रेलवे कम्पनीले ६० कर्मचारीलाई तालिम दिदै

काठमाडौं । नेपाल रेलवे कम्पनीले आज देखि ६० जना कर्मचारीलाई तालीम दिने भएको छ । कम्पनीमा तत्कालीन महाप्रबन्धक गुरु भट्टराईले नियुक्त गरेका १५० जनाको नियुक्ति खारेज गरी नियुक्त गरेका ६० जना कर्मचारीलाई तालीम दिन लागिएको हो । जसमा २६ भारतीय र ३४ नेपाली रहेका छन् । लो प्यालट, सिग्नल म्यान, स्टेसन मास्टर, टिकट काट्ने र […]

सम्बन्धित सामग्री

सम्पत्ति शुद्धीकरणबारे इन्फिनिटी लघुवित्तले देशैभरका कर्मचारीलाई दियो तालिम

काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले देशभरका शाखा कार्यालयमा कार्यरत आफ्ना कर्मचारीलाई सम्पत्ति शुद्धीकरणलगायत विषयमा तालिम दिएको छ ।  कम्पनीले देशभरका सात स्थानमा तालिम आयोजना गरी ९५ ओटै शाखा कार्यालयमा कार्यरत कर्मचारीहरूलाई ‘एएमएल/सीएफटी एन्ड क्वालिटी ग्रोथ’ तालिम दिएको हो ।  तालिम कार्यक्रम कम्पनीको नायब प्रमुख कार्यकारी अधिकृत ज्ञानिश्वर पन्तको अध्यक्षतामा भएको थियो । तालिममा सम्पत्ति शुद्धीकरण (मनि लाउन्डरिङ) निवारण ऐन, २०६४ ले तोके बमोजिमको सम्पत्ति शुद्धीकरण (मनि लाउन्डरिङ) निवारण सम्बन्धी विषय तथा क्वालिटी ग्रोथका विषयमा सहभागीलाई प्रशिक्षित गराइएको कम्पनीले जनाएको छ ।  नायब प्रमुख कार्यकारी अधिकृत पन्तले कर्मचारीलाई तालिम दिँदा समग्र लघुवित्त क्षेत्रको गुणस्तरमा सुधार आउने बताए ।  तालिममा कर्जा असुली एवं अनुगमन तथा सुपरीवेक्षण विभागका प्रमुख नयन देवकोटाले जोखिम व्यवस्थापनको उत्कृष्ट उपाय, प्रभावकारी कर्जा असुलीका विशेष रणनीति, उच्च मनोवलका साथ कर्मचारीले कार्यसम्पादन गर्ने रणनीति र प्रतिस्पर्धात्मक बजारमा गुणस्तरीय कार्यक्रम वृद्धिका उपायहरूको विषयमा प्रशिक्षित गरेका थिए ।  मानव संसाधन विभागका विभागीय प्रमुख प्रभात न्यौपानेले सदस्य तथा कर्मचारीलाई वित्तीय संस्थाले प्रदान गरिने सेवा सुविधा तथा मानव संसाधन विभागसँग सम्वन्धित विषयमा सहजीकरण गरेका थिए ।  कम्पनीका विभागीय प्रमुख नयन देवकोटाका अनुसार बाराको सिमरा, महोत्तरीको बर्दिवास, सुनसरीको इटहरी, कास्कीको पोखरा, रूपन्देहीको बुटवल, कैलालीको अत्तरीया र बाँकेको कोहलपुरमा तालिम सञ्चालन गरिएको थियो ।

सूर्यज्योतिका कर्मचारीलाई तालिम

सूर्यज्योति लाइफ इन्स्योरेन्सले कर्मचारीहरूलाई प्राविधिक तथा बजार व्यवस्थापन कार्यक्षमता अभिवृद्धि तथा उत्प्रेरणामूलक तालिम दिएको छ। देशभरका करिब ३०० जना कर्मचारीलाई कम्पनीले त्यस्तो तालिम दिएको हो।...

रेलवे कर्मचारीलाई तालिम सुरु

लामो समयपछि जयनगर–कुर्था रुटमा रेल सञ्चालन गर्ने तयारीमा रहेको नेपाल रेलवे कम्पनीले कर्मचारी भर्ना गर्दै प्राविधिक तालिम दिन थालेको छ । जनकपुरमा बुधबारदेखि सुरु भएको तालिमलाई भने रेलवेका पूर्वकर्मचारीले भाँड्न खोजेका थिए । नेपाल रेलवे कम्पनीले झन्डै ८० लाख खर्चेर तालिम दिएका यसअघिका कर्मचारीको विरोधबीच तालिम दिन थालिएको हो ।

अजोड इन्स्योरेन्सको कर्मचारीलाई तालिम

अजोड इन्स्योरेन्स कम्पनीले आफु्ना कर्मचारीको क्षमता अभिवृद्धि तालिम सञ्चालन गरेको छ । तालिममा विभिन्न शाखामा कार्यरत ५२ जना मार्केटिङ्ग कर्मचारी सहभागी भएको कम्पनीले जनाएको छ ।यस्तै कम्पनीले भर्चुअल माध्यमबाट आधाभूत निर्जीवन बिमा अभिकर्ता तालिमसमेत सञ्चालन गरेको छ । सहायक महाप्रबन्धक अनिलकुमार अर्यालका साथै प्रशिक्षार्थीहरुद्वारा बिमाका विभिन्न पक्षको बारेमा प्रशिक्षण दिएका थिए ।

कृषि बिमाको तथ्यांक अब सफ्टवेयरमा

बिमा कम्पनीहरूले अबदेखि कृषि बिमासम्बन्धी तथ्यांकहरू सफ्टवेयरमा राख्ने भएका छन् । अर्थ मन्त्रालयले कृषि बिमासम्बन्धी विस्तृत जानकारी नदिएसम्म अनुदान रकम नदिने भएपछि कम्पनीहरूले तथ्यांकहरू सफ्टवेयर राख्न सुरु गरेका हुन् । अर्थ मन्त्रालय र पशु विकास मन्त्रालयको आर्थिक सहयोगमा बिमा समितिले पशु तथा बाली बिमासम्बन्धी सफ्टवेयर निर्माण गरेको हो । हिमालयन आईटी कम्पनीले ३ लाख रुपैयाँको लागतमा सफ्टवेयर निर्माण गरेको हो । सफ्टवेयर निर्माणपछि समितिले कम्पनीका कर्मचारीलाई तालिम समेत दिएको बिमा समितिका उपनिर्देशक कुन्दन सापकोटाले बताए ।