५५ प्रतिशतले घटे वैदेशिक रोजगारीमा जाने कामदार

काठमाडौं । गत आर्थिक वर्ष (आव) २०७७/७८ मा पनि वैदेशिक रोजगारीमा जाने कामदारको संख्या घट्ने क्रमले निरन्तरता पाएको छ । गत आवमा वैदेशिक रोजगारमा जाने कामदारको संख्या ५५ प्रतिशतले घटेको छ । अघिल्लो आव २०७६/७७ मा पनि वैदेशिक रोजगारीमा जाने कामदारको संख्या २८ प्रतिशतले घटेको थियो । यो क्रमले गत आवमा पनि निरन्तरता पाएको छ । वैदेशिक रोजगार विभागले सार्वजनिक गरेको गत आवको वार्षिक प्रतिवेदनअनुसार गत आवमा १ लाख ६६ हजार ६९८ जना नेपाली कामदार मात्र वैदेशिक रोजगारीमा गएका छन् । अघिल्लो आव २०७६/७७ मो भने ३ लाख ६८ हजार ४३३ जना नेपाली कामदार वैदेशिक रोजगारीमा गएका थिए । आव २०७५/७६ मा पनि त्योभन्दा बढी अर्थात् ५ लाख ८ हजार ८२८ जना नेपाली वैदेशिक रोजगारीमा गएको विभागको तथ्यांकले देखाएको छ । \ श्रम स्वीकृतिको नवीकरण गरेर र नयाँ श्रम स्वीकृति लिएर गत आवमा त्यो बराबर कामदार वैदेशिक रोजगारीमा गएका हुन् । गत आवमा ७२ हजार ८१ जना नयाँ कामदार (नयाँ श्रमस्वीकृत लिएका) वैदेशिक रोजागरीमा गएका छन् । अघिल्लो आवमा भने १ लाख ९० हजार ४५३ जना नयाँ कामदार वैदेशिक रोजगारीमा गएका थिए । गत आवमा नेपालीहरू वैदेशिक रोजगारीको लागि ११६ देशमा गएको देखिन्छ । यूएई, जापान, रोमोनिया, मलेशिया, कतार, साउदी, बहराइन, दक्षिण कोरिया, साइप्रसलगायत मुलुकमा नेपाली कामदार गएका छन् । सबैभन्दा बढी कामदार कतारमा गएका छन् । गत आवमा कतारमा कुल ५४ हजार ९१५ जना कामदार गएका छन् । दोस्रो स्थानमा रहेको साउदी अरबमा भने ४६ हजार ९६० जना कामदार गएका छन् । यसैगरी यूएईमा ४० हजार ४७७ कामदार गएको विभागको तथ्यांकले देखाएको छ । सामान्य अवस्थामा नेपालबाट वार्षिक ४/५ लाख कामदार वैदेशिक रोजगारीमा जाने गर्छन् । तर, पछिल्लो दुई आवमा वैदेशिक रोजगारीमा जाने कामदारको संख्या ≈वात्तै घटेको छ, यसको मुख्य कारण कोरोना महामारी रहेको विभागले बताएको छ । विभागका सूचना अधिकारी महेन्द्रनाथ भट्टराईले मुख्यतः कोरोना महामारीकै कारण वैदेशिक रोजगारीमा जाने कामदारको संख्या घटेको बताए । ‘विश्वव्यापी रूपमा पैmलिएको कोरोना भाइरस नियन्त्रण गर्न नेपालसहित विश्वका अधिकांश मुलुकमा बन्दाबन्दी लगाइयो । त्यसको असरले श्रमगन्तव्य मुलुकमा पनि आर्थिक संकट देखिने, रोजगारदाता कम्पनी बन्द हुने, कामदार कटौती गर्ने समस्या देखियो,’ उनले भने, ‘यी यस्ता कारणले वैदेशिक रोजगारीमा जाने कामदारको सख्या घट्न गएको हो ।’ यस्तै, बीचमा कामदारको माग समेत ≈वात्तै घटेको उनको भनाइ छ । महामारीलाई दृष्टिगत गर्दै सरकारले नै २०७६ फागुन २८ गते वैदेशिक रोजगारीका लागि श्रमस्वीकृति दिन स्थगित गरेको थियो । २०७७ असार १४ गतेपछि मात्र सरकारले पुनः श्रमस्वीकृति दिन शुरू गरेको थियो । साथै, गत भदौ १७ गते नयाँ श्रमस्वीकृतिसमेत खुला गरेको थियो । त्यसयता मात्र वैदेशिक रोजगारीमा नेपाली जान थालेका हुन् । श्रमस्वीकृति दिन स्थगित गर्दा र २०७६ चैत १६ गतेदेखि लामो बन्दाबन्दी गर्दा आव २०७६÷७७ मा वैदेशिक रोजागरीमा जाने कामदारको संख्या घटेको थियो । गत आवको पहिलो महीनादेखि नै श्रमस्वीकृति दिन शुरू गरे पनि कोरोना महामारी सामान्य नहुँदा वैदेशिक रोजगारीमा जाने कामदारको संख्या उत्साहजनक नदेखिएको बताइएको छ । पछिल्लो समय वैदेशिक रोजागरीमा जाने कामदारको संख्या भने बढ्दो रहेको विभागको भनाइ छ । ‘पछिल्लो समय कामदारको माग पनि बढ्दै गएको छ । त्यसको प्रभाव पछिल्लो समय विदेशिने कामदारको सख्या बढ्दो छ,’ विभागका सूचना अधिकारी भट्टराईले भने, ‘तर, हवाई भाडा महँगो हँुदा र सहज रूपमा खोप नपाउँदा वैदेशिक रोजागरीमा जाने कामदारलाई समस्या भएको छ । यसमा सम्बद्ध निकायको ध्यान जान आवश्यक छ ।’

सम्बन्धित सामग्री

एकैपटक ७१ देशमा वैदेशिक रोजगारी खुला गरिँदै

सरकारले दौंत्य सम्बन्ध भएका सबै मुलुकमा वैदेशिक रोजगारी खुला गर्ने तयारी गरेको छ। योजनाअनुसार नेपालीहरू वैदेशिक रोजगारीका लागि थप ७१ सहित जम्मा १७९ वटा देशमा जान पाउने दाबी श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले गरेको छ।...

वैदेशिक रोजगारी सम्बन्धी विज्ञापन कम्पनीको वेबसाइटमा अनिवार्य राख्नुपर्ने

१६ फागुन, काठमाडौं । वैदेशिक रोजगारी सम्बन्धी विज्ञापन राष्ट्रिय दैनिक पत्रिकामा प्रकाशित भएपछि अब म्यानपावर कम्पनीको वेबसाइटमा समेत अनिवार्य राख्नु पर्ने भएको छ । वैदेशिक रोजगार विभागले सोमबार एक सूचना प्रकाशित गर्दै यस्तो व्यवस्थाबारे जानकारी गराएको हो । विभागका अनुसार इजाजत प्राप्त संस्थाबाट हुने वैदेशिक रोजगार सम्बन्धी विज्ञापन ‘अटो अप्रुभ’ हुने व्यवस्था गरिएको छ । […]

सरकारले वैदेशिक रोजगारी रोक्ने योजना ल्याउनुपर्छ : श्रममन्त्री कुँवर

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले सरकारले वैदेशिक रोजगारी रोक्न रोजगारमैत्री योजना ल्याउनुपर्ने बताएका छन् ।

वैदेशिक रोजगारी र श्रम बजार पुरानै लयमा फर्कियो : श्रममन्त्री श्रेष्ठ

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले कोरोना भाइरस महामारीले बिथोलेको वैदेशिक रोजगारी र श्रम बजार पुरानै लयमा फर्केको बताए छन् ।आइतबार राष्ट्रिय सभामा बिनियोजन विधियक २०७९ को श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको बजेटबारे सांसदहरुले गरेका प्रश्नको जवाफ दिने क्रममा मन्त्री श्रेष्ठले पछिल्लो समय वैदेशिक रोजगारी पुरानै लयमा फर्किसकेको उल्लेख गरेका हुन् । वैदेशिक […]

वैदेशिक रोजगारी ठगी कसुरका फरार प्रतिवादी पक्राउ

बागलुङ : वैदेशिक रोजगारी ठगी कसुरमा फरार रहेका एक प्रतिवादी पक्राउ परेका छन्।जिल्ला प्रहरी कार्यालय बागलुङले वैदेशिक रोजगारी ठगी कसुरमा बागलुङ १२ अमला चौरका ४२ वर्षीय प्रकाश शर्मालाई पक्राउ गरेकाे हाे।शर्मालाई वैदेशिक रोजगार न्यायाधीकरणको इजलास काठमाण्डौंबाट २०७७ चैत १७ गते एक वर्ष ५ महिना कैद र एक लाख ५० हजार जरिवाना फैसला सुनाइएको थियो।फैसला सुनाइएका फरार प्रतिवादी घरमै लुकेर बसेको सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बागलुङले बुधबार घरबाटै उनलाई पक्राउ गरेको हाे।पक्राउपछि उनला

रोजगारीको बाध्यता: युवालाई महामारीभन्दा वैदेशिक रोजगारी प्यारो

विज्ञहरूले युवालाई स्वदेशमै काम गर्ने वातावरण सिर्जना हुन नसक्दा कोरोनाको डरभन्दा वैदेशिक रोजगारी प्यारो भएको बताउने गरेका छन्।...

बौरिन थाल्यो वैदेशिक रोजगारी, दैनिक १७ सयभन्दा बढी विदेशिँदै

७ मंसिर, काठमाडौं । कोरोना महामारीका कारण दुई वर्षयता धेरै नेपालीले विदेशमा काम गुमाए भने वैदेशिक रोजगारीमा जाने अवसर पनि पाएका थिएनन् । तर, कोरोना महामारीको असर घट्दै गएपछि पछिल्लो केही महिनायता वैदेशिक रोजगारी फेरि पुरानै लयतर्फ उन्मुख भएको छ । वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या गत जेठयता लगातार उकालो लागिरहेको छ । वैदेशिक रोजगार […]

वैदेशिक रोजगारी : दैनिक एक हजार श्रमिक विदेसिँदै

कोरोना महामारीका कारण शून्यमा झरेको वैदेशिक रोजगारी लयमा फर्कन थालेको छ । दसैँपछि वैदेशिक रोजगारीमा जानेको संख्या निकै बढेको छ । वैदेशिक रोजगार विभागका निर्देशक तथा प्रवक्ता कमल ज्ञवालीले वैदेशिक रोजगारीमा जानेको संख्या दिनदिनै बढिरहेको बताए । उनका अनुसार विदेशबाट नेपाली कामदारको माग बढ्न थालेपछि श्रम स्वीकृति लिने र वैदेशिक रोजगारीका लागि उड्नेको संख्या बढ्न थालेको हो ।विभागले मातहतका ७ वटा कार्यालयमार्फत वैदेशिक रोजगार निम्ति श्रम स्वीकृति दिँदै आएको छ । जसमध्ये ६ वटा कार्यालयले पुनः श्रम स्वी

सामान्य बन्दै वैदेशिक रोजगारी

काठमाडौं, असोज १२ । कोरोनाका कारण निकै प्रभावित वैदेशिक रोजगारी क्षेत्र विस्तारै सामान्य अवस्थामा फर्कन लागेको देखिएको छ । कोरोना महामारी शुरू भएपछि वैदेशिक रोजगारीमा जाने नेपाली कामदारको संख्या ह्वात्तै घटेको थियो । तर, पछिल्लो समय वैदेशिक रोजगारीमा जाने कामदारको संख्या बढ्दै गएको छ । वैदेशिक रोजगार विभागबाट प्राप्त तथ्यांकले यस्तो देखाएको हो । तथ्यांकअनुसार […]

धादिङमा सुरक्षित वैदेशिक रोजगारी सम्बन्धी दुई दिने तालिम

धादिङ – आप्रवासी कामदार हकहित संरक्षण केन्द्र धादिङका पदाधिकारीहरूको लागि सुरक्षित वैदेशिक रोजगारी सम्बन्धी दुई दिने तालिम सुरु भएको छ ।  सुरक्षित वैदेशिक रोजगारीका सवाल, आप्रवासी कामदारका हकहित तथा संस्थागत विकास सम्बन्धी जानकारी गराउने उद्देश्यले तालिम आयोजना गरिएको हो ।  तालिमको पहिलो दिन जिल्ला समन्वय समिति धादिङका जिल्ला समन्वय अधिकारी हरी प्रसाद अर्यालले वैदेशिक रोजगारको वर्तमान अवस्था र अवसर तथा मुख्य सवालहरूको बारेमा जानकारी गराउनुभयो । यसै गरी कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकार...