काठमाण्डाै - सङ्घीय संसद् प्रतिनिधि सभाअन्तर्गतको सार्वजनिक लेखा समितिले काठमाण्डाै–तराई मधेश द्रुतमार्ग (फास्ट ट्र्याक) अन्तर्गत फेज टु अर्थात् दोस्राे चरणको ठेक्का प्रक्रियामा भएको भनिएको अनियमितताको सम्बन्धमा अध्ययन गर्ने भएको छ ।
काठमाण्डाै–तराई मधेश द्रुतमार्ग (फास्ट ट्रयाक) निर्माणको जिम्मा पाएको नेपाली सेनाले फेज टु ठेक्का प्रक्रियामा अनियमितता गरेकाे भन्दै समितिमा उजुरी परेपछि समितिले त्यसतर्फ चासो देखाएको हो ।
दोस्राे चरणको ठेक्का प्रक्रियाअन्तर्गत सक्षम बोलपत्रदाता छनाेट गर्न...