काठमाण्डाै – सङ्घीय निजामती सेवा ऐनको सट्टा एकीकृत निजामती सेवा ऐन जारी गर्नुपर्ने लगायतका माग राखेर नौ दिनदेखि काठमाण्डौ केन्द्रित प्रदर्शन गर्दै आएका स्थानीय तहमा कार्यरत कर्मचारी र प्रहरीबीच झडप भएकाे छ ।आज साेमवार दिउँसो नयाँ बानेश्वरमा भइरहेको प्रदर्शनमा प्रहरीले लाठी प्रहार गर्दा ३५ जना कर्मचारी घाइते भएका आन्दोलनमा सहभागी सन्दीप पौडेलले जानकारी दिनुभयो । उनीहरूले निजामतीको परिभाषाभित्र समेट्नुपर्ने, सङ्घ, प्रदेश र स्थानीय तहका कर्मचारीलाई कुनै पनि सेवामा प्रवेश गर्दा उमेर हद नलगाउनुपर्ने, अन्तर...