कोरोना महामारीका कारण गत वर्ष विश्वमा धेरैले रोजगारी गुमाए। लाखौं नेपाली कामदार स्वदेश फर्किए। त्यतिबेला, रोजगारीका लागि विदेश जानेको संख्यामा पनि कमी थियो। त्यति हुँदा पनि रेमिट्यान्स (विप्रेषण) मा भने कुनै कमी आएन। तर, चालू आर्थिक वर्षको सुरुवात (साउन) देखि भने रेमिट्यान्स घट्दै गएको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ।विश्वबाट कोरोना महामारीको प्रभाव हट्दै गएको र वैदेशिक रोजगारीमा जानेको संख्या बढ्दै गएका बेला ‘अनौठो ढंग’ले रेमिट्यान्स घट्दै गएको अन्नपूर्ण पोस्टमा समाचार छ । राष्ट्