हिन्दुहरुको पवित्र स्थलको रुपमा रहेको जानकी मन्दिरलाई विश्व सम्पदाको सूचीमा सूचीकृत गराउन लामो समयदेखि पहल भइरहेको छ । त्यसका लागि केही वर्ष अघि जानकी मन्दिर परिसरमा लाग्ने बजारसमेत स्थानीयहरुकै पहलमा हटाइएको थियो । आन्तरिक तथा विभिन्न मुलुकबाट आउने हिन्दु धर्मावलम्बीलाई जानकी मन्दिर दर्शनका लागि असुविधा नभएको, चोरी तथा लुटपाट समेत हुने गरेको गुनासो बढ्न थालेपछि स्थानीयकै पहलमा मन्दिरभित्र लाग्ने बजार हटाइएको थियो ।त्यस यता, मन्दिर परिसर वरिपरि बजार लाग्दै आएको थियो । गरिब, निमुखा तथा साना