काठमाडौं : ऐतिहासिक तथा पुरातात्विक महत्वको रानीपोखरी २०७२ सालमा भूकम्पले भत्कायो। त्यसपछि राष्ट्रपति विद्यादेवी भण्डारीले २०७२ माघ २ गते रानीपोखरी पुनःनिर्माण कार्य शिलान्यास गरिन। काम हुँदै गर्दा पोखरीमा डोेजर चल्यो। सम्पदा अभियन्ताहरू काठमाडौं महानगरपालिकाले पोखरीको इतिहास मेटेर ‘स्वमिङ पुल’ बनाउन लागेको भन्दै विरोधमा उत्रिए।नभन्दै त्यही दबाबका कारण विज्ञ बोलाएर परम्परागत पोखरी बनाउने शैली सिकाइयो। भक्तपुरका महिलाहरूलाई बोलाएपछि उनीहरूले पोखरी बनाए। त्यसपछि बल्ल भूक