ललितपुर–१ बाट प्रतिनिधिसभामा नेपाली कांग्रेसका उदयशमशेर राणा निर्वाचित भएका छन् । निर्वाचित अधिकृत बालकृष्ण निरौलाले राणा निर्वाचित भएको रातोपाटीलाई बताए ।राणाले २३ हजार ८९२ मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी नवराज सिलवालले १९ हजार २७८ मत प्राप्त गरे । राष्ट्रिय स्वतन्त्र पार्टीका सचिन कुमार घिमिरेले ३ हजार २७७ मत ल्याए ।