गैरआवासीय नेपाली संघ (एनआरएनए)ले घोषित बजेट सकारात्मक रहेको जनाउँदै कार्यान्वयनका लागि सहयोग गर्न तयार रहेको प्रतिक्रिया दिएको छ । एनआरएनएले एक विज्ञप्ति जारी गर्दै भनेको छ ‘सरकारले आगामी आर्थिक वर्षको बजेटमा गरेका गैरआवासीय नेपालीसँग सम्बन्धित घोषणाहरुलाई व्यवस्थित र प्रभावकारी रुपमा कार्यान्वयन गर्न आग्रह गर्दछौं । यसको लागि आवश्यक सहयोग गर्न संघ तयार छ ।’