धनगढी : सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री राजेन्द्रसिंह रावल काठमाडौंमा छन्।
रावल विश्वासको मत लिने वातावरण मिलाउन संघीय राजधानी काठमाडौं गएका हुन्। मुख्यमन्त्री रावलले मुख्यमन्त्रीमा नियुक्त भएको ३० दिन अर्थात् यही माघ २६ गतेभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ।
त्यसकारण उनी विश्वासको मत लिने समय नजिकिँदै गर्दा राजधानी पुगेका हुन्। उनीनिकट स्रोतका अनुसार यही साता उनले विश्वासको मत लिनेछ्न्। यसअघि पनि विश्वासको मतका लागि वातावरण बनाउन आग्रह गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका अध्यक्ष...