लघु बीमाको लाइसेन्स माग्दै ३१ कम्पनीले दिए निवेदन

३१ कम्पनीले लघु बीमा व्यवसाय गर्नको लागि इच्छा देखाएका छन् । समितिले लघु बीमाको लागि आवेदन माग गरेकोमा सो संख्याका कम्पनीले आवेदन दिएका हुन् । बीमा समितिका अनुसार तोकिएको म्याद (आज अपरान्ह) सम्ममा ३१ कम्पनीले निवेदन दिएका छन् । समितिले गत भदौ १० गते सार्वजनिक सुचना प्रकाशित गरी लघु बीमाको लाइसेन्स लिनको लागि ३५ दिनभित्र निवेदन दिनुपर्ने म्याद तोकेको थियो । समितिले तोकेको म्याद आज अपरान्ह १२ बजे सकिएको हो ।यसरी निवेदन दिएकामध्ये जीवन बीमा व्यवसाय गर्ने कम्पनीको लागि १५ वटा र निर्जीवन बीमा व्

सम्बन्धित सामग्री

दुई  कम्पनीले आईपीओ निष्कासन गर्न सेबोनमा निवेदन दिए

काठमाडौं । दुई  कम्पनीले आईपीओ निष्कासन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्ड  सेबोनमा निवेदन दिएका छन् । हिम रिभ पावर लिमिटेडले माघ २८ गते र पियोर इनर्जी लिमिटेडले माघ २९ गते आईपीओ निष्कासन गर्न सेबोनमा निवेदन दिएका हुन ।  हिम रिभर पावरले १३ लाख ३० हजार कित्ता आईपीओ निष्कासन गर्न सेबोनमा निवेदन दिएको हो । विक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ । त्यस्तै पियोर इनर्जीले १६ लाख कित्रा आईपीओ निष्कासन गर्न सेबोनमा निवेदन दिएको हो । विक्री प्रबन्धक नबिल इन्भेष्टमेण्ट बैंकिङ्ग लिमिटेड रहेको छ ।  यी दुबै कम्पनीले सेबोनबाट स्वीकृती पाएपछि मात्रै आईपीओ निष्कासन गर्नेछन् ।

दुई नयाँ हाइड्रोपावर कम्पनीले आईपीओ निष्कासन गर्ने, सेबोनमा दिए निवेदन

काठमाडौं । दुई ओटा नयाँ जलविद्युत कम्पनीले आईपीओ निष्कासनका लागि अनुमति माग्दै नेपाल धितोपत्र बोर्ड (सेबोन)मा निवेदन दिएका छन् । रिड्जे लाईन इनर्जी र लाफिङ्ग बुद्ध पावर नेपाल लिमिटेडले आईपीओ निष्कासन गर्नका लागि सेबोनमा निवेदन दिएका हुन् ।  लाफिङ्ग बुद्ध पावरले ६५ लाख ७७ हजार कित्ता साधारण शेयर निष्कासन गर्नका लागि पुस २ गते निवेदन दिएको हो । विक्री प्रबन्धक नेपाल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड छ । त्यस्तै रिड्जे लाईन इनर्जीले ५८ लाख ४ हजार २०१ कित्ता साधारण शेयर निष्कासन गर्न मङ्सिर २५ गते निवेदन दिएको हो । विक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड छ ।  यी दुवै कम्पनीले आईपीओ निष्कासन गर्न सेबोनबाट स्वीकृति पाएपछि पहिलो चरणमा स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूमा आईपीओ निष्कासन गर्नेछन् । दोस्रो चरणमा भने सर्वसाधारणको लागि आईपीओ निष्कासन गरिनेछ ।

चार हाइड्रोपावर कम्पनीले हकप्रद शेयर निष्कासन गर्न सेबोनमा दिए निवेदन

काठमाडौं । चार हाइड्रोपावर कम्पनीले हकप्रद शेयर निष्कासन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन)मा निवेदन दिएका छन् ।  लिवर्टी इनर्जी कम्पनी, ङादी ग्रुप पावर र आँखुखोला जलविद्युत कम्पनीले भदौ २१ गते र बरुण हाइड्रोपावर कम्पनीले भदौ २२ गते हकप्रद शेयर निष्कासन गर्नका लागि सेबोनमा निवेदन दिएका हुन् ।  लिवर्टी इनर्जी कम्पनीले हाल कायम चुक्ता पूँजीको ५० प्रतिशत हकप्रद शेयर निष्कासन गर्न सेबोनमा निवेदन दिएको हो । विक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड छ । सेबोनबाट स्वीकृति पाएपछि कम्पनीले ७५ लाख कित्ता हकप्रद शेयर निष्कासन गर्नेछ ।  त्यस्तै ङादी ग्रुप पावर कम्पनीले हाल कायम चुक्ता पूँजीको शत प्रतिशत हकप्रद शेयर निष्कासन गर्नका लागि निवेदन दिएको हो । विक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेड छ । सेबोनबाट स्वीकृति पाएपछि कम्पनीले १ करोड ८५ लाख १२ हजार ७९२ दशमलव २३ कित्ता हकप्रद शेयर निष्कासन गर्नेछ ।  आँखुखोला जलविद्युत कम्पनीले हाल कायम चुक्ता पूूँजीको १५० प्रतिशत हकप्रद शेयर निष्कासन गर्न सेबोनमा निवेदन दिएको हो । विक्री प्रबन्धक नबिल इन्भेष्टमेण्ट बैंकिङ्ग लिमिटेड  छ । सेबोनबाट स्वीकृति पाएपछि कम्पनीले १ करोड २० लाख कित्ता हकप्रद शेयर निष्कासन गर्नेछ ।  त्यस्तै बरुण हाइड्रोपावर कम्पनीले हाल कायम चुक्ता पूँजीको शत प्रतिशत हकप्रद शेयर निष्कासन गर्नका लागि सेबोनमा निवेदन दिएको छ । विक्री प्रबन्धक आरविवि मर्चेण्ट बैंकिङ्ग लिमिटेड छ । सेबोनबाट स्वीकृति पाएपछि कम्पनीले रू. ५३ लाख ५८ हजार १५० कित्ता हकप्रद शेयर निष्कासन गर्नेछ । कर्जा तिर्न हकप्रद शेयर जारी गर्न सक्ने व्यवस्था गरिएपछि हाइड्रोपावर कम्पनीहरूले हकप्रद शेयर निष्कासन गर्न लागेका हुन् ।

तीन जलविद्युत् कम्पनीले दिए आईपीओ निष्कासनको लागि बोर्डमा निवेदन

जेठ ६, काठमाडौं । पछिल्लो समय तीन कम्पनीहरूले आईपीओ निष्कासनका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेवोन) मा निवेदन दिएका छन् ।  माया खोला हाइड्रोपावर कम्पनी, भुगोल इनर्जी डेभलपमेन्ट कम्पनी र मकर जितुमाया सुरि हाइड्रोपावर लिमिटेडले आईपीओ निष्कासनका लागि बोर्डसँग अनुमति मागेका हुन् ।  माया खोला हाइड्रोपावर कम्पनीले आयोजना प्रभावित स्थानीय र सर्वसाधारण दुवैलाई गरी कुल ३४ लाख कित्ता आईपीओ विक्री गर्न अनुमति मागेको हो । वैशाख २८ गते आईपीओ निष्कासनको लागि निवेदन दिएको माया खोला हाइड्रोपावर कम्पनीको आईपीओ विक्री प्रबन्धकको काम प्रभु क्यापिटलले गर्नेछ ।  त्यस्तै, मकर जीतुमाया सुरि हाइड्रोपावर कम्पनीले पनि आयोजना प्रभावित स्थानीय र सर्वसाधारणसहित कुल २२ लाख ८० हजार कित्ता आइपीओ विक्री गर्न बोर्डमा वैशाख ८ गते निवेदन दर्ता गराएको हो । मकर जीतुमाया सुरि हाइड्रोपावर कम्पनीको आईपीओ विक्री प्रबन्धकको जिम्मेवारी पनि प्रभु क्यापिटलले नै पाएको छ ।  भुगोल इनर्जी डेभलपमेन्ट कम्पनीले आयोजना प्रभावित स्थानीय र सर्वसाधारण गरी कुल १६ लाख ३१ हजार १६० कित्ता आईपीओ जारी गर्नेछ । कम्पनीले उक्त कित्ता आईपीओ निष्कासनका लागि बोर्डमा चैत २ गते निवेदन दिएको हो ।  भुगोल इनर्जी डभेलपमेन्टको आईपीओ विक्री प्रबन्धकको काम एनआईसी एशिया क्यापिटल लिमिटेडले गर्नेछ ।

मायाखोला हाइड्रोपावर कम्पनीले आईपीओ निष्कासन गर्न धितोपत्र बोर्डमा दियो निवेदन

जेठ ४, काठमाडौं । मायाखोला हाइड्रोपावर कम्पनीले आईपीओ निष्कासन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ । कम्पनीले ३४ लाख कित्ता आईपीओ निष्कास गर्नका लागि गत वैशाख २८ गते निवेदन दिएको हो । कम्पनीको शेयर निष्कासन तथा विक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ । कम्पनीले स्थानीय बासिन्दा र सर्वसाधारणको लागि आईपीओ निष्कासन गर्नका लागि धितोपत्र बोर्डमा निवेदन दिएको हो । कम्पनीले सङ्खुवासभामा १४ दशमलव ९ मेगावाट क्षमताको जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । आयोजनाको प्रवर्द्धकमा पशुपति इनर्जी डेभलपमेन्ट प्रालि रहेको छ ।

२ ओटा कम्पनीले आईपीओ निष्कासन गर्न धितोपत्र बोर्डमा दिए निवेदन

जेठ ४, काठमाडौं । दुई ओटा अलग अलग कम्पनीले आईपीओ निष्कासन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिएका छन् ।  भूगोल इनर्जी डेभलपमेन्ट कम्पनी र मकर जितुमाया सुरी हाइड्रोपावर कम्पनीले आईपीओ निष्कासन गर्नका लागि धितोपत्र बोर्डमा निवेदन दिएका हुन् ।  भुगोल इनर्जी डेभलपमेन्ट कम्पनीले १६ लाख ३२ हजार १६० कित्ता आईपीओ निष्कासन गर्नका लागि २०७८ चैत २ गते निवेदन दिएको थियो । शेयर निष्कासन तथा विक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ ।  त्यस्तै मकर जितुमाया सुरी हाइड्रोपावरले २२ लाख ८० हजार कित्ता आईपीओ निष्कासन गर्नका लागि गत वैशाख ८ गते धितोपत्र बोर्डमा निवेदन दर्ता गराएको छ । शेयर निष्कासन तथा विक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ ।   यी दुई ओटै कम्पनीहरुले स्थानीय बासिन्दा र सर्वसाधारणको लागि आईपीओ निष्कासन गर्नका लागि धितोपत्र बोर्डमा निवेदन दिएका हुन् ।

तीन ओटा कम्पनीले आईपीओ निष्कासन गर्न धितोपत्र बोर्डमा दिए निवेदन

साउन १९, काठमाडौं । तीन ओटा अलग - अलग कम्पनीले आईपीओ निष्कासन गर्नका लागि मंगलवार नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिएका छन् ।  रिलायबल लाइफ इन्स्योरेन्स, उपकार लघुवित्त वित्तीय संस्था र रिभर फल्स पावर लिमिटेडले आईपीओ निष्कासन गर्न बोर्डमा निवेदन दिएका हुन् ।  रिलायबल लाइफ इन्स्योरेन्सले अंकित मूल्य रू. १०० मा थप रू. ११२ प्रिमियम थपेर प्रतिकित्ता रू. २१२ मा ६० लाख कित्ता आईपीओ निष्कासन गर्न बोर्डमा निवेदन दिएको हो । कम्पनीले आईपीओ निष्कासन गर्नका लागि साउन १२ गते निवेदन दिएको थियो । विक्री प्रबन्धकमा सिभिल क्यापिटल मार्केट लिमिटेड रहेको छ ।  त्यसैगरी, उपकार लघुवित्त वित्तीय संस्थाले २ लाख ६६ हजार २५० कित्ता आईपीओ निष्कासन गर्नका लागि साउन १३ गते बोर्डमा निवेदन दिएको हो । विक्री प्रबन्धकमा नेपाल एसबिआइ मर्चेण्ट बैंकिङ लिमिटेड रहेको छ । त्यस्तै, रिभर फल्स पावर लिमिटेडले ३४ लाख ३० हजार कित्ता सर्वसाधारण र स्थानीय बासिन्दाको लागि आईपीओ निष्कासन गर्न निवेदन दिएको हो ।  कम्पनीले उक्त आईपीओ निष्कासन गर्नका लागि साउन १३ गते निवेदन दिएको थियो । विक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ ।

आईपीओ निष्कासनका लागि दुई कम्पनीले बोर्डमा दिए निवेदन

पछिल्लो समय दुई कम्पनीले आईपीओ निष्कासनको अनुमति माग्दै नेपाल धितोपत्र बोर्डमा निवेदन दिएका छन् । मानुषी लघुवित्त वित्तीय संस्था र दोर्दी खोला जलविद्युत कम्पनीले पछिल्लो समय आईपीओ निष्कासन गर्नका बोर्डमा निवेदन दिएका हुन् ।  लघुवित्तले बैशाख १३ गते र दार्दी खोला जलविद्युत कम्पनीले बैशाख २१ गते आईपीओ निष्कासनको निवेदन दर्ता गराएको हो । लघुवित्तले ३ लाख ९३ हजार ७५० कित्ता र दोर्दी खोला जलविद्युत कम्पनीले २९ लाख ५१ हजार ९२९ कित्ता आईपीओ निष्कासनको तयारी गरेका हुन ।  लघुवित्तको आईपीओ विक्री प्रबन्धकमा नेपाल ए...