हेटौंडा : जेठ २ गते थाहाखबरमा हेटौंडालाई कर्मथलो बनाउँदै आएका दैनिक ज्यालादारी गर्ने वर्ग कोरोना नियन्त्रणको लागि भएको निषेधाज्ञाको कारण मारमा परेको भन्ने समाचार प्रकाशन भएको थियो। सोही समाचार प्रकाशन भएपछि त्यहाँका २१ परिवारले राहतस्वरुप खाद्यान्न सहयोग पाएका छन्।हेटौंडा १० र ११ लाई जोड्ने राप्तिपुलमुनि हेटौंडालाई कर्मथलो बनाई लामो समयदेखि त्रिपाल टाँगेर केही परिवार बस्दै आएका छन्। नेपालकै तराईको विभिन्न जिल्ला र छिमेकी मुलुक भारतका समेत उनीहरु दैनिक ज्यालादारी गरी आफ्नो जीविका