प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुगे सुदूरपश्चिमका मुख्यमन्त्री रावल

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्र रावलबीच भेटवार्ता भएको छ।  प्रधानमन्त्री प्रचण्डलाई भेट्न मुख्यमन्त्री रावल सोमबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका थिए।  उनीहरुबीच बधाई तथा शुभकामना आदानप्रदान भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। मुख्यमन्त्री रावललाई विश्वासको मत जुटाउन सकस परेको छ।  २७ पुसमा नेकपा एमालेका संसदीय दलका नेता राजेन्द्रसिंह रावल माओवादी, राप्रपा र नागरिक उन्मुक्तिको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका थिए। माघ २...

सम्बन्धित सामग्री

सुदूरपश्चिमका मुख्यमन्त्री रावल कारागारमा

काठमाडौं, १० माघ । सुदूरपश्चिमका मुख्यमन्त्री राजेन्द्र रावल रेशम चौधरीलाई भेट्न कारागारमा पुगेका छन् । सुदूरपश्चिम प्रदेश सरकारमा विश्वासको मतका लागि निर्णायक रहेको नागरिक उन्मुक्ति पार्टीले रेशम चौधरीको रिहाइका लागि संघीय संसद र प्रदेश सरकारमासमेत आवाज उठाउँदै आएको छ । नागरिक उन्मुक्ति पार्टीको मत मत माग्न उनी डिल्लिबजार कारागार पुगेर  चौधरीसँग भेट गरेका हुन् । […]