१ नम्बर प्रदेश सरकारका पूर्व मुख्यमन्त्री शेरधन राईले प्रयोग गर्दै आएको सरकारी गाडी फिर्ता गरेका छन् ।
मुख्यमन्त्रीबाट राजीनामा दिइसकेको ४ महिनासम्म पनि राईले गाडी फिर्ता नगरेको विषयमा लोकान्तरमा पुस १२ गते ‘पूर्व मुख्यमन्त्री शेरधन राईले फिर्ता गरेनन् सरकारी गाडी, ४ महिनादेखि कब्जामा’ शीर्षकको समाचार प्रकाशित भएको थियो ।
समाचार प्रकाशितपछि राईको चर्काे आलोचना भएपछि उनले गाडी फिर्ता गरेका छन् । काठमाडौंमा नै पूर्व मुख्यमन्त्री राईले गाडी जिम्मा लगाएका १ नम्बर प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव सुमन...