विश्वभरीका हिन्दूहरुको आस्थाको केन्द्र जनकपुरधामस्थित जानकी मन्दिर पर्यटकले भरिभराउ छ । पुस महिनायता मन्दिरमा पर्यटकको संख्यामा बृद्धि भएको जानकी मन्दिरका पुजारी मनोज दास बताउनुहुन्छ । उहाँले प्रत्येक वर्ष पुस महिनामा जानकी मन्दिरमा दर्शन गर्ने दर्शनार्थीहरुको भीडभाड हुने गरेको बताउनुभयो । मन्दिरमा दैनिक सयौंको संख्यामा नेपालका साथै छिमेकी मुलुक भारतको विभिन्न राज्यबाट पर्यटकहरु आउने गरेको पुजारी …