‘हराएकी’ भनिएकी लुम्बिनी प्रदेश सांसद विमला वली सम्पर्कमा आएकी छन् ।
नेकपा माओवादी केन्द्रकी सांसद वली घरमै उपचार गराइरहेको माओवादीका प्रदेश सचेतक तुलाराम घर्ती मगरले जानकारी दिए ।
माओवादीले सांसद वली शुक्रवारदेखि पार्टीको सम्पर्कबाट बाहिर रहेको बताएको थियो ।
मुख्यमन्त्री शंकर पोखरेलले विश्वासको मत लिने बताइरहँदा आफ्नो पार्टीको सांसद सम्पर्कविहीन भएपछि माओवादीले उनको राजनीतिक अपहरण भएको आरोप लगाएको थियो ।
जनता समाजवादी पाार्टी (जसपा)ले लुम्बिनी प्रदेश सांसदहरू सन्तोषकुमा...