काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले बकर इदको अवसरमा स्वदेश तथा विदेशमा रहेका नेपाली मुस्लिम धर्मावलम्बीलाई सुख, शान्ति तथा समृद्धिका लागि शुभकामना व्यक्त गरेकी छिन्।उनले इद उल अज्हा (बकर इद) संयम, धैर्य, विश्व शान्ति र भाइचाराको सन्देश दिने चाड भएकाले यो पर्व एक आपसमा खुशी, सद्भाव तथा शुभकामना आदानप्रदान गरी मनाउन आग्रह गरेकी छिन्।‘नेपाली समाज विविध जातजाति, भाषाभाषी र संस्कृतिको सुन्दर फूलबारीको रूपमा रहेको छ। यही विविधताका बीच एकता नै हाम्रो राष्ट्रिय पहिचान र सामर्थ्य