काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले इस्लाम धर्मावलम्बीको महान् पर्व इदले इस्लाम समुदायको मौलिक संस्कृति र परम्पराको संरक्षण र संवर्धन गर्न टेवा पुग्ने विश्वास व्यक्त गरेका छन्।राष्ट्रपति भण्डारीले शुभकामना सन्देशमा इद उल फित्रको अवसरमा स्वदेश तथा विदेशमा रहेका नेपाली इस्लाम धर्मावलम्बीमा सुख, शान्ति र समृद्धिको कामना गरिएको छ। उनले यो पर्वले नेपालीबीच राष्ट्रिय एकता र सांस्कृतिक ऐक्यबद्धताको भावना सुदृढ गरी सभ्य, समुन्नत र समृद्ध समाज निर्माणका लागि प्रेरणा प्रदान गरोस् भन्ने क