये दुईवटा चिनियाँ कम्पनी प्रिक्वालिफिकेसनमा छनौट गरिएको हो ।
फास्ट ट्र्याक निर्माणको जिम्मा पाएको नेपाली सेनाले गत शुक्रवार शर्टलिस्ट प्रकाशित गरेको थियो ।
सन् २०२० को मार्च १३ मा नेपाली सेनाले फास्ट ट्र्याकको प्लानिङ, डिजाइन, इञ्जिनीयरिङ र निर्माणका लागि प्रिक्वालिफिकेसन टे...