सोलुखुम्बु - सोलुखुम्बुको सदरमुकाम सल्लेरी नजिकै रहेको फाप्लु विमानस्थलको पर्खालकाे मर्मत गरिएको छ । विमानस्थलको माथिल्लो घेराबारसहितको क्षेत्रमा पहिरो जाँदा विमानस्थल नै जोखिममा परेको समाचार उज्यालोबाट प्रसारण तथा प्रकाशन भएपछि समस्या समाधान भएको नागरिक उड्यन प्राधिकरण फाप्लुले जनाएको छ ।
माथिल्लो भागको घेराबार भत्किएसँगै विमानस्थलको टर्मिनल भवनमा समेत क्षति पुगेको थियो । यस विषयको समाचार उज्यालो अनलाइन तथा रेडियो नेटवर्कबाट गएकाे जेठ ३ गते प्रकाशन तथा प्रसारण भएको थियो । करिब एक वर्षअघि भत्किएर निर्माण कम्पनीले अ...