काठमाण्डाै - आजदेखि हलहरुमा तीन नेपाली चलचित्र प्रदर्शनीमा आएका छन् । चलचित्र ‘कृष्णलीला’ ‘माईकल अधिकारी’ र ‘प्रेमगञ्ज’ आजदेखि प्रदर्शनमा आएका हुन् ।
पुष्प खड्का, श्रद्धा क्षेत्री, बुद्धि तामाङ र रविन्द्र झाको मुख्य भूमिका रहेको कृष्णलीलालाई दीपक वलीले निर्देशन गरेका हुन् । यो चलचित्र अटिजम रोग पीडित युवकको प्रेम जीवनमा आधारित छ । यस्तै, चलचित्रमा भावना गुरुङ, नवीन रेग्मी, हिउँवाला गौतमलगायतको अभिनय रहेको छ ।
आजैबाट प्रदर्शनीमा आएको रञ्जित रौनियारद्व...