दाङ क्षेत्र नम्बर २ (ख) बाट निर्वाचित लुम्बिनी प्रदेशसभाका एमाले सांसद अमरबहादुर डाँगी क्षेत्रीले पदबाट बुधवार राजीनामा दिएका छन् ।
उनी मंगलवार नेकपा (माओवादी केन्द्र) मा प्रवेश गरेको माओवादी नेताहरुले बताएका थिए । डाँगीले बुधवार दिउँसो लुम्बिनी प्रदेशका सभामुख पूर्णबहादुर घर्तीलाई पदबाट राजीनामा दिएको पत्र बुझाएका हुन् ।
प्रदेशसभा सचिवालयका सचिव दुर्लभकुमार पुनमगरले राजीनामा दिएसँगै प्रक्रिया अगाडि बढाइएको लोकान्तरलाई जानकारी दिए । ‘उहाँले राजीनामा दिएसँग संविधानको धारा १८० (क) बमोजिम उहाँको स्थान...