काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले सरकार र राजनीतिक दलहरुले आफूभन्दा माथि जनतालाई राखेर निर्णय लिन आवश्यक रहेको बताएकी छन् । बुधवार भक्तपुरमा आयोजित नेपाल सम्वत ११४३ को अवसरमा शुभकामना आदानप्रदान एवं राष्ट्रिय विभूति शंखधर साख्वाको शालिकमा माल्यार्पण समारोहमा बोल्दै उनले यस्तो बताएकी हुन् ।उनले नेपाल सम्वतको छुट्टै मौलिक महत्व र पहिचान रहेको भन्दै नेपाल सम्वतलाई व्यवहारमा लागू गर्न आवश्यक भएको बताइन् । उनले सरकारी कार्यालयहरूमा चलाउने डकुमेण्टहरुमा नेपाल संवत प्रयोग गर्न