सुदूरपश्चिममा मुख्यमन्त्री रावल र दुई मन्त्रीले लिए शपथ

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री र दुई मन्त्रीले पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् । नेकपा एमालेका संसदीय दलको नेतासमेत रहेका राजेन्द्र रावलले मुख्यमन्त्रीको शपथ ग्रहण गर्नुभएकाे छ । त्यस्तै, एमालेबाटै विना विभागीय मन्त्री सन्तोषकुमारी थापा र नेकपा माओवादी केन्द्रबाट अर्का विना विभागीय मन्त्रीमा खगराज भटट्ले शपथ ग्रहण गर्नुभएकाे छ। उहाँहरुलाई प्रदेश प्रमुख […]

सम्बन्धित सामग्री

सुदूरपश्चिम : विश्वासको मत नपाए मुख्यमन्त्री रावल पदमुक्त हुने

धनगढी : सुदूरपश्चिम प्रदेशसभा बैठक सुरु भएको छ। बैठकमा मुख्यमन्त्री राजेन्द्र सिंह रावलले सम्बोधन गरिरहेका छन्। आजको बैठकको कार्यसूची पनि मुख्यमन्त्रीले विश्वासको मत लिने कार्यक्रमको छ। तर, बैठकमा प्रदेश सभामा निर्णायक रहेको नागरिक उन्मुक्ति पार्टी भने अनुपस्थित छ। सो पार्टीका प्रदेश सभा सदस्यहरू अहिले काठमाडौंस्थित दरबारमार्गको एक होटलमा रहेको बताइएको छ। उनीहरूले आफ्नो पार्टीका संस्थापक टीकापुर घटनामा दोषी ठहर भई डिल्लीबजार कारागारमा जेल जीवन बिताइरहेका रेशमलाल चौधरीको रिहाइलगायतका माग पूरा नभएसम्म सरकारलाई विश्वसाको ...

सकसमा परेका मुख्यमन्त्री रावल पुगे काठमाडौं, उन्मुक्तिले देला त विश्वासको मत ?

धनगढी : सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री राजेन्द्रसिंह रावल काठमाडौंमा छन्। रावल विश्वासको मत लिने वातावरण मिलाउन संघीय राजधानी काठमाडौं गएका हुन्। मुख्यमन्त्री रावलले मुख्यमन्त्रीमा नियुक्त भएको ३० दिन अर्थात् यही माघ २६ गतेभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ। त्यसकारण उनी विश्वासको मत लिने समय नजिकिँदै गर्दा राजधानी पुगेका हुन्। उनीनिकट स्रोतका अनुसार यही साता उनले विश्वासको मत लिनेछ्न्। यसअघि पनि विश्वासको मतका लागि वातावरण बनाउन आग्रह गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका अध्यक्ष...

‘पढाइ, कमाइ र दबाइ’ अभियान सुरु गर्छौँ: मुख्यमन्त्री रावल

सोमबार महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पतालको अनुगमन गर्दै उनले सुदूरपश्चिम प्रदेशको समृद्धिका सो अभियान गाउँगाउँमा सञ्चालन हुने बताए।...

राष्ट्र निमार्णमा खेलकुदको महत्वपूर्ण भूमिका : मुख्यमन्त्री रावल

काठमाडौं, १४ माघ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले राष्ट्र निमार्णका लागि खेलकुदको भूमिका महत्वपूर्ण भएको बताएका छन्। आजदेखि महेन्द्रनगरमा कञ्चनपुर क्रिकेट मेलाको चौथो संस्करणको उद्घाटन गर्दै उनले खेल हार र जितका लागि मात्र नभई राष्ट्र निमार्णका लागि योगदान हुने बताएका छन्। ‘खेल हार र जितका लागि मात्रै होइन यसले राष्ट्र निमार्णमा समेत योगदान गरेको […]

विमानस्थलमा भीमबहादुर रावल र मुख्यमन्त्री रावलबीच जम्काभेट

धनगढी  ।  नेकपा एमालेका पूर्व उपाध्यक्ष डा. भीमबहादुर रावल र सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री राजेन्द्रसिंह रावलबीच जम्काभेट भएको छ। बिहीबार दिउँसो धनगढी विमानस्थलमा रावलद्वयको जम्काभेट भएको हो। भेटमा नेता रावलले मुख्यमन्त्री रावललाई बधाई दिएका थिए। त्यसपछि मुख्यमन्त्री रावलसँग विश्वासको मत लिनेबारे जिज्ञासा राख्नुभएको थियो। मुख्यमन्त्री रावल बिहीबार काठमाडौँबाट धनगढी आउने क्रममा उहाँहरूको भेट भएको हो। […]

सुदूरपश्चिमका मुख्यमन्त्री रावल कारागारमा

काठमाडौं, १० माघ । सुदूरपश्चिमका मुख्यमन्त्री राजेन्द्र रावल रेशम चौधरीलाई भेट्न कारागारमा पुगेका छन् । सुदूरपश्चिम प्रदेश सरकारमा विश्वासको मतका लागि निर्णायक रहेको नागरिक उन्मुक्ति पार्टीले रेशम चौधरीको रिहाइका लागि संघीय संसद र प्रदेश सरकारमासमेत आवाज उठाउँदै आएको छ । नागरिक उन्मुक्ति पार्टीको मत मत माग्न उनी डिल्लिबजार कारागार पुगेर  चौधरीसँग भेट गरेका हुन् । […]

प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुगे सुदूरपश्चिमका मुख्यमन्त्री रावल

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्र रावलबीच भेटवार्ता भएको छ।  प्रधानमन्त्री प्रचण्डलाई भेट्न मुख्यमन्त्री रावल सोमबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका थिए।  उनीहरुबीच बधाई तथा शुभकामना आदानप्रदान भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। मुख्यमन्त्री रावललाई विश्वासको मत जुटाउन सकस परेको छ।  २७ पुसमा नेकपा एमालेका संसदीय दलका नेता राजेन्द्रसिंह रावल माओवादी, राप्रपा र नागरिक उन्मुक्तिको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका थिए। माघ २...

काठमाडौंको कारागारमा सुदूरपश्चिमका मन्त्रीको भागबन्डा हुने

काठमाडौं, ४ माघ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्र रावलले काठमाडौंमा कारागारभित्र जेल जीवन बिताइरहेका रेशम चौधरीलाई भेटेर मात्रै मन्त्रिमण्डल विस्तारको तयारी गर्ने गरेका छन्। मुख्यमन्त्री रावल र माओवादी संसदीय दलका नेता तथा बिनाविभागीय मन्त्री खगराज भट्ट भोलि मन्त्रिमण्डल विस्तारको विषयमा छलफल गर्न काठमाडौं आउन लागेको स्रोतले जनाएको छ। नागरिक उन्मुक्ति पार्टीका संरक्षक रहेका चौधरीले सुदूरपश्चिम […]