आज यी कम्पनीले कमाए सर्वाधिक

काठमाडौं, १७ चैत्र । आज नेप्सेमा १ अर्ब ८२ करोड २९ लाख ९१ हजार ४१९ रुपैयाँ बराबरको ३६ लाख २५ हजार ६७० कित्ता शेयर खरिद विक्रि भएको हो । बिहीबार राष्ट्र उत्थान लघुवित्त संस्था लिमिटेडको आज १० प्रतिशतले शेयरमुल्य बृद्धि भएको छ । त्यस्तै, इमर्जिङ नेपालका लगानीकर्ताले आज ९ दशमलव ५६ प्रतिशतले लगानीकर्ताले कमाएका हुन् […]

सम्बन्धित सामग्री

रेमिट्यान्स कम्पनीले नियम पालना नगरे एक वर्षसम्म प्रतिबन्ध

रेमिट्यान्स कम्पनीले नीति नियमको पालना नगरे एक महिनादेखि एक वर्षसम्म प्रतिबन्ध लगाउने भएको छ । आज नेपाल राष्ट्र बैंकले विप्रेषण विनियमावली, २०६७ खारेज गरी विप्रेषण विनियमावली, २०७९ जारी गर्दै सो व्यवस्था गरेको हो । नयाँ व्यवस्था कार्यान्वयनमा आएपछि नीति नियमको पालना नगर्ने रेमिट्यान्स कम्पनीलाई राष्ट्र बैंकले नगद कारोबारमा प्रतिबन्ध लगाउन सक्नेछ । नेपाल राष्ट्र बैंकको …

भारतीय औषधि कम्पनीले पालना गरेनन् जीएमपी

काठमाडाैं । दर्जन बढी भारतीय औषधि उत्पादक कम्पनीले जीएमपी (गुड मेनिफ्याक्चरिङ प्राक्टिस) पालना नगरेका पाइएको छ । औषधि व्यवस्था विभागले आज विश्व स्वास्थ्य संगठनको जीएमपी (गुड मेनिफ्याक्चरिङ प्राक्टिस) पालना नगरेका १६ वटा भारतीय औषधि उत्पादक कम्पनीहरुको सूची सार्वजनिक गर्दै जीएमपी पालना गर्न सचेत गराएको हो । विभागले विदेशी उद्योगहरुको जीएमपी पालना सम्बन्धी निरीक्षण गर्दा १६ […]

मर्जर प्रक्रियामा रहेका यी दुई कम्पनीको साधारणसभा आज

मर्जर प्रक्रियामा रहेका दुई कम्पनीले आज साधारणसभा गर्दैछन् ।  सूर्या लाइफ इन्स्योरेन्स र ज्योति लाइफ इन्स्योरेन्सले आज साधारणसभा गर्दैछन् ।

लघु बीमाको लाइसेन्स माग्दै ३१ कम्पनीले दिए निवेदन

३१ कम्पनीले लघु बीमा व्यवसाय गर्नको लागि इच्छा देखाएका छन् । समितिले लघु बीमाको लागि आवेदन माग गरेकोमा सो संख्याका कम्पनीले आवेदन दिएका हुन् । बीमा समितिका अनुसार तोकिएको म्याद (आज अपरान्ह) सम्ममा ३१ कम्पनीले निवेदन दिएका छन् । समितिले गत भदौ १० गते सार्वजनिक सुचना प्रकाशित गरी लघु बीमाको लाइसेन्स लिनको लागि ३५ दिनभित्र निवेदन दिनुपर्ने म्याद तोकेको थियो । समितिले तोकेको म्याद आज अपरान्ह १२ बजे सकिएको हो ।यसरी निवेदन दिएकामध्ये जीवन बीमा व्यवसाय गर्ने कम्पनीको लागि १५ वटा र निर्जीवन बीमा व्

अपर सोलु हाइड्रोको आईपिओ आज बाँडफाँड हुदै

काठमाडौं, असार ३० । अपर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनीले निष्काशन गरेको आईपिओ आज बाँडफाँड हुदै छ । बिक्रि प्रबन्धक एनएमबी क्यापिटलले आज बिहान ९ बजे क्यापिटलको कार्यालय मै शेयर बाँडफाँड गर्न लागेको हो। कम्पनीले असार २० गतेदेखि असार २३ गतेसम्म आईपिओ निष्काशन गरेको थियो ।  कम्पनीले सर्बसाधारणलाई १९ लाख ५७ हजार ५ सय कित्ता शेयर […]

कोकाकोला कम्पनीले मनायो १३६ औं वार्षिकोत्सव

कोका–कोला कम्पनीले १३६ औं वार्षिकोत्सव मनाएको छ । आइतबार सो कम्पनीले आफ्नो १३६ औं वार्षिकोत्सव मनाएको हो ।८ मे १८८६ माजर्जियाको डाउनटाउन एटलान्टास्थित एक सोडा फाउन्टेनबाट सुरु भएको कोका–कोला कम्पनी र यो उत्पादनका परिकल्पना एट्लान्टा फर्मासिस्ट डा. जोन एस पेम्बर्टनले गरेका थिए ।  आज यो पेय पदार्थ करोडौँ मानिसहरुको प्रिय भएको छ । कोका–कोला, कोका–कोला जेरो सुगर, फ्यान्टा, स्प्राइट र किन्ले लगायतका पेय पदार्थहरू उत्पादन गर्दै आएको कोका–कोलाले नेपालमा करिब ५ दश

अपि पावर कम्पनीले हकप्रद ल्याउँदै, बुक क्लोज कहिले ?

काठमाडौं, ५ चैत । अपि पावर कम्पनीले हकप्रद सेयरको लागि बुक क्लोज मिति तह गरेको छ । कम्पनीको आज चैत ४ गते बसेको सञ्चालक समितिको बैठकले चैत १४ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । कम्पनीले ३९.३६ प्रतिशत हकप्रद सेयर खुल्ला गर्ने अनुमति पाएसँगै बुकक्लोज मिति तोकेको हो । कम्पनीले १०ः३.९३६ अनुपातमा १ अर्ब […]

आज १० कम्पनीले साधारणसभा गर्दै (सूचीसहित)

आज पुस २८ गते बुधबार नेपाल स्टक एक्सचेन्ज नेप्सेमा सुचिकृत १० वटा कम्पनीले साधारणसभा गर्दै छन् । आज मितेरी डेभलपमेन्ट बैंक, नेपाल हाइड्रो डेभलपर, हिमालयन डिस्टिलरी, उन्नति सहकार्य लघुवित्त, पन्चकन्या माई हाइड्रो, तेह्रथुम पावर, बोटलर्स नेपाल तराइ, न्यादी हाइड्रो, पाँचथर पावर र बोटलर्स नेपाल बालाजुले साधारणसभा गर्न लागेका हुन् ।यी मध्ये ४ वटा कम्पनीले मात्र लाभांश प्रस्ताव गरेका छन् । मितेरी डेभलपमेन्ट बैंक, नेपाल हाइड्रो डेभलपर, हिमालयन डिस्टिलरी, र उन्नति सहकार्य लघुवित्तले मात्र लाभांश प्रस्ताव गरेका छन् ।मितेरी डेभलपमेन्ट बैंकले १३.३ प्रतिशत बोनस र ०.७ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ भने नेपाल हाइड्रो डेभलपरले ७ प्रतिशत बोनस र ०.३६८४ प्रतिशत नगद लाभांश नगद लाभांश प्रस्ताव गरेको छ । त्यस्तै हिमालयन डिस्टिलरीले ७५ प्रतिशत बोनस र २५ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ भने उन्नति सहकार्य लघुवित्तले ३० प्रतिशत बोनस शेयर बितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीको साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा बितरण हुने छ । कतिपय कम्पनीले भने आफ्नो साधारणसभा भर्चुअल रुपमा गर्नको लागि सूचना सार्वजनिक गर्न थालेका छन् । सरकारले कोरोना रोकथाम र नियन्त्रण सम्बन्धमा नयाँ आदेश जारी गर्दै २५ जना भन्दा बढी मानिसको उपस्थिति हुने गरी कनै पनि किसिमको मेला. भेला तथा महोत्सवहरु एवं सामाजिक लगायतका कार्यहरु नगर्ने, नगराउने निर्देशन दिएपछि कम्पनीहरुले भर्चुअल साधारणसभाको बाटो रोजेका हुन्  । हालसम्म मैलुङ खोला हाइड्रो, सानिमा जनरल इन्स्योरेन्स, एनआरएन इन्फ्रास्ट्रकचर एण्ड डेभलपमेन्ट कम्पनी, हिमालयन पावर पार्टनर, गुडविल फाइनान्स, सिभिल बैंक, र सिद्धार्थ बैंकले भर्चुअल रुपमा साधारणसभा गर्ने सूचना प्रकाशन गरेका छन्  । सरकारले २५ जना भन्दा बढी उपस्थित हुन प्रतिबन्ध लगाएपछि साधारणसभा गर्न बाँकि सबै कम्पनीहरुले भर्चुअल रुपमा नै साधारणसभा गर्ने अनुमान गरिएको छ  । गत वर्ष पनि कोभिडको संक्रमण बढ्दै गएको समयमा कम्पनीहरुले भर्चुअल रुपमा नै साधारणसभा गरेका थिए  । भर्चुअल रुपमा साधारणसभा गर्दा कम्पनीहरुको खर्च समेत घट्ने छ  । आर्थिक वर्ष सकिएको ६ महिना भित्र साधारणसभा सम्पन्न गरि सक्नु पर्ने प्रावधानको कारण पुस अन्तिम साताको लागि धेरै कम्पनीले साधारणसभा आह्वान गरेका छन्  ।

रेलवे कम्पनीले ६० कर्मचारीलाई तालिम दिदै

काठमाडौं । नेपाल रेलवे कम्पनीले आज देखि ६० जना कर्मचारीलाई तालीम दिने भएको छ । कम्पनीमा तत्कालीन महाप्रबन्धक गुरु भट्टराईले नियुक्त गरेका १५० जनाको नियुक्ति खारेज गरी नियुक्त गरेका ६० जना कर्मचारीलाई तालीम दिन लागिएको हो । जसमा २६ भारतीय र ३४ नेपाली रहेका छन् । लो प्यालट, सिग्नल म्यान, स्टेसन मास्टर, टिकट काट्ने र […]

खाद्य कम्पनीले भोलिदेखि छुटमा खाद्यान्न बेच्ने

काठमाडौं। खाद्य, व्यवस्था तथा व्यापार कम्पनीले भोलिदेखि २० प्रतिशत छुटमा खाद्यान्न बेच्ने भएको छ। कम्पनीले आज एक सूचना जारी गर्दै भोलि शुक्रबारदेखि सरकारले घोषणा गरेको २० प्रतिशत छुटमा खाद्यान्न बेच्ने बताएको छ। सरकारले आगामी आर्थिक वर्षको बजेट भाषणमार्फत सरकारी कम्पनीबाट खाद्यान्न किन्दा छुट दिने घोषणा गरेको थियो। जसअनुसार,चामल,नुन,दाल लगायतका सामानमा छुट मिल्ने छ।