काठमाडौं, १० माघ । सुदूरपश्चिमका मुख्यमन्त्री राजेन्द्र रावल रेशम चौधरीलाई भेट्न कारागारमा पुगेका छन् । सुदूरपश्चिम प्रदेश सरकारमा विश्वासको मतका लागि निर्णायक रहेको नागरिक उन्मुक्ति पार्टीले रेशम चौधरीको रिहाइका लागि संघीय संसद र प्रदेश सरकारमासमेत आवाज उठाउँदै आएको छ । नागरिक उन्मुक्ति पार्टीको मत मत माग्न उनी डिल्लिबजार कारागार पुगेर चौधरीसँग भेट गरेका हुन् । […]