आदरणीय नेपाली दूतावास, संयुक्त अरब इमिरेटस् ! नेपालीहरूको संरक्षण गर्नुपर्ने दायित्व, देशको कूटनीतिक मर्यादा तथा आफ्ना देशका नागरिकले विदेशी भूमिमा भोग्ने गरेका सुख र दुःखको छहारी तिम्रो कार्यालय बन्नुपर्ने होइन र ? कुनै नेपालीले नेपालमै हुँदा व्यक्तिगत विचार लेखेकै भरमा गरिमामय संस्था दूतावासले आफ्नो क्षेत्राधिकार मिचेर विदेशी भूमिमा त्यहीँका प्रहरीमा उजुरी दिई थुनामा राख्न उद्दत हुनु आम नेपालीका लागि स्वीकार्य हुन सक्दैन । एकदमै असत्य आरोप लगाएर आम जनमानसबाट आएका अनुरोधलाई&