थाहा समाचार प्रभाव : मेची कोभिड उपचार केन्द्रमा जनशक्ति थपिने

झापा : भद्रपुरस्थित मेची अञ्चल अस्पताल मातहत रहेको मेची कोभिड–१९ उपचार केन्द्रमा संक्रमित बिरामीहरू उपचार नपाएर छटपटाइरहेको सञ्चारमाध्यममा समाचार सार्वजनिक भएपछि भद्रपुर नगरपालिका कार्यालयको गम्भीर ध्यानाकर्षण भएको छ।  मेची कोभिड उपचार केन्द्रमा छैनन् जनशक्ति र अक्सिजन ‘श्रीमानलाई कसरी बचाउनू? भगवान् भरोसामा छु’, भन्ने शीर्षकमा थाहाखबरमा आइतबार समाचार प्रकाशन भएको भोलिपल्टै भद्रपुर नगरपालिकाको त्यस विषयमा गम्भीर ध्यानाकर्षण भएको हो। भद्रपुर नगरसहित जिल्लाभरि