धनगढी : सुदूरपश्चिम प्रदेशसभा बैठक सुरु भएको छ। बैठकमा मुख्यमन्त्री राजेन्द्र सिंह रावलले सम्बोधन गरिरहेका छन्।
आजको बैठकको कार्यसूची पनि मुख्यमन्त्रीले विश्वासको मत लिने कार्यक्रमको छ। तर, बैठकमा प्रदेश सभामा निर्णायक रहेको नागरिक उन्मुक्ति पार्टी भने अनुपस्थित छ।
सो पार्टीका प्रदेश सभा सदस्यहरू अहिले काठमाडौंस्थित दरबारमार्गको एक होटलमा रहेको बताइएको छ। उनीहरूले आफ्नो पार्टीका संस्थापक टीकापुर घटनामा दोषी ठहर भई डिल्लीबजार कारागारमा जेल जीवन बिताइरहेका रेशमलाल चौधरीको रिहाइलगायतका माग पूरा नभएसम्म सरकारलाई विश्वसाको ...