काठमाण्डौ - नेपालका तीन दर्जनभन्दा बढी नागरिक संघसंस्थाले आप्रवासी श्रमिकको पीडालाई बेवास्ता गर्ने नहुने भन्दै फिफा अध्यक्ष जियानी इन्फान्टिनोलाई खुला पत्र लेखेका छन् ।
कतारमा रङ्गशाला बनाउने काममा नेपाली श्रमिकहरूले भोगको दुर्व्यवहारको क्षतिपूर्ति दिलाउन पर्ने भन्दै अहिले हजारौँ दर्शक रमाइरहेको ठाउँमा श्रमिकले भोगेको पीडालाई बेवास्ता गर्न नहुने भन्दै नागरिक संघसंस्थाले खुला पत्र लेखेका हुन् ।
यसका साथै श्रमिकहरू स्वदेश फर्कने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र काठमाण्डौका विभिन्न ठाउँहरूमा समेत एम्नेस्टी इन्टरनेसनलले बिल ...