भारतमै हराउँछन् रोजगारीका लागि गएका नेपाली कामदार

सन्धिपश्चात् गोर्खा सैनिकमा भर्ना खुल्नु पनि भारतमा आप्रवासन दर बढेको तथ्याङ्कले देखाउँछ। तर, हालसम्म पनि भारतमा रोजगारी गर्न जानेलाई सरकारले वैदेशिक रोजगारीको सूचीमा राखेको छैन। तेस्रो मुलुकमा जानेहरुलाई केही समस्या भएमा बीमादेखि लिएर अन्य सेवा सुविधा पा...

सम्बन्धित सामग्री

कूटनीतिक नियोग परिचालित नहुँदा कामदार समस्यामा

विदेशस्थित नेपाली कूटनीतिक नियोगलाई परिचालन गर्न नसक्नाले वैदेशिक रोजगारीमा गएका नेपाली कामदारको समस्या समाधान गर्न नसकिएको श्रम तथा यातायात व्यवस्था मन्त्रालयका प्रवक्ता पूर्णचन्द्र भट्टराईले बताएका छन् । राजधानीमा बुधवार अयोजित ‘लैंगिक हिंसाविरुद्ध सक्रियताको अन्तरराष्ट्रिय अभियान’ कार्यक्रममा बोल्दै उनले कामदारको समस्या समाधानका लागि विदेशस्थित नेपाली कूटनीतिक नियोगलाई मर्यादित र व्यवस्थित बनाउनुपर्ने पनि बताए । उनले भने, ‘नेपाली कामदार रोजगारीका लागि जाने देशसँग अनिवार्य श्रम सम्झौता गर्न आवश्यक छ ।’ नेपाल सरकारले रोजगारीमा जान खुला गरेका १ सय ८ देशमध्ये ५ देशसँग मात्र श्रम सम्झौता गरेको छ । तीेमध्ये दक्षिण कोरिया, कतार, संयुक्त अरब इमिरेट्स र बहराइनसँग श्रम सम्झौता नै भएको छ भने जापानसँग औद्योगिक प्रतिष्ठानस्तरीय सम्झौता मात्र भएको छ । वर्ष ६, अंक ७९, बिहीवार, २२ मङ्सिर, २०६७

वैदेशिक रोजगारीमा गएका २५ नेपाली कामदार कोमामा, पाँच सय ४५ जना जेलमा

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले दुबईस्थित अस्पतालमा उपचार गरिरहेका सातजना कामदारको तत्काल उद्धार गर्ने वैदेशिक रोजगारीका क्रममा बिरामी भई अस्पतालमा उपचाररत नेपाली कामदारलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले उद्धार...

वैदेशिक रोजगारीमा जानेको संख्या घट्यो

काठमाडौं । पछिल्ला दुई महीनामा वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकको संख्या घटेको छ । चालू आर्थिक वर्षमा वैदेशिक रोजगारीमा जानेको संख्या साउनमा सबैभन्दा कम २५ हजार ४ सय र मंसिरमा सबैभन्दा धेरै ७४ हजार ३५४ थियो । तर त्यसपछिका महीनामा यो संख्या घट्दै गएको वैदेशिक रोजगार विभागको तथ्यांकले देखाएको छ । विभागका अनुसार पुसमा ६६ हजार ६२५ जना नेपालीले अन्तिम श्रम स्वीकृति लिएकोमा माघमा ५४ हजार ४७० जनाले मात्रै अन्तिम श्रम स्वीकृति लिएका छन् । पछिल्लो ७ महीनामा भने ३ लाख ४९ हजार  नेपाली श्रमिक विश्वका विभिन्न ८४ मुलुकमा रोजगारीका लागि गएका छन् । जिल्लागत रूपमा गत माघमा सबैभन्दा बढी श्रमिक धनुषाबाट विदेश गएका छन् । मनाङबाट भने रोजगारीका लागि एकजना पनि विदेश नगएको विभागले बताएको छ । धनुषाबाट ३३ हजार ३८८ जना बाहिरिएका छन् भने सबैभन्दा कम मुस्ताङबाट चारजना वैदेशिक रोजगारीका लागि गएका छन् ।   प्रमुख श्रम गन्तव्य मानिएका साउदी, कतार, दुबई लगायत खाडी मुलुकमा जाने कामदारको संख्या घटिरहेको छ । केही वर्ष अघिसम्म नेपाली श्रमिकको पहिलो रोजाइ मलेसिया हुने गरेकोमा पछिल्लो समय भने साउदी अरबको रोजगारीमा आकर्षण बढेको थियो । पछिल्लो ७ महीनामा करीब ३ लाख ५० हजार नेपाली वैदेशिक रोजगारीमा जाँदा १ लाख २२ हजारभन्दा बढी साउदी अरब गएका छन् । फागुनमा साउदी अरब जाने नेपाली १९ हजार ८३१ जना छन् । गत पुसमा भने साउदी जानेको सख्या २५ हजारभन्दा बढी थियो । पुसको तुलनामा माघमा ५ हजार २८७ जना कामदार घटेका छन् । त्यस्तै दोस्रो ठूलो श्रम गन्तव्यको रूपमा रहेको कतार र तेस्रो ठूलो श्रम गन्तव्य यूएई जाने नेपालीको संख्या पनि घटेको छ । कतारमा पछिल्लो ७ महीनामा १ लाख १५ हजार ८४७ जना नेपाली रोजगारीका लागि गएका छन् । गत माघमा १४ हजार ७५१ नेपाली कामदार रोजगारीका लागि कतार गएका छन् ।  त्यस्तै तेस्रो गन्तव्यको रूपमा रहेको युनाइटेड अरब इमिरेट्स (यूएई)मा गत माघमा ११ हजार ३०३ जना नेपाली कामदार  रोजगारीको लागि गएको विभागको तथ्यांक छ ।

रेमिट्यान्स घट्नुको कारण के ?

कोरोना महामारीका कारण गत वर्ष विश्वमा धेरैले रोजगारी गुमाए। लाखौं नेपाली कामदार स्वदेश फर्किए। त्यतिबेला, रोजगारीका लागि विदेश जानेको संख्यामा पनि कमी थियो। त्यति हुँदा पनि रेमिट्यान्स (विप्रेषण) मा भने कुनै कमी आएन। तर, चालू आर्थिक वर्षको सुरुवात (साउन) देखि भने रेमिट्यान्स घट्दै गएको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ।विश्वबाट कोरोना महामारीको प्रभाव हट्दै गएको र वैदेशिक रोजगारीमा जानेको संख्या बढ्दै गएका बेला ‘अनौठो ढंग’ले रेमिट्यान्स घट्दै गएको अन्नपूर्ण पोस्टमा समाचार छ । राष्ट्

वैदेशिक रोजगारीमा गएका १४३ नेपाली कामदार अंगभंग र गम्भीर बिरामी भएर फर्किए

रोजगारीका लागि विभिन्न १२ देश पुगेका १४३ जना नेपाली अंगभंग र गम्भीर बिरामी भएर फर्किएका छन् ।

५५ प्रतिशतले घटे वैदेशिक रोजगारीमा जाने कामदार

काठमाडौं । गत आर्थिक वर्ष (आव) २०७७/७८ मा पनि वैदेशिक रोजगारीमा जाने कामदारको संख्या घट्ने क्रमले निरन्तरता पाएको छ । गत आवमा वैदेशिक रोजगारमा जाने कामदारको संख्या ५५ प्रतिशतले घटेको छ । अघिल्लो आव २०७६/७७ मा पनि वैदेशिक रोजगारीमा जाने कामदारको संख्या २८ प्रतिशतले घटेको थियो । यो क्रमले गत आवमा पनि निरन्तरता पाएको छ । वैदेशिक रोजगार विभागले सार्वजनिक गरेको गत आवको वार्षिक प्रतिवेदनअनुसार गत आवमा १ लाख ६६ हजार ६९८ जना नेपाली कामदार मात्र वैदेशिक रोजगारीमा गएका छन् । अघिल्लो आव २०७६/७७ मो भने ३ लाख ६८ हजार ४३३ जना नेपाली कामदार वैदेशिक रोजगारीमा गएका थिए । आव २०७५/७६ मा पनि त्योभन्दा बढी अर्थात् ५ लाख ८ हजार ८२८ जना नेपाली वैदेशिक रोजगारीमा गएको विभागको तथ्यांकले देखाएको छ । \ श्रम स्वीकृतिको नवीकरण गरेर र नयाँ श्रम स्वीकृति लिएर गत आवमा त्यो बराबर कामदार वैदेशिक रोजगारीमा गएका हुन् । गत आवमा ७२ हजार ८१ जना नयाँ कामदार (नयाँ श्रमस्वीकृत लिएका) वैदेशिक रोजागरीमा गएका छन् । अघिल्लो आवमा भने १ लाख ९० हजार ४५३ जना नयाँ कामदार वैदेशिक रोजगारीमा गएका थिए । गत आवमा नेपालीहरू वैदेशिक रोजगारीको लागि ११६ देशमा गएको देखिन्छ । यूएई, जापान, रोमोनिया, मलेशिया, कतार, साउदी, बहराइन, दक्षिण कोरिया, साइप्रसलगायत मुलुकमा नेपाली कामदार गएका छन् । सबैभन्दा बढी कामदार कतारमा गएका छन् । गत आवमा कतारमा कुल ५४ हजार ९१५ जना कामदार गएका छन् । दोस्रो स्थानमा रहेको साउदी अरबमा भने ४६ हजार ९६० जना कामदार गएका छन् । यसैगरी यूएईमा ४० हजार ४७७ कामदार गएको विभागको तथ्यांकले देखाएको छ । सामान्य अवस्थामा नेपालबाट वार्षिक ४/५ लाख कामदार वैदेशिक रोजगारीमा जाने गर्छन् । तर, पछिल्लो दुई आवमा वैदेशिक रोजगारीमा जाने कामदारको संख्या ≈वात्तै घटेको छ, यसको मुख्य कारण कोरोना महामारी रहेको विभागले बताएको छ । विभागका सूचना अधिकारी महेन्द्रनाथ भट्टराईले मुख्यतः कोरोना महामारीकै कारण वैदेशिक रोजगारीमा जाने कामदारको संख्या घटेको बताए । ‘विश्वव्यापी रूपमा पैmलिएको कोरोना भाइरस नियन्त्रण गर्न नेपालसहित विश्वका अधिकांश मुलुकमा बन्दाबन्दी लगाइयो । त्यसको असरले श्रमगन्तव्य मुलुकमा पनि आर्थिक संकट देखिने, रोजगारदाता कम्पनी बन्द हुने, कामदार कटौती गर्ने समस्या देखियो,’ उनले भने, ‘यी यस्ता कारणले वैदेशिक रोजगारीमा जाने कामदारको सख्या घट्न गएको हो ।’ यस्तै, बीचमा कामदारको माग समेत ≈वात्तै घटेको उनको भनाइ छ । महामारीलाई दृष्टिगत गर्दै सरकारले नै २०७६ फागुन २८ गते वैदेशिक रोजगारीका लागि श्रमस्वीकृति दिन स्थगित गरेको थियो । २०७७ असार १४ गतेपछि मात्र सरकारले पुनः श्रमस्वीकृति दिन शुरू गरेको थियो । साथै, गत भदौ १७ गते नयाँ श्रमस्वीकृतिसमेत खुला गरेको थियो । त्यसयता मात्र वैदेशिक रोजगारीमा नेपाली जान थालेका हुन् । श्रमस्वीकृति दिन स्थगित गर्दा र २०७६ चैत १६ गतेदेखि लामो बन्दाबन्दी गर्दा आव २०७६÷७७ मा वैदेशिक रोजागरीमा जाने कामदारको संख्या घटेको थियो । गत आवको पहिलो महीनादेखि नै श्रमस्वीकृति दिन शुरू गरे पनि कोरोना महामारी सामान्य नहुँदा वैदेशिक रोजगारीमा जाने कामदारको संख्या उत्साहजनक नदेखिएको बताइएको छ । पछिल्लो समय वैदेशिक रोजागरीमा जाने कामदारको संख्या भने बढ्दो रहेको विभागको भनाइ छ । ‘पछिल्लो समय कामदारको माग पनि बढ्दै गएको छ । त्यसको प्रभाव पछिल्लो समय विदेशिने कामदारको सख्या बढ्दो छ,’ विभागका सूचना अधिकारी भट्टराईले भने, ‘तर, हवाई भाडा महँगो हँुदा र सहज रूपमा खोप नपाउँदा वैदेशिक रोजागरीमा जाने कामदारलाई समस्या भएको छ । यसमा सम्बद्ध निकायको ध्यान जान आवश्यक छ ।’

कोरोना महामारीबीच रोजगारीका लागि डेढ लाख नेपाली विदेशिए

काठमाडौं । कोरोना महामारीबीच करिब डेढ लाख नेपाली युवा रोजगारीका लागि विदेश गएका छन् । वैदेशिक रोजगार विभागको तथ्यांकअनुसार गत आर्थिक वर्षमा एक लाख ६६ हजार छ सय ९८ जनाले पुनः तथा नयाँ श्रम स्वीकृति लिएका छन् । तीमध्ये ७२ हजार ८१ नयाँ नेपाली कामदार विश्वका एक सय १६ मुलुकमा रोजगारीका लागि पुगेकाे विभागका महानिर्देशक […]

सेटिङमा यसरी विमानस्थल कटाइन्छ भिजिट भिसामा जाने नेपाली कामदार

गत भदौयता भिजिट भिसामा करिब १२ हजार नेपाली यूएई पुगेको अध्यागमन विभागको तथ्यांक छ । भिजिट भिसामा गएका ९० प्रतिशत व्यक्ति रोजगारीका लागि उतै बस्ने गरेको गृह मन्त्रालयको एक अध्ययनमा उल्लेख छ

विदेशमा नेपाली कोमामा पुग्ने कारण खोज्दै सरकार : स्वदेश ल्याएर उपचार गर्ने तयारी

काठमाडौं – सरकारले रोजगारीका लागि विदेश गएका कामदार कोमामा पुग्ने कारण अध्ययनका लागि विज्ञ टोली गठन गर्ने भएको छ ।  विभिन्न देशका अस्पतालमा कोमामा उपचार गराइरहेका नेपालीको तथ्याङ्क संकलन भैरहेको र के कारणले नेपाली कामदार कोमामा जाने अवस्था आयो भन्ने विषयमा अध्ययन गर्न विशेषज्ञ टोली गठन गर्न लागिएको हो ।&nb...