वैदेशिक रोजगारीमा गएका २५ नेपाली कामदार कोमामा, पाँच सय ४५ जना जेलमा
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले दुबईस्थित अस्पतालमा उपचार गरिरहेका सातजना कामदारको तत्काल उद्धार गर्ने
वैदेशिक रोजगारीका क्रममा बिरामी भई अस्पतालमा उपचाररत नेपाली कामदारलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले उद्धार...
राजदूतको सिफारिशमा नेपाल सरकारले मात्र एकतर्फी तलब वृद्धि गर्दा वैदैशिक रोजगारीमा जाने कामदार तथा व्यवसायी दुवै मर्कामा पर्ने नेपाल वैदेशिक रोजगार व्यवसायी संघका महासचिव कमल तामाङले बताएका छन् । उनले भने, ‘सरकारले सम्बन्धित देशको सरकार तथा रोजगारदातासँग समन्वय नगरी साउदीको रोजगारीमा जाने कामदारको तलब निर्धारण गरेको छ, आफूखुशी तलब निर्धारण गर्दा हाल नेपाली कामदारले पाइरहेको साउदीको रोजगारी गुम्ने खतरा बढेको छ ।’
वैदेशिक रोजगारीमा जाने कामदारको तलब निर्धारण गर्दा सम्बन्धित देशको सरकारसँग समन्वय गर्नुपर्ने तामाङको भनाइ छ । ‘नेपाल वैदैशिक रोजगार व्यवसायी संघले पनि रोजगारीमा जाने कामदारको तलब बढाउनुपर्ने आवाज उठाउँदै आएको छ,’ उनले भने, ‘तर, सम्बन्धित देशको सरकारसँग समन्वय नगरी नेपाल सरकारले मात्र तलब वृद्धि गर्दा उनीहरूले नेपाली कामदार नलैजाने अवस्था आउन सक्छ ।’ पछिल्लो समय साउदीबाट फ्री भिसा, फ्री टिकटका कामदारको मागमात्र आइरहेको छ । नेपाल सरकारले साउदी सरकारसँग समन्वय नगरी एकलौटी रूपमा तलब वृद्धि गरेर वैदैशिक रोजगारी नै धरापमा पार्ने काम गरेको व्यवसायीहरूको आरोप छ । पछिल्लो समय संयुक्त अरब इमिरेट्स (यूएई) का लागि नेपाली राजदूतले पनि नेपाली कामदारको तलब बढाउन नेपाल सरकारलाई पत्राचार गरेका छन् । सरकारले यूएईका लागि तलब बढाउने हो भने नेपालीका लागि वैदेशिक रोजगारीको ठूलो अवसर गुम्ने तामाङले बताए ।
वर्ष ६, अंक २३६, बिहीवार, २८ वैशाख, २०६९
काठमाण्डाै - कोरोना सङ्क्रमणपछि केही घटेको वैदेशिक रोजगारीको क्षेत्र अहिले लयमा फर्किएको छ । चालु आर्थिक वर्षमा ६ लाख २८ हजार ५ सय ३ जना नेपाली कामदार वैदेशिक रोजगारीमा गएका छन् ।
कोभिड–१९ विरुद्धको खोपको पहुँच र स्वास्थ्य मापदण्डमा आएको लचकतासँगै पछिल्लो वैदेशिक रोजगारीमा जाने क्रम बढेको हो । वैदेशिक रोजगार विभागका अनुसार चालु आर्थिक वर्षमा श्रम स्वीकृति लिएको सङ्ख्या अघिल्लो आर्थिक वर्षको भन्दा ४ लाख ६१ हजार ८ सय ५ ले धेरै हो ।
गएकाे दुई वर्ष कोरोनाका कारण नेपाल र श्रमगन्तव्य देश प्रभावित भएर र...
काठमाडौं । चालू आर्थिक वर्ष (आव) को शुरूदेखि घट्न थालेको विप्रेषण आप्रवाह सातौं महीनामा पनि सुधार हुन सकेको छैन ।
नेपाल राष्ट्र बैंकका अनुसार साउनदेखि माघसम्म विप्रेषण आप्रवाहमा ४ दशमलव ९ प्रतिशतले कमी आई ५ खर्ब ४० अर्ब १२ करोड रुपैयाँ कायम भएको छ । गतवर्ष सोही अवधिमा विप्रेषण १० दशमलव ९ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह ५ दशमलव ८ प्रतिशतले कमी आई ४ अर्ब ५३ करोड कायम भएको केन्द्रीय बैंकले जानकारी दिएको छ ।
विप्रेषण आप्रवाहमा कमी आएसँगै समग्र अर्थतन्त्रमा अझै सुधारको संकेत देखापरेको छैन । विज्ञहरूले अर्थतन्त्र सकारात्मक दिशातर्फ अघि नबढ्नुमा विप्रेषण आप्रवाह घट्नुलाई मुख्य कारण मान्दै आएका छन् । अर्थशास्त्री डा। पोषराज पाण्डे विप्रेषण कुनै पनि देशको स्थायी आय हुन नसक्ने भए पनि तत्काल विप्रेषणको विकल्प नभएको बताउँछन् । ‘लामो समयसम्म विप्रेषण एकै गतिमा नहुने भएकाले सरकारले स्वदेशी उत्पादन वृद्धिलगायतका अन्य योजनामा जोड दिन ढिलाइ गर्नु हुँदैन,’ उनले भने ।
कतिपय विज्ञ जनसंख्याको तुलनामा यतिखेर वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या उच्च विन्दुमा पुगेको तर्क गर्छन् । हरेक वर्ष श्रमबजारमा प्रवेश गर्ने करीब ५ लाखमध्ये स्वदेशमा मुश्किलले ५० हजार हाराहारीले रोजगारी पाउने गरेका छन् । स्वदेशमा रोजगारी नपाउनेहरू भारतलगायत विभिन्न मुलुकमा रोजगारीका लागि जाने गर्छन् । कोरोना महामारी शुरू हुनु अघिसम्म श्रम स्वीकृति लिएर वर्षमा नयाँ र नवीकरणसहित ५ लाख हाराहारीका युवायुवती वैदेशिक रोजगारीमा जाने गर्थे ।
कोरोना महामारी शुरू भएपछि भने वैदेशिक रोजगारीमा जानेको संख्या केही घटेको वैदेशिक रोजगार विभागले जानकारी दिएको छ । विभागका अनुसार साउनयता श्रमस्वीकृति लिएर ३ लाख ५२ हजार ४ सय २७ युवायुवती वैदेशिक रोजगारीमा गएका छन् । तीमध्ये खाडीका चार मुलुक साउदी अरेबिया, कतार, संयुक्त अरब इमिरेट्स ९यूएई० र कुबेतमा कामका लागि जानेको संख्या करीब ३ लाख २० हजार ५ सय ३३ छ । यो ७ महीनामा वैदेशिक रोजगारीमा जानेमध्ये कूल संख्याको करीब ९० प्रतिशत हो ।
यस अवधिमा सबभन्दा बढी नेपाली काम खोज्न साउदी गएका छन् । साउदीमा १ लाख २४ हजार ३५ युवायुवती कामका लागि गएका छन् । त्यस्तै कतारमा १ लाख १६ हजार १ सय ५३ नेपाली काम खोज्न जाँदा यस अवधिमा महीनामा यूएईमा ७० हजार १ सय ३२ र कुबेतमा १० हजार २ सय १३ गएको विभागले जनाएको छ । पछिल्लो समयमा विप्रेषण आप्रवाह वृद्धि हुन नसक्नुका अनेक कारणमध्ये धेरैजसोले खाडी मुलुकलाई गन्तव्य बनाउनु पनि एक भएको विज्ञहरूको धारणा छ ।
वैदेशिक रोजगार बोर्डका पूर्व कार्यकारी निर्देशक रघुराज काफ्ले खाडी मुलुकको रोजगारीको विकल्प खोज्न ढिलाइ भइसकेको बताउँछन् । खाडी मुलुक जाने नेपालीले न्यून पारिश्रमिक पाउने तर ९० प्रतिशत हाराहारी तिनै मुलुकमा जाने गरेकाले त्यसको असर विप्रेषण आप्रवाहमा देखिएको उनको भनाइ छ ।
हाल सरकारले रोजगारीमा जान विश्वका ११० मुलुक खुला गरे पनि अधिकांश माग खाडी मुलुकबाट आउने गरेको छ । ‘धनी र विकसित मुलुकमा नेपाली कामदार पठाउन सक्ने हो भने अहिले आइरहेको भन्दा धेरै विप्रेषण प्राप्त हुन्छ,’ विभागका महानिर्देशक शेषनारायण पौडेल भन्छन्, ‘तर, अधिकांश माग खाडी मुलुकबाट आउँछन् ।’
वैदेशिक रोजगार ऐन २०६४ ले रोजगारीका लागि युवालाई विदेश पठाउनुअघि गन्तव्य मुलुकबाट मागपत्र ल्याउनुपर्ने व्यवस्था गरेको छ । गन्तव्य मुलुकका रोजगारदाताले कामदारको माग गरेपछि सम्बद्ध मुलुकमा रहेका नेपाली नियोगले त्यस्तो मागपत्र प्रमाणीकरण गर्नुपर्छ । मागपत्र प्रमाणीकरणपछि मात्र कामदार पठाउने प्रक्रिया शुरू हुन्छ । कामदारको मागपत्र ल्याउने र विदेश पठाउन पाउने सुुविधा ऐनले म्यानपावर कम्पनीलाई मात्र दिएको छ ।
म्यानपावर व्यवसायी भने युवायुवतीलाई राम्रा गन्तव्य मुलुकमा पठाउने चाहना हुँदाहुँदै ती मुलुकमा नेपाली राजदूतावास नहुँदा समस्या परेको दाबी गर्छन् । ‘हामी पनि नेपालका युवायुवती बढी पारिश्रमिक पाइने ठाउँमा जान पाऊन भन्ने चाहन्छौं,’ वैदेशिक रोजगार व्यवसायी संघका महासचिव सुजित श्रेष्ठले भने, ‘तर, धेरैजसो मुलुकमा नेपाली नियोग नै छैनन् । छिमेकी मुलुकका नियोगलाई प्रमाणीकरणका लागि आग्रह गर्दा निकै समय र खर्च लाग्ने गरेको छ ।’
यतिखेर विश्वका ३९ मुलुकमा मात्र नेपाली राजदूतावास र कन्सुलर सेवा प्रदान गर्ने कार्यालय छन् । नेपाली राजदूताबास र कन्सुलर सेवा नभएका मुलुकमा जसलाई पायक पर्छ, तिनै नियोगले मागपत्र प्रमाणीकरण गर्नुपर्ने सरकारी नीति छ । व्यवसायीले यस्तो सरकारी नीति अव्यवहारिक भएको तर्क गर्दै आएका छन् ।
‘पोल्यान्डमा नेपाली कामदार पठाउनुपर्यो भने जर्मनीमा रहेको राजदूतावासले मागपत्र प्रमाणीकरण गर्नुुपर्छ । तर, जर्मनीमा बस्ने कर्मचारी पोल्यान्डमा पुगेर रोजगारदाताको अवस्था बुझ्न व्यावहारिक हुँदैन,’ श्रेष्ठले भने । राम्रा मुलुकमा कामदार पठाउन नपाएपछि विप्रेषणमा सुधार हुन नसक्ने उनको भनाइ छ ।
चालू आवको तथ्यांक हेर्दा गतवर्षकै हाराहारीमा विप्रेषण भित्रिन कठिन हुने अनुमान गरिएको छ । गतवर्ष हालसम्मकै बढी ९ खर्ब ६१ अर्ब रुपैयाँ विप्रेषण भित्रिएको थियो ।
विप्रेषण घट्न थालेपछि यतिखेर राष्ट्र बैंकलगायत निकायले अध्ययन शुरू गरे पनि अहिलेसम्म यसको कारण सार्वजनिक गरिएको छैन । राष्ट्र बैंकका प्रवक्ता गुणाकर भट्ट कोरोना महामारीमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या घटेकाले पनि अहिले विप्रेषणमा गिरावट आएको हुनसक्ने ठान्छन् ।
श्रम, आप्रवासन विज्ञ सोम लुइँटेल वैदेशिक रोजगारीमा जानेलाई दक्ष बनाउन नसक्दाको असर विप्रेषणमा परेको बताउँछन् । ‘वैदेशिक रोजगारीमा जानेलाई सम्बद्ध काममा दक्ष बनाउन सकेको भए रोजगारदातासँग राम्रो पारिश्रमिक लिन सक्थे,’ उनले भने, ‘शीप नभएपछि पारिश्रमिक न्यून हुने भइहाल्यो ।’
केन्द्रीय तथ्यांक विभागका अनुसार यतिखेर वैदेशिक रोजगारीमा जानेमध्ये करीब ७५ प्रतिशत अदक्ष कामदार हुने गरेका छन् । कतिपय विज्ञ भने विप्रेषण घट्नुको कारण हुन्डी कारोबार बढेको हुनसक्ने अनुमान गर्छन् । ‘हुन्डी कारोबार रोक्न एकातिर विप्रेषण पठाउँदा लाग्ने खर्च सस्तो बनाउनुपर्छ भने अर्कोतर्फ सरकारी प्रक्रियालाई सहज पार्नुपर्छ,’ राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक नरबहादुर थापाले भने ।
विप्रेषणले विदेशी विनिमय सञ्चितिमा सहयोग गर्ने गरेको छ । केन्द्रीय बैंकका अनुसार अहिले ६ दशमलव ७ महीनाको वस्तु तथा सेवा आयात धान्न पुग्ने विदेशी विनिमय सञ्चिति छ । कुल विदेशी विनिमय सञ्चिति १६ दशमलव २ प्रतिशतले कमी आई माघ मसान्तमा ११ खर्ब ७३ अर्ब रुपैयाँ कायम भएको छ ।
अमेरिकी डलरमा यस्तो सञ्चिति १७ प्रतिशतले कमी आई ९ अर्ब ७५ करोड छ । यस्तो सञ्चिति घटेको बेला निर्यात बढाउन सक्दा अर्थतन्त्रमा समस्या हुँदैन । तर, अहिले निर्यातको तुलनामा आयात निकै बढी छ ।सात महीनामा आयात ४२ दशमलव ८ प्रतिशत बढेर ११ खर्ब ४७ अर्ब ४६ करोड रुपैयाँ पुगेको छ । यस अवधिमा विभिन्न मुलुकमा निर्यात १ खर्ब ३१ अर्ब ६६ करोड रुपैयाँ बराबरको भएको छ ।
अधिकांश नेपाली रोजगारीका लागि निश्चित गन्तव्य मुलुकमा जाँदा जोखिम पनि उत्तिकै हुने धेरैको भनाइ छ । ठूलो संख्यामा नेपाली कामदार रहेका गन्तव्य मुलुकमा कुनै समस्या सृजना भयो भने त्यसबाट नेपाल पनि नराम्रोसँग प्रभावित हुनसक्ने सम्भावना भएकाले सरकारले रोजगारीलाई विविधिकरण गर्न आवश्यक छ ।
लाहुर जाने चलन धेरै पहिलेदेखि नेपाली समाजमा रहिआएको छ । पछिल्लो समय लाहुर जाने कुरा वैदेशिक रोजगारीको नामबाट परिचित छ । पहिले विदेश भन्ने बित्तिकै भारत, साउदी अरेबिया, मलेशिया, कतार दुबई जस्ता मुलुकलाई जनाउँथ्यो भने अहिले आएर ती मुलुक सहित जापान, अमेरिका, अष्ट्रेलिया लगायत १५३ मुलुकमा वैधानिक रूपमा नेपाली कामदार गइरहेको बताइएको छ । रोजगारीको […]
काठमाडौं । कोरोनाका कारण निकै प्रभावित वैदेशिक रोजगारी क्षेत्र विस्तारै सामान्य अवस्थामा फर्कन लागेको देखिएको छ । कोरोना महामारी शुरू भएपछि वैदेशिक रोजगारीमा जाने नेपाली कामदारको संख्या ह्वात्तै घटेको थियो । तर, पछिल्लो समय वैदेशिक रोजगारीमा जाने कामदारको संख्या बढ्दै गएको छ ।
वैदेशिक रोजगार विभागबाट प्राप्त तथ्यांकले यस्तो देखाएको हो । तथ्यांकअनुसार गत असारदेखि नै वैदेशिक रोजगारीमा जाने कामदारको संख्या बढ्दै गएको देखिएको छ । गत असारमा २० हजार ६५८ जना नेपाली वैदेशिक रोजगारीमा गएका छन् । साउनमा २५ हजार ४२८ र भदौमा ३६ हजार ४० जना नेपाली वैदेशिक रोजगारीमा गएको तथ्यांकले देखाएको छ । यसरी वैदेशिक रोजगारीमा जाने कामदारको संख्या सामान्य अवस्थामा जसरी नै बढ्दै गएको पुष्टि भएको छ ।
सामान्य अवस्थामा नेपालबाट वैदेशिक रोजगारीमा मासिक ३० हजारभन्दा बढी कामदार जाने गरेको विभागको विगतका तथ्यांकले देखाएको छ । गत जेठमा ४ हजार ८६ जना नेपाली मात्र वैदेशिक रोजगारीमा गएका थिए ।
नेपालमा कोरोना महामारी शुरू भएपछि वैदेशिक रोजगारीमा जाने कामदारको संख्या ह्वात्तै घटेको थियो । सरकारले २०७६ फागुनको अन्तिम साता श्रमस्वीकृति दिन स्थगित नै गरेको थियो । २०७७ असारदेखि श्रमस्वीकृति दिन शुरू गरे पनि नगण्य मात्रामा नेपाली कामदार विदेश गइरहेका थिए ।
कोरोना नियन्त्रण गर्न विश्वव्यापी रूपमा लगाइएको बन्दाबन्दी, श्रमगन्तव्य मुलुकमा भएको आर्थिक संकट, रोजगारदाता कम्पनीमा परेको असरका कारण विदेशिने कामदारको संख्या ह्वात्तै घटेको थियो । तर, पछिल्लो समय वैदेशिक रोजगार क्षेत्र सामान्य अवस्थामा आएको वैदेशिक रोजगार व्यवसायी संघका महासचिव सुजित श्रेष्ठले बताए ।
‘हामीले १८ महीनाभन्दा बढी कोरोना महामारीको सामना गर्यौं । त्यस अवधिमा वैदेशिक रोजगार क्षेत्र नमज्जाले प्रभावित भयो । तर, अहिले वैदेशिक रोजगारी क्षेत्र फस्टाउँदै गएको छ,’ उनले भने, ‘अब छिट्टै यो क्षेत्र सामान्य अवस्थामा फर्केर अगाडि बढ्छ ।’
पछिल्लो समय रोजगारदाताहरूले गर्ने कामदारको माग पनि बढ्दै गएको छ । वैदेशिक रोजगारमा जाने कामदारलाई प्राथमिकताका साथ कोरोनाविरुद्धको खोप लगाइएको छ । साथै, श्रमगन्तव्य मुलुकहरू पनि विस्तारै खुल्दै गएका छन् । फलस्वरूप वैदेशिक रोजगारमा जाने कामदारको संख्या बढ्दै गएको श्रेष्ठ बताउँछन् ।
सामान्य अवस्थामा नेपालबाट वार्षिक ४/५ लाख कामदार वैदेशिक रोजगारीमा जाने गर्छन् । तर, गत आवमा १ लाख ६६ हजार ६९८ जना नेपाली कामदार मात्र वैदेशिक रोजगारीमा गएका थिए । अघिल्लो आव २०७६/७७ मो भने ३ लाख ६८ हजार ४३३ जना नेपाली कामदार वैदेशिक रोजगारीमा गएका थिए । आव २०७५/७६ मा पनि त्योभन्दा बढी अर्थात् ५ लाख ८ हजार ८२८ जना नेपाली वैदेशिक रोजगारीमा गएका थिए । अब यो वर्ष पनि सोहीअनुरूप नै नेपाली कामदार वैदेशिक रोजगारीमा जाने अनुमान श्रेष्ठको छ । हाल दैनिक १ हजार २०० जना नेपाली वैदेशिक रोजगारीमा गएको उनको भनाइ छ ।
वैदेशिक रोजगारीमा जाने कामदारको संख्या बढ्दै गएपछि यसले अर्थतन्त्रमा पनि ठूलो सहयोग पुग्ने बताइएको छ । नेपालको अर्थतन्त्र अझै पनि विप्रेषणमा नै निर्भरजस्तो छ । यसरी वैदेशिक रोजगारीमा जानेको संख्या बढ्दै गएपछि विप्रेषण आप्रवाहमा पनि सकारात्मक प्रभाव पर्ने सरोकारवालाहरू बताउँछन् ।
काठमाडौँ : खाडी मुलुकहरूले तोकिएकै उत्पादक कम्पनीको खोप लगाएका कामदार मात्र लिने नीति तय गर्दैछन् । उनीहरूले नै तोकेको खोप नलगाएकालाई काममा नलगाउने भएका छन् । अब खोपकै कारण नेपाली कामदारले विदेशी भूमिमा रोजगारी गुमाउने अवस्था छ । तिनले निर्मित मुलुक र कम्पनी तोक्दै तिनै खोप लगाएकालाई मात्र आफ्नो मुलुक प्रवेश गर्न दिने भएक…
काठमाडौँ : खाडी मुलुकहरूले तोकिएकै उत्पादक कम्पनीको खोप लगाएका कामदार मात्र लिने नीति तय गर्दैछन् । उनीहरूले नै तोकेको खोप नलगाएकालाई काममा नलगाउने भएका छन् । अब खोपकै कारण नेपाली कामदारले विदेशी भूमिमा रोजगारी गुमाउने अवस्था छ । तिनले निर्मित मुलुक र कम्पनी तोक्दै तिनै खोप लगाएकालाई मात्र आफ्नो मुलुक प्रवेश गर्न दिने भएक…
काठमाडौँ : खाडी मुलुकहरूले तोकिएकै उत्पादक कम्पनीको खोप लगाएका कामदार मात्र लिने नीति तय गर्दैछन् । उनीहरूले नै तोकेको खोप नलगाएकालाई काममा नलगाउने भएका छन् । अब खोपकै कारण नेपाली कामदारले विदेशी भूमिमा रोजगारी गुमाउने अवस्था छ । तिनले निर्मित मुलुक र कम्पनी तोक्दै तिनै खोप लगाएकालाई मात्र आफ्नो मुलुक प्रवेश गर्न दिने भएक…
काठमाडौं : कोरोनामय २०७७ ले वैदेशिक रोजगारमा जान चाहने धेरैलाई असर गर्यो।धेरैले पासपोर्ट बनाए, विभिन्न मेनपावर धाए, पहिलेजस्तो सञ्चारमाध्यममा विज्ञापनको कमी आउँदा त्यहीँ विज्ञापन हेरी म्यानपावरमा अन्तर्वार्ता दिनेको संख्या न्यून थियो। भिजिट भिसाबाट भए पनि रोजगारकै लागि विदेश जानेको कमी आएन।कोरोना सुरु भएपछि रोजगारका लागि खाडी मुलुकको २ वटा राष्ट्रले मात्र नेपाली कामदार लगेका छन्। कतार र साउदीले केही संख्यामा नेपाली श्रमिक लगेका छन्। कुवेतले भिसा लागिसकेका घरेलु कामदार लगेको थ