जनकपुरधाम : जानकी मन्दिरले बिजुलीबत्तीको वक्यौता ७८ लाख रुपैयाँ महसुल किस्ताबन्दीमा बुझाउने सहमति भएको छ।लाइन काटिदिने तीनदिने अल्टिमेटमपछि जानकी मन्दिर किस्ताबन्दीमा महसुल तिर्न सहमत भएको हो।जानकी मन्दिरले लामो समयदेखिको विद्युत् प्राधिकरणलाई ७८ लाख १३ हजार २९७ रुपैयाँ बुझाउन बाँकी छ। गत जेठ २३ गते प्राधिकरण जनकपुरधामले तीन दिनभित्र महसुल नतिरे लाइन काटिदिने चेतावनी दिएको थियो। तत्पश्चात् जानकी मन्दिरको व्यवस्थापन महिनामा ३ लाख २७ हजारको दरले किस्तामा महसुल तिर्न सहमत भएको हो।अब मासिक ३ लाख २७